Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Friday, March 19, 2010

केहि चोइटाहरु

भ्रष्टाचार

पैसा कमाउने धुनमा छौं हामी
सबै जना धनी हुने भए
काम चैं कस्ले गर्ने हो कुन्नि ?


महँगी

महङ्गीनलाई यसपालि बजेट भाषण कुर्नै परेन
बढेको भाउ कहिल्यै घटेन,
तर के गर्नु खान परेकै छ, लाउन परेकै छ ।


गरीबी

२० वर्ष पहिले भन्दा बजेट १० गुना बढेको छ
हामी कागज़को विकासमा मख्ख छौं
तर देशमा गरीबी घटेको तथ्याङ्क छ त ?


आयकर

कमाएको धनको कर सबैले तिर्नु पर्छ
तर कर तिरेर नांगिने भए
गरीब हुन कसलाई पो मन छ र ?


सेवा

सेवक घटेको होइन, समाज सेवा गर्ने धेरै छन्
तर हाम्रोमा माग्ने नै धेरै भएपछि
कस्ले नै पो सक्छ र भाग पुर्‍याउनलाई ।