Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D
Showing posts with label मेरो कुना. Show all posts
Showing posts with label मेरो कुना. Show all posts

Saturday, July 17, 2010

व्यस्त जीवन

जीवनको अनेक उकाली ओराली पार गर्दै याहाँसम्म आइपुगेको छौं । भन्ने र देख्नेहरुका लागि हामीले प्रगती गरेका छौं , तर व्यस्तताको बयान गरी साध्य छैन । सधैं केहि न केहि आइलाग्ने । दिनभर काममा व्यस्त, घरमा आएपछि छोरोलाई खेलाउनै पर्‍यो । दिनभरी आमासँग खेलेर वाक्क हुँदो हो, मलाई देखेसी मेरो पछि लागि हाल्ने बानी छ । आफ्नो भने बेहाल । फेरि उसलाई सुताउन उस्तै गाह्रो छ । मध्यरात भन्दा अघि सुत्ने नामनै लिंदैन, सधैंको १-२ बज्छ । आफु भने बिहानै उठेर काममा जानु पर्ने मान्छे । समय मिलाउनै को सधैं धौ धौ । अनि छोरो नेपाली गीत भनेसी भुतुक्कै हुन्छ । पहिले पहिले नेपाली रिमिक्स गीत हेर्थ्यो, आजकाल नेपाली लोकगीतको फ्यान भको छ । आँखा झिमिक्क नगरी हेर्छ । यदि उसलाई मन नपरेको गीत आए, रोइदिए पुग्यो । अनि अर्को गीत लगाइदिन परिहाल्यो । उसलाई मन परेको गीत त दोहोर्‍याइ तेहर्‍याइ हेरेर पुग्दैन । अब पहिले पहिले किनेका भिसिडीबाट वाक्क भैसक्यो । युट्युबमा भएको हेर्न थालेको छ, त्यो पनि कति सम्मलाई हुने हो थाहा छैन । जे होस् टेक्नोलोजीले सहयोग गरेकै छ ।



सुमित नेपाली गीत हेर्दै

बच्चा भएपछि जिम्मेवारी बढ्छ नै, हामी दुबैको धेरै समय आजकाल बाबु हेर्नमा नै बितेको छ । कुनै कुनै बेला समय नै अपुग भए झैं हुन्छ । हामी दुबै काम गर्ने भएकोले समय मिलाउन अलिक गाह्रो भएको छ । फेरि मेरो काम भनेको सातै दिन जस्तो हुने भएकोले पनि गाह्रो भएको हो । हाललाई मेरो प्रोजेक्ट सकिन सकिन लागेकोले झन बेफुर्सदिलो भैदिएको छु । अब १-२ हप्तामा सकिन्छ होला । त्यसपछि भने मसँग प्रसस्त समय हुनेछ । किनकी त्यो प्रोजेक्ट पछि बेरोजगार हुनेछु भन्ने पक्का छ । चाहे त्यो केहि समयको लागि नै किन नहोस् । सोच्नलाई त बाबु पाएपछि नै जागिर छाडिदिन्छु भन्ने सोच बनाइ सकेको थिएँ । प्रोजेक्टको बिचैमा छाडिदिन मनले मानेन । ५-६ महिनामा सकिइहाल्छ भन्ने भयो । आर्थिक मन्दीको बेला च्याट्टै छाडिहाल्नु बुद्धिमानी होइन भनेर पनि छाड्न सकिन । फेरि भने जस्तो जागिर सितिमिती पाइंदैन । बरु जेनतेन चलाउनु पर्ला भन्ने सोचेर त्यो जागिर धानिरहें । मे महिनामा सकिनु पर्ने प्रोजेक्ट एउटा सबकन्ट्रयाक्टरले धोका दिएकोले २ महिना लम्बियो । उनीलाई जति गाह्रो भए पनि केही गुनासो गरिनन । त्यसैले मैले जागिर खान पाइरहें । बरु अब त्यो जागिर भरे भोली भएर बसेको छ । त्यसैले अहिले आएर मनमा कस्तो कस्तो लागिरहेछ । भविष्यको चिन्ता भन्दा पनि अब यसपछि के गर्ने हो भन्ने पिर थपिएको छ । शायद २-४ महिना खाली बस्छु या जे जस्तो जागिर पाइन्छ त्यसमा सन्तोष गर्छु त्यो पछिको कुरो हो । तर अहिलेलाई भने जे पर्ला त्यो टर्ला भनेर बस्नु सिवाय अरु कुनै विकल्प भए जस्तो लाग्दैन ।


अन्तमा , जे सोचेर यो ब्लग शुरु गरेको थिएँ त्यसको एक चौंथाइ लक्ष्य पनि प्राप्त गर्न सकिरहेको छैन । व्यस्त जीवनको यो समयप्रति मेरो गुनासो चैं छैन । मात्र यत्ति हो, कुनै बेला मसँग समय हुँदा पनि त्यसलाई ब्लग अपडेट गर्न तिर लगाउन सकिन; मूडले गर्दा । लेख्न समय भएर मात्र नहुने वातावरण पनि चाहिने रहेछ, होइन र? आउने दिनहरुमा फुर्सदको समय यसैमा लगाउने विचार गरेकोछु । हेरौं के हुने हो ।

Wednesday, July 1, 2009

ओला अमिगो!

विश्वका विभिन्न भाषा, कला, संस्कृतिको जमघट भएको देश अमेरिकामा म भर्खर आउँदा साह्रै नियास्रो लागेको थियो । गोरा र कालाहरुको बाहुल्य भएको यो देशमा हामी जस्तो मंगोलियन अनुहार देख्नै नपाइने । जब काममा जान थालें , अनि हिस्पेनिक मुहार पनि फाट्टफुट्ट देख्न पाइयो। होचो कद, गोलो अनुहार, गहुँगोरो छाला भएको हिस्पेनिक अनुहार काटीकुटी हामी जस्तै हुने। तर भाषाको दृष्टिकोणमा भने हामी भन्दा आकाश जमिनको फरक रहेछन । हाम्रा मित्रराष्ट्रका मानिसहरु भने मनग्गे रहेछन् यो ठाउँमा काम गर्न थालेपछि थाहा भयो । हुन त उनिहरु नपुगेको ठाउँ कहाँ पो होला र यो संसारमा ? तर पनि पूर्वि अमेरिकाको सानो यो शहरमा हामी नेपाली परिवारहरु कम नै थियौं । त्यसैले ति मित्रराष्ट्रका साथिहरु धेरै भए र भाषागत हिसाबमा अमेरिका आएपछि मैले अंग्रेजी भन्दा हिन्दि भाषा बढी सिकें । एक किसिमले हिन्दिमा त म पारङ्गत भएँ भन्दा फरक पर्दैन। सधैं ति मित्रराष्ट्रका साथिहरुसँग रमाउन पनि सकिएन । त्यसैले बेलाबखतमा आफ्नै नेपाली दाजुभाइहरु भेट्न पाए पनि कस्तो हुन्थ्यो होला? यिनिहरू भन्दा पक्कै बेसी सहयोगी हुन्थे होला । मनमा यि यावत् कुराहरु सधैं आइरहन्थ्यो । मैले एउटा उपाय निकालें पनि । यसो कोहि हामी जस्तै मान्छे देखें भने नजिकै गएर नेपाली गित गुनगुनाउने गर्न थालें। सोचें , यदि नेपाली भए उसले बुझेर मसँग बोल्न अवश्य आउनेछ । तर त्यस्तो मौका कहिल्यै आएन। बरु हिस्पेनिकहरू उनिहरुकै भाषामा के के हो के के सोध्न बोल्न थाले बा। जस्को त्यतिबेला कुनै जवाफ थिएन मसँग। किनकी त्यों बेला सम्म मलाई स्पेनिश भाषाको कुनै ज्ञान थिएन । बिस्तारै मैले पनि केहि बोलिचालिको स्पेनिस भाषा सिक्नु पर्‍यो। कोहि मसँग बोल्न आइहाल्यो भने पनि उनिहरुलाई बोलीसके पछि, मैले "मी नो कम्प्रेन्दे" ( अंग्रेजीमा I don't understand) , "मी नो साबे " ( अंग्रेजीमा I don't know) भन्न थालें । अब जता गए पनि यी हिस्पेनिकहरुको ठूलै जमात हुने गर्थ्यो,जसरी नेपालमा हाम्रा मित्र राष्ट्रका मानिसहरु छन । अनी एक न एकजना हिस्पेनिक प्रत्येक दिन भेट हुन थाले पछि भने म वाक्क भएँ । हुँदा हुँदा हिस्पेनिक देख्यो कि गाली गर्न मन लाग्ने बनाईदियो उनिहरुको व्यवहारले । उनिहरु अंग्रेजी जाने पनि बोल्न नखोज्ने, मलाई रिस उठेर आयो । उनिहरु स्पेनिस बोल्दा म पनि नेपालीमा भट्टाउन थाल्थें । अनि त के थियो र, उनिहरु मेरो भाषा नबुझेर दङ्ग, यता म मेरो बल्ल जुक्ति काम लाग्यो भनेर मख्ख नि । त्यस्तै एकदिन काममा एकजना हिस्पानिक जस्तै लागने मेरो अगाडि आएर "ओला अमिगो" (अंग्रेजीमा hello friend ) भन्यो । अनि त के थियो र मेरो कन्सिरिको रौं नै तात्तिइहाल्यो। मैले पनि "ख: माम्पाखा **सा" भनेर प्वाक्क भनि हालें । उसले जवाफमा हासेर " ए! तपाईं पनि नेपाली" भनेर भने पछि पो म झल्याँस्स भएँ । मेरो मुख रातो भएर आयो। मैले बोल्नै सकिन । उ पनि नेपाली नै रहेछ । म जस्तै उ पनि नेपाली नभेटेर कामचलाऊ स्पेनिस भाषा सिकेको रहेछ । धेरै त उसलाई पनि नआउने रहेछ । गाली गरेकोमा मैले त्यो नेपालीसँग माफि मागें। तर उसले त्यसलाई सामान्य कुरो मानेर केहि भनेन । त्यस घटना पछि हामी साथी भयों । त्यसपछि मैले कसैसँग बोल्दा पहिले धेरै कुरामा विचार पुर्‍याएर मात्र बोल्ने गरेको छु ताकि यस्तो घटना भविष्यमा फेरि नदोहोरियोस।

--------------
यो ब्लग शुरू गर्नु अगाडी अर्को वेब पेजमा प्रकाशित लेख हो । हाल उक्त वेबसाइट बंद हुने भएकोले यहाँ स्थानान्तरण गरिएको हो ।

Monday, April 6, 2009

सुमितको जन्म -१

आज सुमित जन्मेको पनि महिना भयोआगामी ब्लगहरुमा जन्मनु अघिका हाम्रो अवस्था माथि प्रकाश पार्ने कोसिस गर्दै छुसमयाभावको कारण पहिले नै राख्न खोजेर पनि निरन्तरता दिन सकेको छुइनत्यसैले यसलाई श्रृंखलाबद्ध गर्नु परेकोमा क्षमा चाहन्छु
बिहे गरेको धेरै समयको अन्तराल पछि हामीले सन्तान पाउनु पर्छ यो नै उत्तम समय हो भन्ने लाग्यो पारिवारिक दबाब कै बिच पनि हामीले बिहेको सात वर्ष रमाइलोसँग बिताउँदै थियौं हामीलाई राम्ररी नै थाहा थियोसन्तान भए पछि हामीले धेरै कुराको बलिदान गर्नु पर्नेछ भनेर त्यसमाथि मानसिक रूपमै पनि हामी तैयार भइनसकेकाले इच्छा हुँदा हुदै पनि तत्काललाई हामी दुबैले बच्चा नपाउने सल्लाह गरेका थियौं परदेसी भए पछिझन् अनेक समस्याहरु थापिदै जाने रहेछ आफैं बाँच्नको लागि संघर्ष गर्नु परिरहेको अवस्थामा सन्तानजन्माउनु एक किसिमले पारिवारिक बोझ हो कि भन्ने लाग्यो त्यति बेलाको अबस्थामा बस्ने ठेगान, राम्रोजागीर अनि कुन हिसाबले आफु तैयार रहने भन्ने समेत ज्ञान छैन परिवारबाट टाढिएर विदेश आए पछिबच्चाको राम्रो स्याहार नहुने हो की भन्ने पिरलो भैरहने त्यसैले पनि हामीले सन्तान पाउने रहर लाई आनाकानीगर्दै रह्यौं उता घरबाट आमा बुवाले कान्छो छोरा तर्फ सन्तानको मुहार हेर्न पाइएन भन्ने गुनासो उत्तिकै थियो मैले चैं घरमा - जना नाति नातिनी हुँदा हुदै फेरि अर्को किन चाइयो भनेर बारम्बार सम्झाइ रहनु पर्थ्यो करिबकरिब वर्ष अगाडि हामी नर्थ क्यारोलाइनाबाट बसाईं सरेर टेक्सास आयौं हाम्रो बसाईं सराई को प्रमुख उद्धेश्य नैयही थियो मैले राम्रो जागीर खाने उनीलाई हेर विचार गर्न सक्ने भएपछि सन्तान जन्माउने तर मेरो राम्रोजागिरले धेरै कुरा बदलिदियो एक किसिमले मेरो दिनचर्या नै फेरियो मेरो काम यस्तो भई दियो फुर्सद नै पाउनमुस्किल सातै दिन जस्तो काम गर्नु पर्ने, बिहान उज्यालो भए देखि बेलुकी अँधेरो नभैन्जेल यसले गर्दा मैलेउनीलाई समय दिनै पाइन अनि ख्यालख्यालमै करिब करिब एक वर्ष त्यतिकै बित्यो अब हाम्रो सम्बन्धलेबिस्तारै अर्को मोड़ लेला जस्तो भयो अनि हामीले यो तरिकाले जीवन नचल्ने देख्यौं अब हामीले निर्णय गर्नुथियो भविष्यको - महिनाको प्रयास हामीले सकारात्मक नपाए पछि डक्टरको परामर्श लिन पुग्यौं उनकैसल्लाहमा हामीले केहि परिक्षणहरु गर्नु पर्ने भयो जसको लागि हामी पहिले देखिनै तैयार थियौं नतिजा हाम्रोलागि सोच्दै नसोचेको निस्कियो
क्रमश:

Friday, December 26, 2008

ज्ञापन पत्र !

एकल महिला समूह,क्षेत्रिय कार्यालय पश्चिमांचल, कास्कीले नेपाल सरकारद्वारा एकल महिलाहरुलाई प्रदान गरिने मासिक रू५०० भत्ता ६० वर्ष या सो भन्दा बेसी उमेरका लागि मात्र दिने निर्णय संविधान प्रदत्त नभएको भन्दै उमेरको हदबन्दी हटाउने माग राख्दै यो ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो । सो को एकप्रति मलाई ईमेल मार्फत प्राप्त भएकोले मेरो ब्लगमा राखेको छु ।

एकल महिलाहरु हाम्रो जस्तो समाजमा अझै पनि संघर्ष गरिरहेछन आफ्नो हक, हितका लागि । न उनिहरुका लागि बोलिदिने कोही हुन्छन न त सुनिदिने नै । यस्ता एकल महिला आफ्नो घर परिवारबाट मात्रै होइन माइती र समाजबाट पनि अपहेलित भएको मैले देखेको छु । बुहारी नभए वर्ष दिन पनि नकुरी छोराको अर्को विहे गर्ने हाम्रो समाजले, छोरा नहुँदा झन बुहारीले सकस मात्रै पाउँछिन । न बुहारी को कुरा सुनिदिन्छन, न उनको इच्छा जान्ने कष्ट नै गरिन्छन । उमेर छँदै दोस्रो विवाह् संभव भए पनि समाज लाई पचाउन गाह्रो छ । यस्तोमा सरकारबाट चालिएको सानो तर सकारात्मक कदमको समर्थन सँगसँगै उमेरको हदबन्दी जस्तो भेदभाव भने हटाउनु उचित हुन्छ भन्ने मेरो ठम्याइछ । यि यावत कुराहरु बरु म अन्य बेला लेखुँला । अहिलेलाई चैं एकल महिला दिदीबहिनिहरु को मागको समर्थन मात्रै ।


Sunday, July 27, 2008

भाषिक स्वतन्त्रता ?

मेरो विचारमा आफूले चाहेको भाषामा लेख्न, बोल्न पाउनु, आफ्नो अवधारणा पोख्न पाउनु भनेको भाषिक स्वतन्त्रता हो । चाहे त्यो आफ्नो मातृ भाषा होस् या नहोस्; अथवा चाहे त्यो आफूलाई मनपर्ने भाषा मात्रै किन नहोस् । मेरो संसारको एउटा लेखमा मैले हिन्दी भाषा प्रयोग गरें भनेर धेरै साथीहरुबाट कमेंटहरु आए। सरसर्ती हेर्दा मलाई अचम्भित गरायो ती कमेंटहरुले। मानिस अझै पनि १९औं शदिमै छन् कि भन्ने पनि लाग्यो मलाई । उनिहरुका सोचाइ र विचार कति सम्मन् भने मैले हिन्दीमा लेख्नु ठूलै पाप गरे सरह भयो, मेरा अभिभावकले के सोच्छन् भन्न सम्मन् भ्याए । यसमा मलाइ कुनै टाउको दुखाइ छैन, मेरो त्यसमा मात्र 'वाक स्वतन्त्रता'को कुरो उठाएको थिएँ। हिन्दी बोल्दैमा कसैको केहि जाँदैन, व्यक्तिलाई जे सजिलो लाग्छ त्यहि बोल्छ भनेर तर पनि मलाइ चित्त बुझेन आफैंसँग । आजकल फेरि उप-राष्ट्रपतिद्वारा हिन्दिमा सपथ खाएको विरोधमा चर्को आवाज उठेपछि भने सान्दर्भिक लागेर यो लेख लेख्न बसें । त्यसो भन्दैमा मैले यहाँ उप-राष्ट्रपतिको समर्थन गरेको भने नठान्दिनु होला । उनी न्याय सेवामा धेरै वर्ष काम गरेको मान्छे, नेपाली राम्रैसंग बोल्न जान्दछन् होला भन्ने म अनुमान गर्न सक्छु । तैपनि उनले गैर नेपाली भाषाको प्रयोग गरे, जुन समय परिस्थिति अनुकुल थिएन । यसमा मेरो पनि विरोध छ । यहाँ राष्ट्रीय भाषाको सम्मान किन गरिएन भन्दा पनि अरु भाषाको औचित्य नै नभएको झैं ठानिएकोमा आपत्ति हो । यहाँ मैले कुनै व्यक्ति विशेष या पार्टीको समर्थन भन्दा पनि समय अनुसार चल्न नसक्ने हाम्रो बानिको विरोध मात्र गर्न खोजेको हो । मेरो दृष्टिकोणसंग सबै जना सहमत हुनुपर्छ भन्ने छैन । सबैजना आफ्नो विचार पोख्न र आफ्नै खाले धारणा बनाउन स्वतंत्र हुनुहुन्छ । म चाहन्छु मात्रै विरोधको लागि विरोध नहोस् ।

जब जब भाषिक स्वतन्त्रताको कुरो आउँछ तब तब मलाइ यहाँको चलन मनपर्छ । हुन त मलाई धेरै भाषाको ज्ञान छैन तर पनि ३-४ भाषाहरु राम्ररी नै बोल्छु, बुझ्छु । म त्यस्तो ठाउँमा आइपुगें जहाँ मानिसहरु जे बोले पनि गुनासो गर्दैनन्। उनिहरु एक अर्काको भाषाको सम्मान गर्छन् । हुन त अँग्रेजी बाहेक स्पेनिश बुझ्नु बोल्नु यहाँको सबल पक्ष हो, तर पनि ती बाहेक अन्य भाषा बोल्दैमा यिनिहरु खिसि गर्दैनन् । मेरो प्रसंगलाई कोट्ट्याउनु पर्दा चैं, केहि समय अगि मैले एउटा ब्लगमा हिन्दिमा लेखेको कमेण्टले धेरैको ध्यान तान्न पुग्यो र मलाई नानाभाँतिको आरोप, गाली गलौज सम्म गरे । मलाई अनौठो लाग्यो, मानिसहरुको संकुचित भावना, सोचाइ अनि खोक्रो राष्ट्रियता देखेर । धेरैले मलाई भरतीय दलाल, 'र' को एजेन्ट अनि इण्डियाको पुच्छर आदि देखे। मलाई त्यसमा खासै गुनासो छैन। म मानिसहरुको सोचाइ, विचार र भावनालाई कदर गर्छु, तर पनि उनिहरु किन यसरी घृणा गर्छन भारतीयहरुलाई थाहा छैन मलाई। शायद उनिहरुको रिस म माथि पोखे होलान् । मेरो लागि यो पनि सैह्य छ । मैले बुझ्न नसकेको चैं के हो भने, जुन देशका मानिसहरु सामान्य आधारभूत आवश्यकताका वस्तुहरुको लागि समेत अरु देशको भरमा पर्छ त्यो देशका नागरिक कसरी स्वतन्त्र भएर बाँचेका छन् भनेर भन्ने । सियो नबन्ने देशमा प्राक्रितिक श्रोत परिचालन गरेर देशलाई २० बर्षमा सिंगापुर बनाइदिन्छु भनेको भरमा नेपालीको अस्तित्व छ भनेर कसरी व्याख्या गर्ने? भारतीय परराष्ट्र नीतिले नेपालमाथि आँखा गाडेको दशकौं भैसक्यो, तर पनि हामी चुपचाप दर्शक भएर बसि रहेकाछौं न कुनै आन्दोलन, न कुनै बहस या छलफल नैं चलाउन सकेका छौं। भारतीय थिचोमिचोको, राजनैतिक हस्तक्षप अनि उनिहरुकै हालिमुहालीबीच चलिरहेको नेपाली भाषी भारतीयले इण्डियन आइडल जित्दा खुशियाली स्वरुप दीपावली गरिन्छ, भने हाम्रा नेताहरु जो कति त भारतमै जन्मिए, हुर्किए र त्यहाँकै संस्कारमा रहेकाले हिन्दीमा बोल्दा नेपालीको मन दुख्छ किन ? उनिहरुलाई पीडा हुन्छ किन? के नेपालमा भाषिक स्वतन्त्रता गुमिसक्यो? भारतले नेपालीलाई क्षेत्रीय भाषाको रूपमा मान्यता दिएको पनि धेरै भइसक्यो, नेपालले चैं आफ्नै देशका भाषाहरुलाई मान्यता दिन आन्दोलन गर्नु पर्ने हुन्छ, खोइ त नेपालको अनेकतामा एकता?

राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको बर्षौं पुग्दा, भारतले कहिल्यै समर्थन गरेन। उनी मरेर गए, माओवादी युद्धले देशलाई तहसनहस बनायो,हजारौं नेपालीले अकालमै ज्यान गुमाउनु पर्‍यो, खोइ त मूल्यांकन? नेपाललाई बिगार्ने भारतीय स्वार्थ कति छन् कति, तर त्यसो भन्दैमा हाम्रो ऊ जुनि देखिको रिस हिन्दी भाषा, या हिन्दीभाषी मानिसहरुमाथि खन्याउनु कति न्यायोचित होला, तपाईं आफै विचार गर्नुस्। लोकतान्त्रिक शासनपद्धति अपनाउनका लागि हाम्रो देशलाई धर्म निरपेक्ष नेपाल भनेर घोषणा समेत गरियो, तर भाषाको कुरो आउँदा चैं हामी निरपेक्ष हुन जरूरी रहेन या ठानिएन, किन? के हामी पक्षपाति भएनौ र यस अर्थमा ?

वास्तवमा भाषा एउटा कम्युनिकेसनको माध्यम मात्र न हो । भाषामा सामाजिक, साँस्कृतिक र रहनसहनको छुट्टै महत्व राख्छ । संसारमा हजारौं किसिमका भाषाहरु छन; कसैले एउटा मात्र जानेको होला, कसैलाई धेरै भाषाको ज्ञान होला। बहुभाषिक व्यक्ति, जहाँ जुन भाषा उपयुक्त लाग्छ उसले त्यहि भाषाको माध्यमबाट आफूलाई ढाल्दछ। उल्लेखनीय कुरो चैं के छ भने चाहे जोसुकै होस्, नेपाली बोल्नु, हिन्दी बोल्नु, फ्रेंच, स्पेनिस या अँग्रेजी भाषा जे सुकै होस, त्यो एउटा माध्यम मात्र हो। अब हामी यो छुट्याउँ कि नेपाली हुनुको नाताले हामी नेपाली मात्रै बोल्नु पर्छ भन्ने छ र? के हामीले उर्दू , हिन्दी या अँग्रेजीमा कुरा गर्न हुँदैन? अँग्रेजी बोल्दा गर्व गर्ने हामीले हिन्दी बोल्दा चैं किन तल्लोस्तरको सम्झिने? त्यो एउटा संकुचित मानसिकता बाहेक अरु केहि होइन। १ अरबभन्दा बेसि जनसंख्या भएको मुलुकका ४० प्रतिशत मानिसहरु हिन्दी भाषी छन् । नेपालका कयौं तराइ जिल्लामा मानिसहरु हिन्दी बोल्दछन् । चाहे त्यो सम्पर्क भाषाको लागि नै किन नहोस् । अझ चाख लाग्दो कुरो के छ भने हामी पहाडबासी समेत केहि बोल्नु बाहेक अधिकाँश शहरिया हिन्दी राम्ररी बुझ्दछौं । आजका युवा जगत त झन् एक कदम अगाडि बढ्न सफल छ भाषिक स्वतन्त्रताको कुरामा, उनिहरु नेपाली भन्दा अँग्रेजी बढी बोल्छन्। नेपाली विषयमा फेल होलान्, तर अँग्रेजीमा राम्रा अंक ल्याएर पास हुन्छन् । अब अर्को कुरो नेपाली संस्कार, कला, संस्कृति भन्दा पनि विदेशी संस्कार, कला, संस्कृतिलाइ बढि मान्यता दिने र त्यस्तै जिवनयापनको कामना सहित आफूलाई ढाल्ने प्रयत्न गर्नेहरुको संख्या पनि कम छैन। त्यसलाई चैं हामीले कसरी व्याख्या गर्ने हो कुन्नि हेर्नै बाँकी छ। राजनीतिको चुरीफुरी जल्ले जति लगाए पनि विदेशी हस्तक्षेपलाई हामी सबै नेपालीले प्रत्यक्ष अनुभव गरेको कुरो हो। हुन पनि नेताहरु देशलाई आत्मनिर्भर बनाउने भन्दा पनि आफ्नो दुनो सोझ्याउने तर्फ लागे पछि, जुन तन्त्र आए पनि पुरानो संस्कार र मान्यतालाई शिरोधार्य गरे पश्चात् हामी नेपाली तलको तलै परिरह्यौं। हाम्रै एसियाका विभिन्न मुलुकहरु १०-२० वर्षमा प्रगति गरेर कहाँबाट कहाँ पुगे। हामी भने सामान्य भुटानी शरणार्थीको समस्या समेत हल गर्न नसकेर अरुको मुख ताकेर बस्यौं। के नेपाली भाषी हुनुको पीडा होइन त्यो? यदि हिन्दी भाषी भएको भए भुटानीले यसरी खेद्न सक्थे? अथवा भारतीय आफैंले सल्टाउँथे होलान् त्यो समस्या। अब त नेपाली भाषी हुनु को गर्व गर्ने अवस्था पनि गुमायौं। भाषाको दृष्टिले नेपाल कहिल्यै पछाडि रहेनौं, विविध भाषाभाषी, अनेक जाति र संस्कृतिको धनी भनेर चिनिएको नेपाल माओवादीको जातीय अनि क्षेत्रीय राजनीतिले लथालिङ्ग बनायो। शायद त्यसैको उपज हो, यो पनि कि हामी हिन्दी भाषीलाई घृणा गर्ने। उनिहरुले हामीलाई यस्तो पाठ सिकायो, म आफू मात्रै जान्ने, मेरो कुरा मात्रै सहि हो, अरुको कुरो सुन्नु पर्दैन आदि इत्यादि। अनि हिन्दी भारतीयहरुको मात्र भाषा हो, हामीले बोल्नु हुदैन ।

तराइतिर को कुरा छाडि दिउँ, हाम्रै काठमाडौंका हलहरुमा नेपाली भन्दा हिन्दी सिनेमा बढि चल्छन्। शहरी क्षेत्रमा अधिकांशको घरमा केबल को पहुँच छ, त्यहाँ नेपाली च्यानल भन्दा बढि हिन्दि च्यानल हेर्ने चलन् छ। युवा पुस्तालाइ नेपाली फिल्मका हिरो हिरोइन लाई चिन्दैनन् होला तर भारतीय सिनेमाका हिरो, हिरोइन देखिन् लिएर सबै गायक, गायिका अनि संगीतकारहरुको नाम कण्ठस्थ होला। त्यसलाई हामीले के भनेर बुझ्ने? विवाह,व्रतबन्ध,भोज भतेरमा रमाइलो गर्न पर्‍यो भने हिन्दी संगीत गुन्जन्छ। पन्चै बाजाको स्थान बैण्ड बाजाले लिइसक्यो। तैपनि कोइ कोइ खोक्रो आडम्बरी बनेर नेपाली भाषा र संस्कृतिको बारेमा प्रवचन दिन चुक्दैनन्, घरमा चैं श्रीमती र छोराछोरीहरु हिन्दी सिनेमा र टेलिसिरियलमा मस्त भएको कुरो बिर्सन्छन्। त्यस कुरालाइ कसरी मूल्याङ्कन गर्ने? के त्यसको मतलब हिन्दी भाषा बोल्ने, हेर्ने, रुचाउने सँगको पूरै नाता तोडिदिने? के यस्तो संभव छ? न त कसैले यी भाषीलाई हेलाँ गर्न नहुने हो, होइन र? एउटा नेवारी उखानमा मदिसेलाई मान्छे नै नभन्ने "मनु मखु मडिस्या ख:" प्रवृति सबैले लिए भने यो देशको हालत के होला, सोच्नु पर्ने बेला भए जस्तो लाग्छ। मेरो प्रसङ्गमा यहाँ मैले हिन्दी भाषाको वकालत गर्न लागेको होइन कि भाषिक स्वतन्त्रताको कुरो उठाएको मात्र हूँ। जसरी हामी नेवारी, गुरुङ्ग, मगराँति, किराँती, तामाङ्ग, मैथिलि, अवधि, भोजपुरी, थारुवान आदि सबैलाई नेपालीले स्थान दिएकोछ, त्यसरी नै हिन्दीलाई पनि सम्मान गर्न जरुरी छ भनेको मात्रै हो। यसलाई गलत अर्थ नलगाइयोस्, मेरो ब्रम्हले देखेको चैं के हो भने अँग्रेजी बोल्दैमा गर्व गर्ने हाम्रै नेपाली समाजमा हिन्दी लाई चैं तथानाम भनेको पनि सुनियो, यस्तो फरक(?) किन? के भरतीयले हेप्यो भन्दैमा हामीले उनिहरुले बोल्ने भाषालाई नै बहिष्कार गर्नु पर्ने जरुरी छ र? उनिहरुको संस्कार देखि लिएर फेशन र पहिरनको नक्कल गर्नलाई भने हामीलाई लाज लाग्दैन। के यी सबै हामी त्याग्न तयार छौं? यदि संभव छैन या सक्दैनौं भने किन हिन्दी भाषालाई अपहेलना गरेको हामीले, म बुझ्न सक्दिन। के यो फोहोरी राजनीतिको परिणाम हो, या हाम्रो संकुचित भावनाको मलाई खुट्याउन गाह्रो परिरहेछ।

म कुनै भाषाविद् होइन, न त यसमा कौशलता नै राख्छु । एउटा सामान्य नागरिकको हैसियतले भन्नु पर्दा पनि मैले नेपालमा भाषिक स्वतन्त्रता गुमिसकेको ठानें । भ्रममा नपर्नुस्, हामी तिनै हौं जसले केही वर्ष अघिसम्मन् 'अतिथी देवो भव:' भनेर मान्ने, उनिहरुको सम्मान गर्ने । तर लाग्छ त्यो अब इतिहासको एक अंश भैसक्यो । एउटा सामान्य हिन्दी भाषाको मूल्यांकन गर्न नसक्ने हामीले अरुको सम्मान कसरी गर्ने ? भाषिक न्याय कहाँ खोज्ने? कसरी खोज्ने? केका लागि खोज्ने? हामी अर्काको भाषालाई कदर गर्न जान्दैनौं भने उनिहरुबाट मात्रै हामी किन सम्मानित हुन चाहने?

Saturday, May 10, 2008

विधवा विवाह

आज छुट्टै विषयमा यहाँ चर्चा गर्न लागेको छु । यो लेख केही समय अघिको कान्तिपुरबाट साभार गरिएको हो । मेरो ब्लगको उद्देश्य मनोरंजनात्मक लेखहरु हुन तर यो मन छुने लेख पढे पछि आफुलाई थाम्न सकिन । मेरो ब्लगको शिर्ष स्थानमा रहेको गितको समेत यसमा चर्चा भएकोले पनि यहाँ प्रस्तुत गर्न मन लाग्यो ।
*******

बाधा अड्चन फुकाई प्रिय
टीका, चुरा, शृङ्गार सजाई
गुलावझैं बनी प्रिय
काँडा बीच पनि जीउन सिक्नु
हिंड्दै जाँदा भावनालाई बुझ्ने
हितकारी मान्छे भेटे निसंकोच नाता जोड्नु ।
मलाई भोलि केही भए......

आफ्नो मृत्युको कल्पना गरेर कुन श्रीमानले श्रीमतीलाई यसो भन्लान् - अचम्म नमान्नुस्, सञ्चारकर्मी दिपेन (दीपेन्द्र) श्रेष्ठले श्रीमतीलाई सम्बोधन गर्दै यो गीत लेखेका हुन् । उनका शब्दमा भावुक स्वर भरेका छन् गायक कर्णदासले । एकल महिलाले रातो पहिरन लगाएको देख्दा जिब्रो टोक्नेहरू उनीहरूको पुनः विवाहका लागि सजिलै तयार होलान् - हुँदैनन्, त्यसका लागि निरन्तर संर्घष गर्नुपर्छ उनीहरूले ।

एकल महिलामा रातो पहिरनले के प्रभाव पार्ला - आउनुहोस् यो प्रश्न सोधौं मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीकी सचिव प्रमिला तझ्यालाई । उनी भन्छिन्- 'पति वियोगमा परेकीलाई रङ्गबाट वञ्चित गरिनु दोस्रो वियोग हो । तर, रङ्गभेद नहुँदा आत्मविश्वास बढेको छ ।'

सफल हुन रातो रङ्ग लगाउनै पर्छ भन्ने छैन । लगाउन पाएर नलगाउनु र लगाउन नपाएर नलगाउनुमा धेरै फरक छ । रातो रङ्ग त सबैले बच्चैदेखि लगाए । सिन्दुर पनि बेलसँग विवाह गर्दै लगाएकी थिइन् प्रमिलाले बेलको मृत्यु भएको छैन । श्रीमानको मृत्युपछि उनले सिन्दुरमात्रै होइन सम्पर्ण शृङ्गार र जन्मजात पाएको रातो रङ्ग समेत त्याग्नुपर्‍यो । तर समयसँगको कठोर संर्घषमा खारिएकी छन् उनी ।

०६१ चैतमा पोखराका सयभन्दा बढी एकल महिलालाई सामुदायिक सचेतना समाजले आफन्तको हातबाट रातो लगाइदिने अभियान चलायो । एकल महिलालाई यो सांस्कृतिक क्रान्तिले आत्मविश्वास बढायो । जुना केसीलाई पनि सुनौंन- 'रातो लगाउनु अर्को विवाह गरेको पहिचान होइन रंगभेदका कारण शुभकार्यमा वञ्चित गरिने विभेद हटाउन हो, धक फुकाएर आफूले रोजेको रङ्ग लगाउन पाउदा आफूलाई कमजोर नभएको र सुरक्षित भएको महसुस भएको छ ।' स्याङ्ग्जाकी देवी थापासँग रातो पहिरनले दृष्टिकोणमा बराबर देखाउने अनुभव छ ।

सरोजगोपाल बज्राचार्यको गीत 'रातो रिबनमा कहिल्यै धोको पुगेन जीवनमा' गुनगुनाउँदै बाल्यकालमा रातो रिबनले दुइ चुल्ठा बाट्थिन् रे प्रमिला । भन्छिन्- 'बच्चामा रातो रहरले लगाए, विवाहपछि लगाउनपर्छ भन्ने बुझेर लगाए, अहिले अभाव पूर्ति गर्न लगाउँदैछु ।' रातो रङ्गको सहायताले प्रमिलाजस्ता एकल महिलाले जीवनमा परिवर्तन महसुस गरेका छन् । तनहुँकी संगीता श्रेष्ठ पनि फेरिएकी छन् । 'खाली रुन मन लाग्ने केही गर्न सक्दिन जस्तो हुन्थ्यो,' उनले भनिन्- 'रातो लगाउँदा आत्मविश्वास बढेको छ काम गरेर बाँच्न सक्ने भएकी छु ।'

मृत्युदर्ता गरेर नाता प्रमाणित गर्न जाँदा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासन अधिकृतले श्रीमान बितेको ४५ दिनका दिन चुरापोते लगाएको फोटो हुँदैन विधवाको भेषमा अर्को फोटो खिचेर आउन पठाएको क्षण बिर्सेकी छैनन् प्रमिलाले । हिजोआज कतिपय एकल महिला श्रीमान भएका महिलाभन्दा बढी आत्मनिर्भर र स्वावलम्बी जीवन बिताइरहेका छन् । तर अझै आवश्यक छ सामाजिक क्रान्ति र दृष्टिकोणको ।

लोकतान्त्रिक आन्दोलनका साथी भीमसेन दाहालको मृत्युलाई नजिकबाट नियालेका सञ्चारकर्मी दिपेनले आफ्नी श्रीमतीकी साथी सविता दाहाललाई सम्झेर उक्त गीत लेखेका रहेछन् । भन्छन्- 'भाषणले हुनेवाला केही छैन, यिनीहरूको हौसला बढाउन सकियो भने संसार बदल्न सकिन्छ ।'

हेरौं अब कति एकल महिलाले रहर गर्छन् र कति हितकारी युवाले हिम्मत निकाल्न सक्लान् विवाह गर्न । आठ वर्ष पहिले एकल बनेर पुनः विवाह गरेकी थिइन् चितवनकी नीला गिरीले । उनी अठार वर्षकी छँदा श्रीमानको मृत्यु भयो । तेइस वर्षकी हुँदा माइती (तनहुँ) र घरपरिवार (पोखरा) को सहमतिमा उनले पुनः बिहे गरिन् चितवनको केटासँग । दुइ छोरा र श्रीमानका साथ चितवनमा बसेकी नीला भन्छिन्- 'उमेर छ र आफूलाई चाहने र आफूले पनि चाहने भेटे पाइला चाल्दा हुन्छ ।'

'छोरी मरे १३ दिनभित्रै ज्वाँईंलाई अर्की छोरी दिन तयार हुने बाबुआमा ज्वाँईं मरेपछि छोरीलाई अर्को ज्वाँईं खोज्ने शब्द उच्चारण गर्नसम्म किन डराउँछन् ?' प्रमिलाको सुक्ष्म प्रश्नको मसँग जवाफ छैन ।

- वसन्ती बास्तोला

Thursday, April 17, 2008

NEW YEAR WISHES!!!

New Year's Wishes

May you get a clean bill of health from your dentist, your cardiologist, your gastro-enterologist, your urologist, your proctologist, your podiatrist, your psychiatrist, your plumber and the I.R.S.

May your hair, your teeth, your face-lift, your abs and your stocks not fall; and may your blood pressure, your triglycerides, your cholesterol, your white blood count and your mortgage interest not rise.

May New Year's Eve find you seated around the table, together with your beloved family and cherished friends. May you find the food better, the environment quieter, the cost much cheaper, and the pleasure much more fulfilling than anything else you might ordinarily do that night.

May what you see in the mirror delight you, and what others see in you delight them. May someone love you enough to forgive your faults, be blind to your blemishes, and tell the world about your virtues.

May the telemarketers wait to make their sales calls until you finish dinner, may the commercials on TV not be louder than the program you have been watching, and may your check book and your budget balance - and include generous amounts for charity.

May you remember to say "I love you" at least once a day to your spouse, your child, your parent, your siblings; but not to your secretary, your nurse, your masseuse, your hairdresser or your tennis instructor.

And may we live in a world at peace and with the awareness of God's love in every sunset, every flower's unfolding petals, every baby's smile, every lover's kiss, and every wonderful, astonishing, miraculous beat of our heart.

Monday, April 14, 2008

HAPPY NEW YEAR 2065!!!

HAPPY BELATED NEW YEAR 2065 TO ALL OF YOU!!! I WISH COMING YEAR WILL BRING THE PEACE AND PROSPERITY TO YOU AND YOUR FAMILY.

These are some VIDEOS from the Program organised by Nepal Student Association of Lubbock, Texas on Saturday 13th April, 2008. The program was huge success. More than 60 people was gathered to celebrate Nepali New year as of small town has less than 100 on Nepalese Population. We missed you all, we wished you all.

Posha GT (सपनी मै हौ की)

Reena Maharjan (उडी उडी हिड्छ मन चियाबारीमा)

Manju Sigdel(टिकुली है मेरो टलटल टलटलल)

Shravan Devkota (साँझमा पनि रातमा पनि)

Monday, December 10, 2007

McDougal Company



McDougal is the company where I'm currently working. But the clip does not mention about the Construction division which they started begining of this year. They just introduced the McDougal Land Company last month. This company is growing, they expanded their business surrounding area of Lubbock to Austin & Irving, Texas.

Friday, November 30, 2007

नेपालीमा

यो एउटा प्रयास मात्रै हो, नेपालीमा लेख्ने । आगामी ब्लग केहि नेपालीमै लेख्ने कोसिस गर्दैछु। हेर्दै जाऊ भविष्यमा यस सम्बन्धमा केहि गर्न सक्छु कि । कृपया प्रतीक्षा गर्नु होला। कसैलाई मेरो ब्लगमा लेखन इच्छुक हुनु हुन्छ भने मलाई मेल गर्नु होला inashrestha@gmail.com.

Sunday, November 25, 2007

Upcoming Features


It was surprising myself that I could not able to update my blog as I suppose to. I don't know why. May be I was too lazy to type in. I can expect to do more, and I can't make promise to myself I'll do it everyday. But more than that I can take some more initiate action to make creative one later. I have lots of thoughts, lots of info & travel experiances to jot it down on my blog. I'll start with my visit to Dallas, New Mexico & Colorado. That will be my upcoming features for my blog. I've to update a lots of pictures too. Let me find out the way how I can manage all of these. c ya soon.

Saturday, June 2, 2007

Today

aujourd'hui je vais rendu visite a mon amies. Nous avons une bon heure.

Friday, June 1, 2007

Sleepness

It's been long time, I never took anythings seriously. But today I can't sleep well. I've kinda tension of my future. I did so many things, I can't remember all. But these days I don't have enough to pass time. It's boring if you do nothing all day long. Now I am worried about coming days. Looks like I've not so bright future as I used to think of. So much headache while you deal with lots of different people. Let me take a break. Lemme go back to sleep. May be tomorrow I'll refresh my mood and start new day with full energy.

Tuesday, May 29, 2007

What a day!

What a day today. I'd hard day. I slept late last night & woke up at 4 am this morning. I went to airport to drop a friend. Same morning another friend called me and asked help to move out his apartment. That was pretty tuff job. I came back and started to clean up my own garrage. I was thinking to do that job since long time. Finally I did it. I had performed a pretty much physical work for today. After a long time today is a rough day for me. OMG! What a day!

Sunday, May 27, 2007

Time

I spent so much time to surf into the net. Looks like I'm addicted to it. I don't know what should I do to control myself. After I woke up, I go to check mails & before I go to bed I do the same. Sometimes I spend 2-3 hrs to surf the net without taking a break. And some days are worst than that. I spent like 4-6 hrs. Plz help me guys; suggest me how to control myself. This kinda addiction is harder than any other behaviour.

Wednesday, May 23, 2007

About writing

I've so many things to jot down, but time is so crucial I can't get to do it. Today I was thinking to make up some time but it's just not right to do so. I'm thinking, I'll do it later tonight or nextday. I promise I'll do it within 48 hrs.
thanx