Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Saturday, May 30, 2009

समुद्री छालभित्र


यी
अद्वितिय समुद्री छालका तस्वीरहरु प्रसिद्ध फोटोग्राफर क्लार्क लिटलले खिचेका हुन । छोटो समयमा नै ख्याति कमाउन सफल उनले फोटो खिच्न थालेको भने धेरै समय भएको छैन । आफ्नो जीवनको करीब ३५ वर्ष यिनै समुद्री लहरसंग खेल्नमा बिताए पनि श्रीमतीले घर सजाउनको लागि फोटो आवश्यक देखेपछि मात्रै उनी आफै फोटो खिच्न क्यामेरा लिएर समुद्री लहरमा झोमिएका हुन । पछि उनले यसैलाई पेशाको रुपमा अपनाए । अनि उनको जीवनले कोल्टे फ़ेर्न पुग्यो । तिनै उत्कृष्ट तस्वीरहरु को संगालो पुस्तक बनाएर प्रकाशित गरेपछि नै उनले नाम कमाए । यी तस्वीरहरु उनको करियरकै उत्तम तस्वीरहरु मध्यका हुन । यस्ता जादूमय तस्वीरहरु तिनै लहरहरुको बिचमा छिरेर लिन मात्र सम्भव छ, जून कुरो खतरनाक मानिन्छ । फोटोग्राफीमा रुचि हुने पाठकहरुको लागि भनेर यहाँ राखिएको हो । हेर्नुस् त तस्विर आँफैं बोल्छ:

लहरमा समुद्र

बालुवाको छाल

दुलोभित्रको चमक

तटसम्म ...लहर

तरल सौन्दर्य

सेतो पानी

भेल...अद्वितीय

रातो ... सनसनीखेज

अर्ध ... लहरको उछाल

शान्त


क्लार्क लिटल टिभीमा:

नोट: असावाधानीबस पोस्ट पूरा गर्नु पूर्व नै प्रकाशित हुन पुगेकोमा क्षमाप्रार्थी छु ।

2 comments: