हामीले पूर्व अनुमान गरे जस्तै भयो क्लिनिकमा पुगेपछि डक्टरले अस्पताल जान सल्लाह दिइन । अनि हामी क्लिनिकबाट सिधै अस्पताल पुग्यौं । भर्ना हुनुपर्ने हुनसक्छ भनेर नै चाहिने सबै कपडा र अन्य सामाग्री लिएर गएका थियौं । सबै चेकअप गरेपछि हामीलाइ एउटा कोठा उपलब्ध गराइयो । उनी सोही अस्पतालमा काम गर्ने भएको नाताले सबैले धेरै ध्यान पुर्याए जस्तो अनुभव भयो । शायद त्यो युनिटका सबैसँग गर्ने व्यवहार नै त्यस्तो हुनसक्छ, नत्र उनी आफ्नो कामको बारेमा कुरा गर्दा सधैं केही न केही गुनासो गर्थिन । नर्स आउने कस्तो छ सोध्ने, छोराको नाम सोध्ने आदि भए । (अहिलेलाई नामको बिषयमा यहाँ भन्दा पछि छुट्टै चर्चा गर्न ठीक ठानेको छु । ) जे होस् नर्स, डक्टर सबै आएर हालचाल बुझ्नु हाम्रो लागि राम्रो नै लाग्यो । पिडा झन झन बढ्दै गएर होला उनी केही आत्तिए जस्तो देखियो । अनी बेलुकी ११ बजे तिर नदुख्ने औषधी लगाइ दिने सल्लाह भयो । डक्टर पनि आए, सोही बेला अस्पतालकै कुनै अर्को युनिटमा इमर्जेन्सी कोड बोलाए, सबै डक्टरहरु उतै लागे जबकि उनिलाई औषधी दिन सबै ठिक्क थियो । तर पनि उनी त्यो औषधीको लागि अर्को २ घण्टा कुर्नु पर्यो जुन यो अवस्थामा धेरै लामो भए जस्तो लाग्यो । उनी पिडाले रन्थनिन्थिन, म उनको हात समाएर उनिलाई ढाडस दिने प्रयास मात्र गर्न सक्थें । जे होस् औषधी लगाइ सकेपछि भने उनीलाई केही काम भए जस्तो भयो । उनिलाई रात भरी मोनिटरिङ्ग गरिरहे । बिहानी पख डक्टरले चेक गरेसी बच्चा दिउँसो मात्रै हुन्छ भने । अनि खाना खान म ११ बजेतिर घर लागें आमा भने अस्पतालमै कुरेर बस्नुभयो । एक बजे तिर अस्पताल पुग्दा उनिलाई व्यथा लागि सकेछ । डक्टर नर्स उनिलाई डेलिभरी गराउँदै रहेछन । मलाई उनिसँगै बस्न भने । मैले उसको हात समाएँ । उनी सक्दो कोशिस गर्थिन धेरै पटकको प्रयासमा स्थानिय समयानुसार ठीक १:२१ मा सुमितको जन्म भयो । जन्मिदा सुमितको दुबै आँखा खुलै थियो । न त उसले रुन सक्यो । मेरो मन कता कता गह्रुँगो भएर आयो, किनकी बच्चा जन्मिदा रोएन भने बच्चामा केही खराबी हुन्छ रे भन्ने सुनेको थिएँ । सुमित हाम्रो पहिलो बच्चा फेरि अनेक थरिको शंका । के हुन्छ, के गर्नु पर्छ भन्ने थाहा नहुँदा मनमा पिर बढ्ने रहेछ । नर्सले उसलाई पोको पारेर तातो बनाउन हिटर भए तिर राखिन । छिटो छिटो पुछेर सफा गराए पछि बल्ल सुमितले च्याँ गरेर रोयो । अनि मेरो मन पनि शान्त भयो । मेरा पनि आँखाबाट आँशु निक्लिए, त्यो खुशीको आँशु थियो । सबैले बधाई दिए, हामीले पनि सबै जनालाई धन्यवाद दियौं । पहिलो पटक सुमितको अनुहार देखे पछि उनीले पहिलेका सबै पिडा बिर्सिइन । शायद यही होला मात्रिवात्सल्य भनेको ।
समाप्त !
(नामाकरणको प्रसंग अर्को पटकलाई )
Welcome to Inashrestha's Blog; Different way to blog :D

Showing posts with label Personal. Show all posts
Showing posts with label Personal. Show all posts
Saturday, August 15, 2009
Sunday, July 19, 2009
सुमितको जन्म - ३
लेख्छु भन्दा भन्दै समय मिलाउन साह्रै गाह्रो कुरो भयो मेरो लागि । यो सानो टुक्रो त्यसैको अंश मात्र अहिलेलाई ।
-------------------

अब हाम्रो लक्ष्य थियो बच्चाको लागि चाहिने सामाग्री जुटाउनु । चिनेका साथीहरु, परिवारबाट सल्लाह सुझाब लिइयो । कति आफुले देखेको, चाइनसक्छ भन्ने हिसाबले किनियो पनि । केहि सामानहरु साथीहरुले उपहार दिए, केहि घरबाट पठाइ दिए । जे होस् बच्चाको लागि आवश्यक धेरै सामाग्रीहरु जुटायौं र हामी ढुक्क थियौं । अब हाम्रो उद्धेश्य थियो नेपालबाट कसैलाई यहाँ ल्याउनु जसले बच्चा र आमाको स्याहार गर्न सहयोग गरुन् । पहिले बहिनिलाई निवेदन दिइयो तर पाइनन् । अब हाम्रो एउटै विकल्प आमालाई यहाँ ल्याउनु थियो । आमाको भिसा स्वीकृत हुने बित्तिकै उहाँलाई चाँडै झिकाउने तर्फ लाग्यौं । मैले डाल्लास सम्म जानु पर्ने भयो आमालाई लिन किनकि हामी बसेको ठाउँ डाल्लासबाट ३५० माइल टाढा थियो । हतारमा टिकट मिलाउन सकिएन यहीं सम्म आइपुग्नलाई । फेरि आमालाई नदेखेको २ वर्ष भन्दा बढी भैसकेको थियो । त्यसैले मैले त्यो पनि सहर्ष स्विकार गरें त्यती टाढा लिन जान पनि । मैले ६ घण्टा लामो ड्राइभको थकाई पनि बिर्सें आमालाई देखेपछि । फर्किंदा हामीहरु बिच बाटोमा थुप्रै गन्थनहरु भए; घरको, परिवार, साथीभाई, छरछिमेक, चिनेजाने सबैको । त्यति लामो यात्रा पनि सजिलै संग काटियो पत्तै नपाई ।
-------------------
अब हाम्रो लक्ष्य थियो बच्चाको लागि चाहिने सामाग्री जुटाउनु । चिनेका साथीहरु, परिवारबाट सल्लाह सुझाब लिइयो । कति आफुले देखेको, चाइनसक्छ भन्ने हिसाबले किनियो पनि । केहि सामानहरु साथीहरुले उपहार दिए, केहि घरबाट पठाइ दिए । जे होस् बच्चाको लागि आवश्यक धेरै सामाग्रीहरु जुटायौं र हामी ढुक्क थियौं । अब हाम्रो उद्धेश्य थियो नेपालबाट कसैलाई यहाँ ल्याउनु जसले बच्चा र आमाको स्याहार गर्न सहयोग गरुन् । पहिले बहिनिलाई निवेदन दिइयो तर पाइनन् । अब हाम्रो एउटै विकल्प आमालाई यहाँ ल्याउनु थियो । आमाको भिसा स्वीकृत हुने बित्तिकै उहाँलाई चाँडै झिकाउने तर्फ लाग्यौं । मैले डाल्लास सम्म जानु पर्ने भयो आमालाई लिन किनकि हामी बसेको ठाउँ डाल्लासबाट ३५० माइल टाढा थियो । हतारमा टिकट मिलाउन सकिएन यहीं सम्म आइपुग्नलाई । फेरि आमालाई नदेखेको २ वर्ष भन्दा बढी भैसकेको थियो । त्यसैले मैले त्यो पनि सहर्ष स्विकार गरें त्यती टाढा लिन जान पनि । मैले ६ घण्टा लामो ड्राइभको थकाई पनि बिर्सें आमालाई देखेपछि । फर्किंदा हामीहरु बिच बाटोमा थुप्रै गन्थनहरु भए; घरको, परिवार, साथीभाई, छरछिमेक, चिनेजाने सबैको । त्यति लामो यात्रा पनि सजिलै संग काटियो पत्तै नपाई ।
हप्ता २-४ हप्ता भन्दा भन्दै करिब करिब ४० हप्ता पुग्न लाग्यो । स्वास्थ्यको ख्याल राख्दै २ हप्ता अघिबाट विदामा बस्ने सल्लाह भयो । हामी त्यो दिनको प्रतिक्षामा बसीरह्यौ जून डाक्टरले हामीलाई दिएको थियो । भनेको दिन पनि बित्यो, अनि पीर लाग्न थाल्यो । प्रत्येक हप्ता डाक्टरलाइ देखाएर पनि ठ्याक्कै नमिल्दा केहि शंका उपशंका भैहाल्दो रहेछ । उनीलाई व्यथा ड्यू डेट कटेको २ दिनसम्म पनि शुरू भएन । सदा जस्तै विहिबार डाक्टरसंग भेट्नु थियो , त्यो दिन चै केहि ब्यथा लागे जस्तो भयो । अनि समयमा नै क्लीनिक पुग्यौ ।
क्रमश:
Tuesday, May 19, 2009
सुमितको जन्म-२
घरमै गरेको कति टेस्टहरुको असफ़लता बिच आएको यो सुखद परिणामले हामीलाई आनन्दित तुल्यायो नै साथसाथै अब के गर्ने, कसो गर्ने भन्ने अकाट्य प्रश्न र कौतूहलता पनि दिलायो । अनि हामीले यतिबेला अपनाउनु पर्ने सावधानी सुनेका, जानेका, पढेका कुराहरुलाई फलो गर्दै गइयो । पहेलेदेखि नै गाडी चलाऊन त्यति मन नपराउने उनी अब झन बहाना मिल्यो नचलाऊने । यसमा मेरो भन्नु पनि केही थिएन । किनकी गाडी चलाऊनु एक किसिमले खतरा नै हो उनको लागि । त्यसमाथि यो अवस्थामा एक प्रकारको मानसिक तनाव भैरहने हुँदा उसले चलाएको भन्दा आफैंले काममा लगिदिने, ल्याइदिने गरिदिंदा ठीक हुने भन्ठाने । यसो गर्दा केही समय भए पनि हामी सँगै बिताउन पाइने कुराले खुशी नै थियौं । तर मेरो समय मिलाउन केही कठिनाईको सामना भने गर्नु पर्यो । तैपनि मिलाउनु पर्ने बाध्यता थियो किनकी यो नै उत्तम समय थियो उनिको धेरै ख्याल राख्नु पर्छ भन्ने बहाना बनाउनको लागि । यो बहाना मात्र नभएर अब हरेक कुरोमा विचार गर्नु पर्ने थियो हामीले । उसले गह्रौं कुरो उचाल्न देखुन्ट लिएर, भर्याङ्ग उक्लिंदा झर्दा,धेरै परिश्रम पर्ने खालको काम गर्न समेत विचार पुर्याउनु पर्ने भयो । त्यसमाथि डक्टरहरुको नियमित परीक्षण, भिडियो एक्सरे आदिलाई समय मिलाउनु मेरो लागि झन् झन् कठिन हुने भइगयो । तर पनि मिलाई छाडे । पहिलो पटक बच्चाको मुटुको धड्कन सुन्दा कस्तो कस्तो भयो मलाई । केही समयपछि त झन् भिडियोमा बच्चाले आकार लिंदै गरेको देख्दा त छक्कै परेँ म त । मेरो लागि यो नितान्त नौलो अनुभूति थियो । घरमा फोन गर्यो, यस्तो गर्नु त्यस्तो गर्नु, यसो नगर्नु त्यसो नगर्नु । माइतिमा फोन गर्यो यो खानु त्यो खानु, यस्तो नखानु त्यस्तो नखानु । उनी भन्ने गर्थी , मन पर्ने चीज खान नपाइने, चाहेको ठाँउमा जान नपाइने , धेरै कुरा बार्नु पर्ने आदि कुराले बेला बेलामा यो बच्चा पाउने कुरो पनि बेकार नै हो की । जे होस ढिलाई भए पनि एउटा सुखद समाचार हाम्रो जीवनमा भयो हामी हरुको लागि ।
क्रमश:
सुमित आमा सँग खेल्दै गरेको :
क्रमश:
सुमित आमा सँग खेल्दै गरेको :
Wednesday, April 22, 2009
सुमित
सुमित झोलुन्गोमा खेल्दै गरेको व्यक्तिगत भिडियो ।
सन्तान भन्ने पनि अचम्मकै हुँदो रहेछ । उसले हाँसेको, रोएको, या बोले जस्तो गरे मात्रै पनि आनन्दित गराउँदो रहेछ मनलाई । यी भिडियोहरु त्यसैको श्रृंखला हो ।
Monday, March 16, 2009
आज न्वारन
आज बाबु (छोरो) जन्मेको पनि ११ दिन पुग्यो । यहाँको चलन अनुसार नाम जन्मनु अगाडि नै राख्नु पर्ने रहेछराखियो पनि । तर आफ्नो सँस्कारलाई पनि त छाड्नु भएन । घर तिर ब्राह्मण राखेर पूजा गर्ने रहेछ आमाले भनेअनुसार । ब्राह्मण आफुले चिनेको एकजनालाई भनियो, तर उहाँ नेपाल जाँदै हुनुहुँदो रहेछ । त्यो पनि भएन आखिरअर्को मित्रलाई भनेर त्यो औपचारिकता पनि पुरा गरियो । पूजा सामाग्री पनि जुटाउन मुस्किल भयो । न तपिपलको पात पाइयो , न त हवन गर्ने ठाउँ । एउटा भएको मन्दिर पनि आईतवार भन्दा अरु दिन नखुल्ने । जे होस्मनले सम्झेर, भगवानसँग क्षमा माग्दै न्वारन सम्पन्न भयो ।
सुर्य भगवानको पूजा तैयार पारिंदै
दीप कलशको पूजा
न्वारनको तैयारी
तीन पटक नाम भनिदिंदै
प्रशन्न मुद्रामा
टिकाको तैयारी

ब्राह्मणको हातबाट टिका



आमाको हातबाट टिका





ब्राह्मणको हातबाट टिका थाप्ने अरु पनि थिए


प्रसाद खाँदै

हातमा हजार लिएर मख्ख थियो छोरो

सम्पूर्ण कार्य सकिंदा पनि छोरो बेखबर थियो



सहयोगी हातहरु
धेरै समयपछि खुलेका आँखा











आमाको हातबाट टिका





ब्राह्मणको हातबाट टिका थाप्ने अरु पनि थिए


प्रसाद खाँदै

हातमा हजार लिएर मख्ख थियो छोरो

सम्पूर्ण कार्य सकिंदा पनि छोरो बेखबर थियो



सहयोगी हातहरु

Saturday, March 7, 2009
EXCLUSSIVE!!! WELCOME SUMIT!
Subscribe to:
Posts (Atom)