Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha\

Saturday, October 24, 2009

रमाइलो दशैं र शुन्य तिहार !

यसपालीको दशैं पनि सकियो र हेर्दा हेर्दै तिहार पनि बित्यो । धेरै वर्ष पछि आफ्नो परिवारको साथमा दशैं मनाउने सुनौलो अवसर जुटेको थियो । बुवा आमा नेपालबाट आएको पनि धेरै नै भैसकेको थियो । दशैंको बेला परदेशमा अभिभावकको हातबाट टिका थाप्न पाउनु एक किसिमको संयोग र सौभाग्य नै सम्झनु पर्छ । लबक, टेक्सासको सानो गाऊँ भएर होला, यहाँ सबै जना एक अर्कालाई चिन्दछन । यो एउटा राम्रो पक्ष हो सानो ठाउँको । यसपाली हाम्रोमा धेरै जना टिका लगाउन आउने भनेका थिए । सूतक परेकाले हामी आफैले जमरा राख्न पाएनौं । धन्न मान्छे भेटियो जमरा राखिदिने । सेल रोटी पनि बहिनीले आएर पोलिदिइन सजिलै भयो । टिकाको दिन आमाको डाक्टर एपोइंटमेन्ट भएकोले बिहान केहि गर्न पाएनौं । डाक्टरको अफिसबाट फर्के पछि छिटो छिटो गरी पूजा गर्ने देखी लिएर पकाउने काम सकियो । १२ बज्नु अघि टिका लगाउनु पर्छ भनेर नै हतारिएका थियौं । परिवारमा टिका लगाइयो बुवा आमाको हातबाट । पाहुनाहरु आए, टिकोटालो अनि सकेको सत्कार गरियो । यसपाली दशैं रमाइलो नै भयो । दशैंका केहि तस्वीरहरु:
























मेरो लागि तिहार भने शुन्य रह्यो । सबै दीदी बहिनी नेपालमा, बनाएको दीदी नर्थ क्यारोलाइनामा अनि यही भएको बहिनीकोमा फेरि जुठो परेकोले टिका लगाउने साइत जुरेन यसपाली । जे होस नेपालमा अरुले भने रमाइलोसंग मनाएको देखेर चित्त बुझाएको छु । अर्को पटक भने आफै नेपाल जाने सोच बनाछु । हेर्दै जाऊ त्यो बेला सम्म केके हुन्छ । त्यो भविष्यले नै बताउला । नेपालमा मनाइएको तिहारको फोटोहरु:










मिति भने खिच्ने बेलामा मिलाईएनछ ।

Wednesday, October 21, 2009

BANANAS

A professor at CCNY for a physiological psych class told his class about bananas. He said the expression "going bananas" is from the effects of bananas on the brain. Read on:



Never, put your banana in the refrigerator!!!
This is interesting. After reading this, you'll never look at a banana in the same way again.
Bananas contain three natural sugars - sucrose, fructose and glucose combined with fiber. A banana gives an instant, sustained and substantial boost of energy.
Research has proven that just two bananas provide enough energy for a strenuous 90-minute workout. No wonder the banana is the number one fruit with the world's leading athletes.
But energy isn't the only way a banana can help us keep fit. It can also help overcome or prevent a substantial number of illnesses and conditions, making it a must to add to our daily diet.

Depression: According to a recent survey undertaken by MIND amongst people suffering from depression, many felt much better after eating a banana. This is because bananas contain tryptophan, a type of protein that the body converts into serotonin, known to make you relax, improve your mood and generally make you feel happier.

PMS: Forget the pills - eat a banana. The vitamin B6 it contains regulates blood glucose levels, which can affect your mood.
Anemia : High in iron, bananas can stimulate the production of hemoglobin in the blood and so helps in cases of anemia.

Blood Pressure: This unique tropical fruit is extremely high in potassium yet low in salt, making it perfect to beat blood pressure. So much so, the US Food and Drug Administration has just allowed the banana industry to make official claims for the fruit's ability to reduce the risk of blood pressure and stroke.

Brain Power: 200 students at a Twickenham (Middlesex) school ( England ) were helped through their exams this year by eating bananas at breakfast, break, and lunch in a bid to boost their brain power. Research has shown that the potassium-packed fruit can assist learning by making pupils more alert.

Constipation: High in fiber, including bananas in the diet can help restore normal bowel action, helping to overcome the problem without resorting to laxatives.

Hangovers: One of the quickest ways of curing a hangover is to make a banana milkshake, sweetened with honey. The banana calms the stomach and, with the help of the honey, builds up depleted blood sugar levels, while the milk soothes and re-hydrates your system. Heartburn: Bananas have a natural antacid effect in the body, so if you suffer from heartburn, try eating a banana for soothing relief.

Morning Sickness: Snacking on bananas between meals helps to keep blood sugar levels up and avoid morning sickness.

Mosquito bites: Before reaching for the insect bite cream, try rubbing the affected area with the inside of a banana skin. Many people find it amazingly successful at reducing swelling and irritation.

Nerves: Bananas are high in B vitamins that help calm the nervous system. Overweight and at work? Studies at the Institute of Psychology in Austria found pressure at work leads to gorging on comfort food like chocolate and chips... Looking at 5,000 hospital patients, researchers found the most obese were more likely to be in high-pressure jobs. The report concluded that, to avoid panic-induced food cravings, we need to control our blood sugar levels by snacking on high carbohydrate foods every two hours to keep levels steady.

Ulcers: The banana is used as the dietary food against intestinal disorders because of its soft texture and smoothness. It is the only raw fruit that can be eaten without distress in over-chronicler cases. It also neutralizes over-acidity and reduces irritation by coating the lining of the stomach.

Temperature control: Many other cultures see bananas as a "cooling" fruit that can lower both the physical and emotional temperature of expectant mothers. In Thailand , for example, pregnant women eat bananas to ensure their baby is born with a cool temperature.



Seasonal Affective Disorder (SAD): Bananas can help SAD sufferers because they contain the natural mood enhancer tryptophan.

Smoking &Tobacco Use: Bananas can also help people trying to give up smoking. The B6, B12 they contain, as well as the potassium and magnesium found in them, help the body recover from the effects of nicotine withdrawal.

Stress: Potassium is a vital mineral, which helps normalize the heartbeat, sends oxygen to the brain and regulates your body's water balance.. When we are stressed, our metabolic rate rises, thereby reducing our potassium levels. These can be rebalanced with the help of a high-potassium banana snack.

Strokes: According to research in The New England Journal of Medicine, eating bananas as part of a regular diet can cut the risk of death by strokes by as much as 40%! Warts: Those keen on natural alternatives swear that if you want to kill off a wart, take a piece of banana skin and place it on the wart, with the yellow side out. Carefully hold the skin in place with a plaster or surgical tape!

So, a banana really is a natural remedy for many ills। When you compare it to an apple, it has four times the protein, twice the carbohydrate, three times the phosphorus, five times the vitamin A and iron, and twice the other vitamins and minerals. It is also rich in potassium and is one of the best value foods around So maybe its time to change that well-known phrase so that we say, "A banana a day keeps the doctor away!"

PS: Bananas must be the reason monkeys are so happy all the time! I will add one here; want a quick shine on our shoes?? Take the INSIDE of the banana skin, and rub directly on the shoe...polish with dry cloth. Amazing fruit !!!

---------

Source: Email from Hugh McVeigh.

Sunday, September 27, 2009

विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

संपूर्ण ब्लगर मित्र तथा पाठकहरुलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना !
आगामी दिनहरुमा पनि यस्तै माया र सद्भाव राखीरहौं ।


विजया दशमीको उपलक्ष्यमा लबक, टेक्सासका नेपाल विद्यार्थी संगठनको आयोजनामा रीना र मनीष द्वारा प्रस्तुत नेवारी नृत्य ।

Saturday, September 26, 2009

शुभ अन्नप्राशन

Friday, August 21, 2009

यी तस्विरहरु

आहा कति सुन्दर छन यि तस्विरहरु । तस्विरमा देखिएको मानिसको कलाकारिता र सिर्जना आफैंमा लोभ लाग्दा छन । त्यसमाथि यसलाई जोगाई राख्न कति मिहिनेत र परिश्रम परेको छ हामी आफैं अंदाज गर्न सक्छौं । ईमेलबाट प्राप्त यि तस्विरहरुले मलाई प्रभावित तुल्यायो, बरु तपाईंहरुलाई कस्तो लाग्यो कुन्नि, अनुभव बाँड्नु होला । कसैलाई यि तस्विरहरु कहाँ खिचिएको हो थाहा भए लेख्नु होला । मसँग अहिले यसको बारेमा धेरै जानकारी भएन, क्षमा चाहन्छु । धन्यवाद !























Monday, August 17, 2009

DUMBEST ILLEGAL IMMIGRANT

Running stop light = $100.00
DUI = $5000.00
Speeding = $150.00
Not wearing a seat belt = $50.00
Putting you & your girlfriend's photo on your fake driver's license = ??

= PRICELESS

Source: Email

Saturday, August 15, 2009

सुमितको जन्म-४

हामीले पूर्व अनुमान गरे जस्तै भयो क्लिनिकमा पुगेपछि डक्टरले अस्पताल जान सल्लाह दिइन । अनि हामी क्लिनिकबाट सिधै अस्पताल पुग्यौं । भर्ना हुनुपर्ने हुनसक्छ भनेर नै चाहिने सबै कपडा र अन्य सामाग्री लिएर गएका थियौं । सबै चेकअप गरेपछि हामीलाइ एउटा कोठा उपलब्ध गराइयो । उनी सोही अस्पतालमा काम गर्ने भएको नाताले सबैले धेरै ध्यान पुर्‍याए जस्तो अनुभव भयो । शायद त्यो युनिटका सबैसँग गर्ने व्यवहार नै त्यस्तो हुनसक्छ, नत्र उनी आफ्नो कामको बारेमा कुरा गर्दा सधैं केही न केही गुनासो गर्थिन । नर्स आउने कस्तो छ सोध्ने, छोराको नाम सोध्ने आदि भए । (अहिलेलाई नामको बिषयमा यहाँ भन्दा पछि छुट्टै चर्चा गर्न ठीक ठानेको छु । ) जे होस् नर्स, डक्टर सबै आएर हालचाल बुझ्नु हाम्रो लागि राम्रो नै लाग्यो । पिडा झन झन बढ्दै गएर होला उनी केही आत्तिए जस्तो देखियो । अनी बेलुकी ११ बजे तिर नदुख्ने औषधी लगाइ दिने सल्लाह भयो । डक्टर पनि आए, सोही बेला अस्पतालकै कुनै अर्को युनिटमा इमर्जेन्सी कोड बोलाए, सबै डक्टरहरु उतै लागे जबकि उनिलाई औषधी दिन सबै ठिक्क थियो । तर पनि उनी त्यो औषधीको लागि अर्को २ घण्टा कुर्नु पर्‍यो जुन यो अवस्थामा धेरै लामो भए जस्तो लाग्यो । उनी पिडाले रन्थनिन्थिन, म उनको हात समाएर उनिलाई ढाडस दिने प्रयास मात्र गर्न सक्थें । जे होस् औषधी लगाइ सकेपछि भने उनीलाई केही काम भए जस्तो भयो । उनिलाई रात भरी मोनिटरिङ्ग गरिरहे । बिहानी पख डक्टरले चेक गरेसी बच्चा दिउँसो मात्रै हुन्छ भने । अनि खाना खान म ११ बजेतिर घर लागें आमा भने अस्पतालमै कुरेर बस्नुभयो । एक बजे तिर अस्पताल पुग्दा उनिलाई व्यथा लागि सकेछ । डक्टर नर्स उनिलाई डेलिभरी गराउँदै रहेछन । मलाई उनिसँगै बस्न भने । मैले उसको हात समाएँ । उनी सक्दो कोशिस गर्थिन धेरै पटकको प्रयासमा स्थानिय समयानुसार ठीक १:२१ मा सुमितको जन्म भयो । जन्मिदा सुमितको दुबै आँखा खुलै थियो । न त उसले रुन सक्यो । मेरो मन कता कता गह्रुँगो भएर आयो, किनकी बच्चा जन्मिदा रोएन भने बच्चामा केही खराबी हुन्छ रे भन्ने सुनेको थिएँ । सुमित हाम्रो पहिलो बच्चा फेरि अनेक थरिको शंका । के हुन्छ, के गर्नु पर्छ भन्ने थाहा नहुँदा मनमा पिर बढ्ने रहेछ । नर्सले उसलाई पोको पारेर तातो बनाउन हिटर भए तिर राखिन । छिटो छिटो पुछेर सफा गराए पछि बल्ल सुमितले च्याँ गरेर रोयो । अनि मेरो मन पनि शान्त भयो । मेरा पनि आँखाबाट आँशु निक्लिए, त्यो खुशीको आँशु थियो । सबैले बधाई दिए, हामीले पनि सबै जनालाई धन्यवाद दियौं । पहिलो पटक सुमितको अनुहार देखे पछि उनीले पहिलेका सबै पिडा बिर्सिइन । शायद यही होला मात्रिवात्सल्य भनेको ।
समाप्त !

(नामाकरणको प्रसंग अर्को पटकलाई )

Tuesday, July 28, 2009

HOW BAD IS IT?

The Economy is so bad...



CEO's are now playing miniature golf.


Jewish women are marrying for love.


Even people who have nothing to do with the Obama administration aren't paying their taxes.

Hotwheels and Matchbox stocks are trading higher than GM.


Obama met with small businesses to discuss the Stimulus Package: GE, Pfizer and Citigroup.


McDonalds is selling the quarter ouncer.


Parents in Beverly Hills fired their nannies and learned their children's names.

A truckload of Americans got caught sneaking into Mexico.


The most highly-paid job is now jury duty.

Dick Cheney took his stockbroker hunting.


People in Africa are donating money to Americans.

Mothers in Ethiopia are telling their kids, "Finish your plate. Do you know how many kids are starving in the US?"


Motel Six won't leave the light on.

The Mafia is laying off judges.

Sunday, July 19, 2009

सुमितको जन्म - ३

लेख्छु भन्दा भन्दै समय मिलाउन साह्रै गाह्रो कुरो भयो मेरो लागि । यो सानो टुक्रो त्यसैको अंश मात्र अहिलेलाई ।

-------------------





अब हाम्रो लक्ष्य थियो बच्चाको लागि चाहिने सामाग्री जुटाउनु । चिनेका साथीहरु, परिवारबाट सल्लाह सुझाब लिइयो । कति आफुले देखेको, चाइनसक्छ भन्ने हिसाबले किनियो पनि । केहि सामानहरु साथीहरुले उपहार दिए, केहि घरबाट पठाइ दिए । जे होस् बच्चाको लागि आवश्यक धेरै सामाग्रीहरु जुटायौं र हामी ढुक्क थियौं । अब हाम्रो उद्धेश्य थियो नेपालबाट कसैलाई यहाँ ल्याउनु जसले बच्चा र आमाको स्याहार गर्न सहयोग गरुन् । पहिले बहिनिलाई निवेदन दिइयो तर पाइनन् । अब हाम्रो एउटै विकल्प आमालाई यहाँ ल्याउनु थियो । आमाको भिसा स्वीकृत हुने बित्तिकै उहाँलाई चाँडै झिकाउने तर्फ लाग्यौं । मैले डाल्लास सम्म जानु पर्ने भयो आमालाई लिन किनकि हामी बसेको ठाउँ डाल्लासबाट ३५० माइल टाढा थियो । हतारमा टिकट मिलाउन सकिएन यहीं सम्म आइपुग्नलाई । फेरि आमालाई नदेखेको २ वर्ष भन्दा बढी भैसकेको थियो । त्यसैले मैले त्यो पनि सहर्ष स्विकार गरें त्यती टाढा लिन जान पनि । मैले ६ घण्टा लामो ड्राइभको थकाई पनि बिर्सें आमालाई देखेपछि । फर्किंदा हामीहरु बिच बाटोमा थुप्रै गन्थनहरु भए; घरको, परिवार, साथीभाई, छरछिमेक, चिनेजाने सबैको । त्यति लामो यात्रा पनि सजिलै संग काटियो पत्तै नपाई ।


हप्ता २-४ हप्ता भन्दा भन्दै करिब करिब ४० हप्ता पुग्न लाग्यो । स्वास्थ्यको ख्याल राख्दै २ हप्ता अघिबाट विदामा बस्ने सल्लाह भयो हामी त्यो दिनको प्रतिक्षामा बसीरह्यौ जून डाक्टरले हामीलाई दिएको थियो । भनेको दिन पनि बित्यो, अनि पीर लाग्न थाल्यो । प्रत्येक हप्ता डाक्टरलाइ देखाएर पनि ठ्याक्कै नमिल्दा केहि शंका उपशंका भैहाल्दो रहेछ । उनीलाई व्यथा ड्यू डेट कटेको २ दिनसम्म पनि शुरू भएन । सदा जस्तै विहिबार डाक्टरसंग भेट्नु थियो , त्यो दिन चै केहि ब्यथा लागे जस्तो भयो । अनि समयमा नै क्लीनिक पुग्यौ ।


क्रमश:




Saturday, July 18, 2009

मेरो मन त सोल्टी हजूर !




गायिका: रीना डंगोल
गीत तथा संगीत: भरत लामा ।
**************
मेरो मन त सोल्टी हजूर ढुङ्गे धाराको पानी
तिर्खालागे पिउँदा हुन्छ हजूर लाज नमानी
मेरो मन त सोल्टी हजूर सुन चाँदी झैं बानी
गलालाई सुहाई दिन्छु म त भाग्यमानी !

कहिले मन हिउँचुली चढ्छु कहिले सागर तर्छु
कहिले मन बाबरी फुल्छु कहिले सिरफुल्छु
आँखा भरी पनि फुल्छु हजूर म त ज्ञानी
मेरो मन त सोल्टी हजूर ...

कहिले मन घट्टामा पिन्छु, कहिले कलमा सिउँछु
कहिले मन बाटोमा छर्छु, कहिले त पोको पार्छु
आँखा भरी पनि फुल्छु हजूर म त ज्ञानी
मेरो मन त सोल्टी हजूर ...

eXTReMe Tracker
powered by web analytics website
powered by web analytics statistics.