Welcome to Inashrestha's Blog; Different way to blog :D
Friday, August 21, 2009
यी तस्विरहरु
आहा कति सुन्दर छन यि तस्विरहरु । तस्विरमा देखिएको मानिसको कलाकारिता र सिर्जना आफैंमा लोभ लाग्दा छन । त्यसमाथि यसलाई जोगाई राख्न कति मिहिनेत र परिश्रम परेको छ हामी आफैं अंदाज गर्न सक्छौं । ईमेलबाट प्राप्त यि तस्विरहरुले मलाई प्रभावित तुल्यायो, बरु तपाईंहरुलाई कस्तो लाग्यो कुन्नि, अनुभव बाँड्नु होला । कसैलाई यि तस्विरहरु कहाँ खिचिएको हो थाहा भए लेख्नु होला । मसँग अहिले यसको बारेमा धेरै जानकारी भएन, क्षमा चाहन्छु । धन्यवाद !

Monday, August 17, 2009
DUMBEST ILLEGAL IMMIGRANT
Running stop light = $100.00
DUI = $5000.00
Speeding = $150.00
Not wearing a seat belt = $50.00
Putting you & your girlfriend's photo on your fake driver's license = ??
= PRICELESS
Source: Email
Saturday, August 15, 2009
सुमितको जन्म-४
हामीले पूर्व अनुमान गरे जस्तै भयो क्लिनिकमा पुगेपछि डक्टरले अस्पताल जान सल्लाह दिइन । अनि हामी क्लिनिकबाट सिधै अस्पताल पुग्यौं । भर्ना हुनुपर्ने हुनसक्छ भनेर नै चाहिने सबै कपडा र अन्य सामाग्री लिएर गएका थियौं । सबै चेकअप गरेपछि हामीलाइ एउटा कोठा उपलब्ध गराइयो । उनी सोही अस्पतालमा काम गर्ने भएको नाताले सबैले धेरै ध्यान पुर्याए जस्तो अनुभव भयो । शायद त्यो युनिटका सबैसँग गर्ने व्यवहार नै त्यस्तो हुनसक्छ, नत्र उनी आफ्नो कामको बारेमा कुरा गर्दा सधैं केही न केही गुनासो गर्थिन । नर्स आउने कस्तो छ सोध्ने, छोराको नाम सोध्ने आदि भए । (अहिलेलाई नामको बिषयमा यहाँ भन्दा पछि छुट्टै चर्चा गर्न ठीक ठानेको छु । ) जे होस् नर्स, डक्टर सबै आएर हालचाल बुझ्नु हाम्रो लागि राम्रो नै लाग्यो । पिडा झन झन बढ्दै गएर होला उनी केही आत्तिए जस्तो देखियो । अनी बेलुकी ११ बजे तिर नदुख्ने औषधी लगाइ दिने सल्लाह भयो । डक्टर पनि आए, सोही बेला अस्पतालकै कुनै अर्को युनिटमा इमर्जेन्सी कोड बोलाए, सबै डक्टरहरु उतै लागे जबकि उनिलाई औषधी दिन सबै ठिक्क थियो । तर पनि उनी त्यो औषधीको लागि अर्को २ घण्टा कुर्नु पर्यो जुन यो अवस्थामा धेरै लामो भए जस्तो लाग्यो । उनी पिडाले रन्थनिन्थिन, म उनको हात समाएर उनिलाई ढाडस दिने प्रयास मात्र गर्न सक्थें । जे होस् औषधी लगाइ सकेपछि भने उनीलाई केही काम भए जस्तो भयो । उनिलाई रात भरी मोनिटरिङ्ग गरिरहे । बिहानी पख डक्टरले चेक गरेसी बच्चा दिउँसो मात्रै हुन्छ भने । अनि खाना खान म ११ बजेतिर घर लागें आमा भने अस्पतालमै कुरेर बस्नुभयो । एक बजे तिर अस्पताल पुग्दा उनिलाई व्यथा लागि सकेछ । डक्टर नर्स उनिलाई डेलिभरी गराउँदै रहेछन । मलाई उनिसँगै बस्न भने । मैले उसको हात समाएँ । उनी सक्दो कोशिस गर्थिन धेरै पटकको प्रयासमा स्थानिय समयानुसार ठीक १:२१ मा सुमितको जन्म भयो । जन्मिदा सुमितको दुबै आँखा खुलै थियो । न त उसले रुन सक्यो । मेरो मन कता कता गह्रुँगो भएर आयो, किनकी बच्चा जन्मिदा रोएन भने बच्चामा केही खराबी हुन्छ रे भन्ने सुनेको थिएँ । सुमित हाम्रो पहिलो बच्चा फेरि अनेक थरिको शंका । के हुन्छ, के गर्नु पर्छ भन्ने थाहा नहुँदा मनमा पिर बढ्ने रहेछ । नर्सले उसलाई पोको पारेर तातो बनाउन हिटर भए तिर राखिन । छिटो छिटो पुछेर सफा गराए पछि बल्ल सुमितले च्याँ गरेर रोयो । अनि मेरो मन पनि शान्त भयो । मेरा पनि आँखाबाट आँशु निक्लिए, त्यो खुशीको आँशु थियो । सबैले बधाई दिए, हामीले पनि सबै जनालाई धन्यवाद दियौं । पहिलो पटक सुमितको अनुहार देखे पछि उनीले पहिलेका सबै पिडा बिर्सिइन । शायद यही होला मात्रिवात्सल्य भनेको ।
समाप्त !
(नामाकरणको प्रसंग अर्को पटकलाई )
समाप्त !
(नामाकरणको प्रसंग अर्को पटकलाई )
Tuesday, July 28, 2009
HOW BAD IS IT?
The Economy is so bad...

CEO's are now playing miniature golf.
Jewish women are marrying for love.
Even people who have nothing to do with the Obama administration aren't paying their taxes.
Hotwheels and Matchbox stocks are trading higher than GM.
Obama met with small businesses to discuss the Stimulus Package: GE, Pfizer and Citigroup.
McDonalds is selling the quarter ouncer.
Parents in Beverly Hills fired their nannies and learned their children's names.
A truckload of Americans got caught sneaking into Mexico.
The most highly-paid job is now jury duty.
Dick Cheney took his stockbroker hunting.
People in Africa are donating money to Americans.
Mothers in Ethiopia are telling their kids, "Finish your plate. Do you know how many kids are starving in the US?"
Motel Six won't leave the light on.
The Mafia is laying off judges.

CEO's are now playing miniature golf.
Jewish women are marrying for love.
Hotwheels and Matchbox stocks are trading higher than GM.
Obama met with small businesses to discuss the Stimulus Package: GE, Pfizer and Citigroup.
McDonalds is selling the quarter ouncer.
A truckload of Americans got caught sneaking into Mexico.
Dick Cheney took his stockbroker hunting.
Mothers in Ethiopia are telling their kids, "Finish your plate. Do you know how many kids are starving in the US?"
The Mafia is laying off judges.
Sunday, July 19, 2009
सुमितको जन्म - ३
लेख्छु भन्दा भन्दै समय मिलाउन साह्रै गाह्रो कुरो भयो मेरो लागि । यो सानो टुक्रो त्यसैको अंश मात्र अहिलेलाई ।
-------------------

अब हाम्रो लक्ष्य थियो बच्चाको लागि चाहिने सामाग्री जुटाउनु । चिनेका साथीहरु, परिवारबाट सल्लाह सुझाब लिइयो । कति आफुले देखेको, चाइनसक्छ भन्ने हिसाबले किनियो पनि । केहि सामानहरु साथीहरुले उपहार दिए, केहि घरबाट पठाइ दिए । जे होस् बच्चाको लागि आवश्यक धेरै सामाग्रीहरु जुटायौं र हामी ढुक्क थियौं । अब हाम्रो उद्धेश्य थियो नेपालबाट कसैलाई यहाँ ल्याउनु जसले बच्चा र आमाको स्याहार गर्न सहयोग गरुन् । पहिले बहिनिलाई निवेदन दिइयो तर पाइनन् । अब हाम्रो एउटै विकल्प आमालाई यहाँ ल्याउनु थियो । आमाको भिसा स्वीकृत हुने बित्तिकै उहाँलाई चाँडै झिकाउने तर्फ लाग्यौं । मैले डाल्लास सम्म जानु पर्ने भयो आमालाई लिन किनकि हामी बसेको ठाउँ डाल्लासबाट ३५० माइल टाढा थियो । हतारमा टिकट मिलाउन सकिएन यहीं सम्म आइपुग्नलाई । फेरि आमालाई नदेखेको २ वर्ष भन्दा बढी भैसकेको थियो । त्यसैले मैले त्यो पनि सहर्ष स्विकार गरें त्यती टाढा लिन जान पनि । मैले ६ घण्टा लामो ड्राइभको थकाई पनि बिर्सें आमालाई देखेपछि । फर्किंदा हामीहरु बिच बाटोमा थुप्रै गन्थनहरु भए; घरको, परिवार, साथीभाई, छरछिमेक, चिनेजाने सबैको । त्यति लामो यात्रा पनि सजिलै संग काटियो पत्तै नपाई ।

हप्ता २-४ हप्ता भन्दा भन्दै करिब करिब ४० हप्ता पुग्न लाग्यो । स्वास्थ्यको ख्याल राख्दै २ हप्ता अघिबाट विदामा बस्ने सल्लाह भयो । हामी त्यो दिनको प्रतिक्षामा बसीरह्यौ जून डाक्टरले हामीलाई दिएको थियो । भनेको दिन पनि बित्यो, अनि पीर लाग्न थाल्यो । प्रत्येक हप्ता डाक्टरलाइ देखाएर पनि ठ्याक्कै नमिल्दा केहि शंका उपशंका भैहाल्दो रहेछ । उनीलाई व्यथा ड्यू डेट कटेको २ दिनसम्म पनि शुरू भएन । सदा जस्तै विहिबार डाक्टरसंग भेट्नु थियो , त्यो दिन चै केहि ब्यथा लागे जस्तो भयो । अनि समयमा नै क्लीनिक पुग्यौ ।
क्रमश:
Saturday, July 18, 2009
मेरो मन त सोल्टी हजूर !
गायिका: रीना डंगोल
गीत तथा संगीत: भरत लामा ।
**************
मेरो मन त सोल्टी हजूर ढुङ्गे धाराको पानी
तिर्खालागे पिउँदा हुन्छ हजूर लाज नमानी
मेरो मन त सोल्टी हजूर सुन चाँदी झैं बानी
गलालाई सुहाई दिन्छु म त भाग्यमानी !
कहिले मन हिउँचुली चढ्छु कहिले सागर तर्छु
कहिले मन बाबरी फुल्छु कहिले सिरफुल्छु
आँखा भरी पनि फुल्छु हजूर म त ज्ञानी
मेरो मन त सोल्टी हजूर ...
कहिले मन घट्टामा पिन्छु, कहिले कलमा सिउँछु
कहिले मन बाटोमा छर्छु, कहिले त पोको पार्छु
आँखा भरी पनि फुल्छु हजूर म त ज्ञानी
मेरो मन त सोल्टी हजूर ...
Saturday, July 4, 2009
जे छ त्यसैमा संतोष गरौं
तलको तस्वीरहरु हेरेर पनि तपाईंको मन छोएन भने म भन्न सक्तिन अरु केल्ले छुन्छ। मानवीय शक्तिको अनुपम रूप यो एउटी सानी केटीमा देख्न सकिन्छ ।
चीनको एउटा गरीब परिवारमा जन्मिएकी किआन होङ्गयानले ३ वर्षको हुंदा दुर्घटनामा परी दुवै खुट्टा गुमाउन पुगेकी थिइन । सास्तीसँगै बांचेकी किआनको बाबू आमासंग नक्कली खुट्टा किन्ने सामर्थ्य थिएन । त्यसैले किआन बास्केटबलको सहारामा हिडडुल गर्ने गर्थिन । अनि हातमा काठले बनेको समात्ने लिएर घिसृदै हिडन बाध्य थिइन । बास्केटबल केटी भनेर चिनिने किआन, ६ वटा बास्केटबल फ़टाउँदा समेत कहिल्यै गुनासो गरिनन । यस्तो अवस्थामा पनि स्कुल जान नछोड्नु उनको साहसको एउटा नमूना नै हो । जीवनमा हरेस नखाई बांचेकी किआन जिन्दगीमा अझ बढ़ी गर्ने आश राख्दछिन । जीवन सजिलो छैन भनेर सानैमा बुझेकी थिइन, तर उनको मुहारमा सधैं मुस्कान हुन्थ्यो । ह्रदयस्पर्शी कथा बोकेकी किआन आफैंमा लाखौं अपांग मानिसका लागि प्रेरणाकी स्रोत हुन ।
असाधारण , एउटा हँसिली अपाङ्ग बालिका

किआन होङ्गयानले दुर्घटनामा खुट्टा गुमाइन । उनको गरीब परिवारले नक्कली खुट्टा किन्न सकेन । त्यसैले उनी हिंड्डुल गर्न बास्केटबल प्रयोग गर्थिन ।
किआन घस्रेर हिंड्न काठको सहाराले लिन्थिन । तर कहिल्यै गुनासो गरिनन, उनले ६ वटा बास्केटबल फटाइसकेकी थिइन ।
उनी स्कुल पनि जान्थिन
उनी सधैं हाँसिरहन्थिन
उनी सधैं मुस्कुराइ रहन्थिन
उनी सबैसँग रमाउँथिन
सदा सकारात्मक । अनि एकदिन उनले एउटा संस्था मार्फ़त एकजोडी नक्कली खुट्टा पाउन सफल भइन । 

अहिले किआन त्यतिमा सिमित छैनन । २०१२ को लन्डनमा हुन गैरहेको अपांगहरुको ओलंपिक भनेर चिनिएको पारालिम्पिकको पौडी प्रतियोगितामा भाग लिने लक्ष्यका साथ तयारीमा जुटेकी छिन । दैनिक २०००मि पौडेर कडा परिश्रमका साथ अभ्यासरत किआनको सफलताको कामना गरौं ।
-------------------------------------------------------------------------------------
(Reena मार्फ़त प्राप्त यो इमेल मलाई मन परेकोले नेपालीमा रूपांतरण गरी यहाँ टासिएको हो।)
Wednesday, July 1, 2009
ओला अमिगो!
विश्वका विभिन्न भाषा, कला, संस्कृतिको जमघट भएको देश अमेरिकामा म भर्खर आउँदा साह्रै नियास्रो लागेको थियो । गोरा र कालाहरुको बाहुल्य भएको यो देशमा हामी जस्तो मंगोलियन अनुहार देख्नै नपाइने । जब काममा जान थालें , अनि हिस्पेनिक मुहार पनि फाट्टफुट्ट देख्न पाइयो। होचो कद, गोलो अनुहार, गहुँगोरो छाला भएको हिस्पेनिक अनुहार काटीकुटी हामी जस्तै हुने। तर भाषाको दृष्टिकोणमा भने हामी भन्दा आकाश जमिनको फरक रहेछन । हाम्रा मित्रराष्ट्रका मानिसहरु भने मनग्गे रहेछन् यो ठाउँमा काम गर्न थालेपछि थाहा भयो । हुन त उनिहरु नपुगेको ठाउँ कहाँ पो होला र यो संसारमा ? तर पनि पूर्वि अमेरिकाको सानो यो शहरमा हामी नेपाली परिवारहरु कम नै थियौं । त्यसैले ति मित्रराष्ट्रका साथिहरु धेरै भए र भाषागत हिसाबमा अमेरिका आएपछि मैले अंग्रेजी भन्दा हिन्दि भाषा बढी सिकें । एक किसिमले हिन्दिमा त म पारङ्गत भएँ भन्दा फरक पर्दैन। सधैं ति मित्रराष्ट्रका साथिहरुसँग रमाउन पनि सकिएन । त्यसैले बेलाबखतमा आफ्नै नेपाली दाजुभाइहरु भेट्न पाए पनि कस्तो हुन्थ्यो होला? यिनिहरू भन्दा पक्कै बेसी सहयोगी हुन्थे होला । मनमा यि यावत् कुराहरु सधैं आइरहन्थ्यो । मैले एउटा उपाय निकालें पनि । यसो कोहि हामी जस्तै मान्छे देखें भने नजिकै गएर नेपाली गित गुनगुनाउने गर्न थालें। सोचें , यदि नेपाली भए उसले बुझेर मसँग बोल्न अवश्य आउनेछ । तर त्यस्तो मौका कहिल्यै आएन। बरु हिस्पेनिकहरू उनिहरुकै भाषामा के के हो के के सोध्न बोल्न थाले बा। जस्को त्यतिबेला कुनै जवाफ थिएन मसँग। किनकी त्यों बेला सम्म मलाई स्पेनिश भाषाको कुनै ज्ञान थिएन । बिस्तारै मैले पनि केहि बोलिचालिको स्पेनिस भाषा सिक्नु पर्यो। कोहि मसँग बोल्न आइहाल्यो भने पनि उनिहरुलाई बोलीसके पछि, मैले "मी नो कम्प्रेन्दे" ( अंग्रेजीमा I don't understand) , "मी नो साबे " ( अंग्रेजीमा I don't know) भन्न थालें । अब जता गए पनि यी हिस्पेनिकहरुको ठूलै जमात हुने गर्थ्यो,जसरी नेपालमा हाम्रा मित्र राष्ट्रका मानिसहरु छन । अनी एक न एकजना हिस्पेनिक प्रत्येक दिन भेट हुन थाले पछि भने म वाक्क भएँ । हुँदा हुँदा हिस्पेनिक देख्यो कि गाली गर्न मन लाग्ने बनाईदियो उनिहरुको व्यवहारले । उनिहरु अंग्रेजी जाने पनि बोल्न नखोज्ने, मलाई रिस उठेर आयो । उनिहरु स्पेनिस बोल्दा म पनि नेपालीमा भट्टाउन थाल्थें । अनि त के थियो र, उनिहरु मेरो भाषा नबुझेर दङ्ग, यता म मेरो बल्ल जुक्ति काम लाग्यो भनेर मख्ख नि । त्यस्तै एकदिन काममा एकजना हिस्पानिक जस्तै लागने मेरो अगाडि आएर "ओला अमिगो" (अंग्रेजीमा hello friend ) भन्यो । अनि त के थियो र मेरो कन्सिरिको रौं नै तात्तिइहाल्यो। मैले पनि "ख: माम्पाखा **सा" भनेर प्वाक्क भनि हालें । उसले जवाफमा हासेर " ए! तपाईं पनि नेपाली" भनेर भने पछि पो म झल्याँस्स भएँ । मेरो मुख रातो भएर आयो। मैले बोल्नै सकिन । उ पनि नेपाली नै रहेछ । म जस्तै उ पनि नेपाली नभेटेर कामचलाऊ स्पेनिस भाषा सिकेको रहेछ । धेरै त उसलाई पनि नआउने रहेछ । गाली गरेकोमा मैले त्यो नेपालीसँग माफि मागें। तर उसले त्यसलाई सामान्य कुरो मानेर केहि भनेन । त्यस घटना पछि हामी साथी भयों । त्यसपछि मैले कसैसँग बोल्दा पहिले धेरै कुरामा विचार पुर्याएर मात्र बोल्ने गरेको छु ताकि यस्तो घटना भविष्यमा फेरि नदोहोरियोस।
--------------
यो ब्लग शुरू गर्नु अगाडी अर्को वेब पेजमा प्रकाशित लेख हो । हाल उक्त वेबसाइट बंद हुने भएकोले यहाँ स्थानान्तरण गरिएको हो ।
--------------
यो ब्लग शुरू गर्नु अगाडी अर्को वेब पेजमा प्रकाशित लेख हो । हाल उक्त वेबसाइट बंद हुने भएकोले यहाँ स्थानान्तरण गरिएको हो ।
Thursday, June 25, 2009
सत्य धरोधर्म
यो एउटा रमाइलो फिल्म नेवार भाषा बुझ्ने मित्रहरुको लागि । अन्यले नेपाली सबटाइटल हेरेर बुझ्न सक्नुहुन्छ । हाम्रो पुरूष प्रधान समाजमा लोग्ने मान्छेले जति केटी साथी बनाए पनि केहि नहुने तर महिलाको केटा साथी भएमा कुरो काटिन्छ । यो फिल्ममा लोग्ने अरुसंग लाग्दा नपत्याउने श्रीमती आफ्नै आँखाले देखेर पनि श्रीमानलाई केहि भन्नु भन्दा सही मार्गमा ल्याउनै उचित ठान्छिन। त्यसको लागि उनी अर्को साथिको मद्दत लिन पुग्छिन, अनि श्रीमानलाई उल्टै इर्ष्या लाग्ने बनाउँछिन । रमाइलो प्रस्तुति भएकोले फिल्म हेर्न लायकको छ । मलाई त मन पर्यो है ।
Wednesday, June 17, 2009
Some Q & A
Girlfriend: And are you sure you love me and no one else?
Boyfriend: Dead Sure! I checked the whole list again yesterday
Customer: What other colors do you have?
Manager: Sorry, but I can't give u a job. I don't need much help.
Son: Not much dad, Just a radio with a sports car around it.
Waiter: It's no use. He won't eat it either.
Waiter: Well, you don't expect to walk there, do you?
Wife: I think he did, I've still got mine with me!
Officer: Don't worry. If no one claims it within three days, you can keep it.
Father: Your teacher says she finds it impossible to teach you anything!
Son: That's why I say she's no good!
Subscribe to:
Posts (Atom)