Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Friday, August 21, 2009

यी तस्विरहरु

आहा कति सुन्दर छन यि तस्विरहरु । तस्विरमा देखिएको मानिसको कलाकारिता र सिर्जना आफैंमा लोभ लाग्दा छन । त्यसमाथि यसलाई जोगाई राख्न कति मिहिनेत र परिश्रम परेको छ हामी आफैं अंदाज गर्न सक्छौं । ईमेलबाट प्राप्त यि तस्विरहरुले मलाई प्रभावित तुल्यायो, बरु तपाईंहरुलाई कस्तो लाग्यो कुन्नि, अनुभव बाँड्नु होला । कसैलाई यि तस्विरहरु कहाँ खिचिएको हो थाहा भए लेख्नु होला । मसँग अहिले यसको बारेमा धेरै जानकारी भएन, क्षमा चाहन्छु । धन्यवाद !























Monday, August 17, 2009

DUMBEST ILLEGAL IMMIGRANT

Running stop light = $100.00
DUI = $5000.00
Speeding = $150.00
Not wearing a seat belt = $50.00
Putting you & your girlfriend's photo on your fake driver's license = ??

= PRICELESS

Source: Email

Saturday, August 15, 2009

सुमितको जन्म-४

हामीले पूर्व अनुमान गरे जस्तै भयो क्लिनिकमा पुगेपछि डक्टरले अस्पताल जान सल्लाह दिइन । अनि हामी क्लिनिकबाट सिधै अस्पताल पुग्यौं । भर्ना हुनुपर्ने हुनसक्छ भनेर नै चाहिने सबै कपडा र अन्य सामाग्री लिएर गएका थियौं । सबै चेकअप गरेपछि हामीलाइ एउटा कोठा उपलब्ध गराइयो । उनी सोही अस्पतालमा काम गर्ने भएको नाताले सबैले धेरै ध्यान पुर्‍याए जस्तो अनुभव भयो । शायद त्यो युनिटका सबैसँग गर्ने व्यवहार नै त्यस्तो हुनसक्छ, नत्र उनी आफ्नो कामको बारेमा कुरा गर्दा सधैं केही न केही गुनासो गर्थिन । नर्स आउने कस्तो छ सोध्ने, छोराको नाम सोध्ने आदि भए । (अहिलेलाई नामको बिषयमा यहाँ भन्दा पछि छुट्टै चर्चा गर्न ठीक ठानेको छु । ) जे होस् नर्स, डक्टर सबै आएर हालचाल बुझ्नु हाम्रो लागि राम्रो नै लाग्यो । पिडा झन झन बढ्दै गएर होला उनी केही आत्तिए जस्तो देखियो । अनी बेलुकी ११ बजे तिर नदुख्ने औषधी लगाइ दिने सल्लाह भयो । डक्टर पनि आए, सोही बेला अस्पतालकै कुनै अर्को युनिटमा इमर्जेन्सी कोड बोलाए, सबै डक्टरहरु उतै लागे जबकि उनिलाई औषधी दिन सबै ठिक्क थियो । तर पनि उनी त्यो औषधीको लागि अर्को २ घण्टा कुर्नु पर्‍यो जुन यो अवस्थामा धेरै लामो भए जस्तो लाग्यो । उनी पिडाले रन्थनिन्थिन, म उनको हात समाएर उनिलाई ढाडस दिने प्रयास मात्र गर्न सक्थें । जे होस् औषधी लगाइ सकेपछि भने उनीलाई केही काम भए जस्तो भयो । उनिलाई रात भरी मोनिटरिङ्ग गरिरहे । बिहानी पख डक्टरले चेक गरेसी बच्चा दिउँसो मात्रै हुन्छ भने । अनि खाना खान म ११ बजेतिर घर लागें आमा भने अस्पतालमै कुरेर बस्नुभयो । एक बजे तिर अस्पताल पुग्दा उनिलाई व्यथा लागि सकेछ । डक्टर नर्स उनिलाई डेलिभरी गराउँदै रहेछन । मलाई उनिसँगै बस्न भने । मैले उसको हात समाएँ । उनी सक्दो कोशिस गर्थिन धेरै पटकको प्रयासमा स्थानिय समयानुसार ठीक १:२१ मा सुमितको जन्म भयो । जन्मिदा सुमितको दुबै आँखा खुलै थियो । न त उसले रुन सक्यो । मेरो मन कता कता गह्रुँगो भएर आयो, किनकी बच्चा जन्मिदा रोएन भने बच्चामा केही खराबी हुन्छ रे भन्ने सुनेको थिएँ । सुमित हाम्रो पहिलो बच्चा फेरि अनेक थरिको शंका । के हुन्छ, के गर्नु पर्छ भन्ने थाहा नहुँदा मनमा पिर बढ्ने रहेछ । नर्सले उसलाई पोको पारेर तातो बनाउन हिटर भए तिर राखिन । छिटो छिटो पुछेर सफा गराए पछि बल्ल सुमितले च्याँ गरेर रोयो । अनि मेरो मन पनि शान्त भयो । मेरा पनि आँखाबाट आँशु निक्लिए, त्यो खुशीको आँशु थियो । सबैले बधाई दिए, हामीले पनि सबै जनालाई धन्यवाद दियौं । पहिलो पटक सुमितको अनुहार देखे पछि उनीले पहिलेका सबै पिडा बिर्सिइन । शायद यही होला मात्रिवात्सल्य भनेको ।
समाप्त !

(नामाकरणको प्रसंग अर्को पटकलाई )