Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Saturday, February 14, 2009

बरु बेस हुन्थ्यो

नसमाएको भए बरु बेस हुन्थ्यो मेरा हातहरु
नखोजेको भए बरु बेस हुन्थ्यो मेरा साथहरु
नदेखाएको भए बरु बेस हुन्थ्यो असली जातहरु
नकाटेको भए बरु बेस हुन्थ्यो मसँग रातहरु!

नजोडेको भए बरु बेस हुन्थ्यो मसँग नाताहरु
नओढेको भए बरु बेस हुन्थ्यो च्यातिएको छाताहरु
नखोलेको भए बरु बेस हुन्थ्यो उधारो खाताहरु
ननाघेको भए बरु बेस हुन्थ्यो सीमान्त हाताहरु!

नकोरेको भए बरु बेस हुन्थ्यो प्रेमका खाकाहरु
नमारेको भए बरु बेस हुन्थ्यो छुट्टिने टाँकाहरु
नगरेको भए बरु बेस हुन्थ्यो मायाका वाचाहरु
नगाएको भए बरु बेस हुन्थ्यो पिरतिका भाकाहरु!

नचोरेको भए बरु बेस हुन्थ्यो असल फेसहरु
नहारेको भए बरु बेस हुन्थ्यो जीवनका रेसहरु
नफेरेको भए बरु बेस हुन्थ्यो क्षणमै भेषहरु
नगरेको भए बरु बेस हुन्थ्यो मायाका गेसहरु!

No comments:

Post a Comment