Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D
Showing posts with label Pictures. Show all posts
Showing posts with label Pictures. Show all posts

Saturday, October 24, 2009

रमाइलो दशैं र शुन्य तिहार !

यसपालीको दशैं पनि सकियो र हेर्दा हेर्दै तिहार पनि बित्यो । धेरै वर्ष पछि आफ्नो परिवारको साथमा दशैं मनाउने सुनौलो अवसर जुटेको थियो । बुवा आमा नेपालबाट आएको पनि धेरै नै भैसकेको थियो । दशैंको बेला परदेशमा अभिभावकको हातबाट टिका थाप्न पाउनु एक किसिमको संयोग र सौभाग्य नै सम्झनु पर्छ । लबक, टेक्सासको सानो गाऊँ भएर होला, यहाँ सबै जना एक अर्कालाई चिन्दछन । यो एउटा राम्रो पक्ष हो सानो ठाउँको । यसपाली हाम्रोमा धेरै जना टिका लगाउन आउने भनेका थिए । सूतक परेकाले हामी आफैले जमरा राख्न पाएनौं । धन्न मान्छे भेटियो जमरा राखिदिने । सेल रोटी पनि बहिनीले आएर पोलिदिइन सजिलै भयो । टिकाको दिन आमाको डाक्टर एपोइंटमेन्ट भएकोले बिहान केहि गर्न पाएनौं । डाक्टरको अफिसबाट फर्के पछि छिटो छिटो गरी पूजा गर्ने देखी लिएर पकाउने काम सकियो । १२ बज्नु अघि टिका लगाउनु पर्छ भनेर नै हतारिएका थियौं । परिवारमा टिका लगाइयो बुवा आमाको हातबाट । पाहुनाहरु आए, टिकोटालो अनि सकेको सत्कार गरियो । यसपाली दशैं रमाइलो नै भयो । दशैंका केहि तस्वीरहरु:
























मेरो लागि तिहार भने शुन्य रह्यो । सबै दीदी बहिनी नेपालमा, बनाएको दीदी नर्थ क्यारोलाइनामा अनि यही भएको बहिनीकोमा फेरि जुठो परेकोले टिका लगाउने साइत जुरेन यसपाली । जे होस नेपालमा अरुले भने रमाइलोसंग मनाएको देखेर चित्त बुझाएको छु । अर्को पटक भने आफै नेपाल जाने सोच बनाछु । हेर्दै जाऊ त्यो बेला सम्म केके हुन्छ । त्यो भविष्यले नै बताउला । नेपालमा मनाइएको तिहारको फोटोहरु:










मिति भने खिच्ने बेलामा मिलाईएनछ ।

Friday, August 21, 2009

यी तस्विरहरु

आहा कति सुन्दर छन यि तस्विरहरु । तस्विरमा देखिएको मानिसको कलाकारिता र सिर्जना आफैंमा लोभ लाग्दा छन । त्यसमाथि यसलाई जोगाई राख्न कति मिहिनेत र परिश्रम परेको छ हामी आफैं अंदाज गर्न सक्छौं । ईमेलबाट प्राप्त यि तस्विरहरुले मलाई प्रभावित तुल्यायो, बरु तपाईंहरुलाई कस्तो लाग्यो कुन्नि, अनुभव बाँड्नु होला । कसैलाई यि तस्विरहरु कहाँ खिचिएको हो थाहा भए लेख्नु होला । मसँग अहिले यसको बारेमा धेरै जानकारी भएन, क्षमा चाहन्छु । धन्यवाद !























Saturday, July 4, 2009

जे छ त्यसैमा संतोष गरौं

तलको तस्वीरहरु हेरेर पनि तपाईंको मन छोएन भने म भन्न सक्तिन अरु केल्ले छुन्छ। मानवीय शक्तिको अनुपम रूप यो एउटी सानी केटीमा देख्न सकिन्छ ।

चीनको एउटा गरीब परिवारमा जन्मिएकी किआन होङ्गयानले ३ वर्षको हुंदा दुर्घटनामा परी दुवै खुट्टा गुमाउन पुगेकी थिइन । सास्तीसँगै बांचेकी किआनको बाबू आमासंग नक्कली खुट्टा किन्ने सामर्थ्य थिएन । त्यसैले किआन बास्केटबलको सहारामा हिडडुल गर्ने गर्थिन । अनि हातमा काठले बनेको समात्ने लिएर घिसृदै हिडन बाध्य थिइन । बास्केटबल केटी भनेर चिनिने किआन, ६ वटा बास्केटबल फ़टाउँदा समेत कहिल्यै गुनासो गरिनन । यस्तो अवस्थामा पनि स्कुल जान नछोड्नु उनको साहसको एउटा नमूना नै हो । जीवनमा हरेस नखाई बांचेकी किआन जिन्दगीमा अझ बढ़ी गर्ने आश राख्दछिन । जीवन सजिलो छैन भनेर सानैमा बुझेकी थिइन, तर उनको मुहारमा सधैं मुस्कान हुन्थ्यो । ह्रदयस्पर्शी कथा बोकेकी किआन आफैंमा लाखौं अपांग मानिसका लागि प्रेरणाकी स्रोत हुन ।

असाधारण , एउटा हँसिली अपाङ्ग बालिका



किआन होङ्गयानले दुर्घटनामा खुट्टा गुमाइन । उनको गरीब परिवारले नक्कली खुट्टा किन्न सकेन । त्यसैले उनी हिंड्डुल गर्न बास्केटबल प्रयोग गर्थिन ।
किआन घस्रेर हिंड्न काठको सहाराले लिन्थिन । तर कहिल्यै गुनासो गरिनन, उनले ६ वटा बास्केटबल फटाइसकेकी थिइन ।



उनी स्कुल पनि जान्थिन





उनी सधैं हाँसिरहन्थिन


उनी सधैं मुस्कुराइ रहन्थिन



उनी सबैसँग रमाउँथिन



सदा सकारात्मक । अनि एकदिन उनले एउटा संस्था मार्फ़त एकजोडी नक्कली खुट्टा पाउन सफल भइन ।









अहिले किआन त्यतिमा सिमित छैनन । २०१२ को लन्डनमा हुन गैरहेको अपांगहरुको ओलंपिक भनेर चिनिएको पारालिम्पिकको पौडी प्रतियोगितामा भाग लिने लक्ष्यका साथ तयारीमा जुटेकी छिन । दैनिक २०००मि पौडेर कडा परिश्रमका साथ अभ्यासरत किआनको सफलताको कामना गरौं ।



-------------------------------------------------------------------------------------
(Reena मार्फ़त प्राप्त यो इमेल मलाई मन परेकोले नेपालीमा रूपांतरण गरी यहाँ टासिएको हो।)