१. बाबाजी
भउते साधु बाबासँग सल्लाह माग्दै थिए,"बाबाजी, मेरो पत्निले मलाई साह्रै हैरान बनाउँछे, दु:ख दिन्छे, गाली गर्छे । सहनै नसक्ने भैसकें । लौ न छुटकारा पाउने कुनै उपाय भए बताइदिनु पर्यो । "
बाबाजी झोंक्किदै भने,"तलाईं पटमूर्ख, यदि त्यो उपाय मलाई थाहा भएको भए म किन यसरी भौंतारिदै हिंड्थे र ?"
२. कसम
भउते सानो हुँदा शिक्षकले उसको कक्षामा विद्यार्थीहरुलाई कसम खुवाउँदै थिए ।
शिक्षक: विद्यार्थी भाइहरु हो, तिमीहरु कसम खाउ, जिन्दगीमा कहिल्यै रक्सी, चुरोट, मासु खान्नौं ।
विद्यार्थी: खान्नौं सर ।
शिक्षक: कहिल्यै केटीहरुलाई जिस्काउँदैनौं ।
विद्यार्थी: जिस्काउँदैनौं ।
शिक्षक: जुवा तास खेल्दैनौं ।
विद्यार्थी: हुन्छ सर ।
शिक्षक: देशको लागि ज्यान दिन्छौं ।
विद्यार्थी: दिन्छौं सर दिन्छौं, केहि गर्न नपाइने यस्तो बेकारको जिन्दगी केका लागि साँच्नु छ र?
३. पसलमै
भउते : साहुजी, एउटा राम्रो सर्टको कपडा देखाउनुस् ।
साहुजी: प्लेनमा देखाउँ कि ?
भउते : प्लेनमा होइन पसलमै देखाउनुस् न ।
४. बस
भउते रत्नपार्क जानको लागि कलंकीमा बस कुरिराखेको थियो । जति हात ठडाए पनि कुनै बस रोकिएन । अब बामदेवको आदेश नमानेर भो त डाइबर दाइलाई पनि आपत । एउटाले रोकुंला जस्तो गर्यो, भउते तेस्को पछि पछि दगुर्दै २०० मिटर तल पुगेको बसलाई भेट्टायो । भउते रिसले डाइबरदाइ सँग झोंक्कियो,"गुरुजी, यो गाडी तिम्रो आमा हो?"
डाइबरदाइ नम्रताका साथ पेस आयो," होइन हजुर ।"
भउते: "तेसो भए दिदी बहिनी हो कि?"
डाइबरदाइ अझ विनम्रतापूर्वक नै भन्यो," त्यस्तो कोइ होइन हजुर । "
भउते:"त्यसो भए, तिमीहरु मलाई किन चढ्न दिदैनौ?"
५. गर्भपतन
भउतेले आम्लेट बनाउनको लागि अण्डा फोर्यो । अण्डा भित्र खोक्रो थियो । भउते छक्क पर्दै भन्यो,"के जमाना आयो, हुँदा हुँदा कुखुरिले समेत गर्भपतन गराउन थाले बाइ । "
Welcome to Inashrestha's Blog; Different way to blog :D

Showing posts with label चौतारी - भउते. Show all posts

Sunday, November 23, 2008
Sunday, April 6, 2008
चौतारीबासी भउतेको चर्तिकला -४!
यहाँ कसै कसैले भउते नाम को प्रयोग धेरै भयो भन्ने सुनिन आएको भए पनि चौतारी को प्रमुख पात्रोलाई प्रस्तुत गर्दा रोचकता थपिने तथ्यलाई मध्य नजर राखेर उनको नाम लिइएको हो । जो हास्य विधामा पोख्त छन, उनको उपस्थिति मात्रैले चौतारीलाई हिट बनाएको छ । उस्तै परे हास्य विधामा विद्यावरिधि गर्न समेत सक्छ्न उनले (गफै त हो के फरक पर्छ र?)। त्यसैले उनलाई यहाँहरुको सामु उभ्याइएको मात्रै हो । यदि कसैलाई मर्का पर्न गए क्षमा चाहन्छु । भउते बाहेक कसैलाई आपत्ति भए कमेन्ट गर्नु होला -धन्यवाद !
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
भउते जाँड पानीले टन्न भएर रातिमा घर फर्कदै थियो । ढुन्मुनिदै हिंडेको भउते एक्कासी नालिमा गएर जाक्कियो । रिसले चूर भउते बेस्सरी बर्बरायो । "साले यो नगरपालिका पनि खत्तम छ । दिनभरि नालिलाई सड़क छेउमा राख्चन, रात परेसी फेरि बिचाँ ल्याएर मर्चन ।" भउतेले तथानाम भनेर चित्त बुझायो । एकछिनमा बल्ल बल्ल ऊ माथि उक्लिन सफल भयो । अनि ठिंग उभिएर एकछिन नचली बस्यो । नजिकैबाट हिंडेको बटुवाले यो सबै चर्तिकला देखेको थियो । जिज्ञासाबस उसले सोध्यो, "ओ दाई, के भयो ?"
भउते,"नकरा, ह्याँ आफूलाई कस्तो भइराछ । सारा पृथ्वी नै मेरो आँखा अगाडि फनफनी घुमाई राछ के । जइले मेरो घर आम्छ म फुत्त छिरी हाल्छु नि । तलाईं के को टन्टा" यसरी चिन्नु न जान्नु को मान्छे लाई हप्काएसी ऊ पनि किन बस्थ्यो, लुरुक्क परेर गयो ।
एकछिनको विश्रामपछि भउते पनि आफ्नो बाटो लाग्यो । केहि पर पुगे पछि उसले बाटोमा कालो चीज देख्यो । अँधेरी रात, रक्सिले मातेको ताल, त्यसमा पनि बत्ती नभएको ठाँउमा उसले राम्ररी ठम्याउन सकेन की त्यो कालो थुप्रो के हो भनेर ।ऊ त्यो कालो चिजको नजिकै पुग्यो, धेरै बेर त्यसलाई चारै तिर बाट नियाल्यो, सुँघ्यो तर छुट्टाउन सकेन । केई सीप नलागेसी त्यसलाई चोर औंलाले ट्याप्प टिप्यो र मुखमा हाल्यो । "धत तेरी, गोबर पो रैच, धन्नै कुल्चेको."
घर पुगेर भउते हातमा साँचो लिएर ढोका खोल्न लाग्यो, तर जाँडले हल्लिराखेको भउतेले ढोका खोल्न सकेन । थुप्रै पटकको प्रयास पनि असफल भए पछि एकछिन चुप्चप बसिरह्यो । नजिकैको छिमेकी चित्रे आएर सोधे," ए भउते दाइ, म साँचो खोल्दिम ?"
"पर्दैन, पर्दैन । साँचो त म खोली हाल्छु नि, बरु यो घर समात्दे न कस्तरी हल्लिराछ। "

Friday, March 7, 2008
चौतारीबासी भउतेको चर्तिकला -३!
ओइ! तेरो बाउ खोइ?
उहिले भउते अलिक जवान छँदैको कुरो हो, त्यतिबेला भउते नामूद जंड्याहामा गनिन्थ्यो । हुन पनि उस्लाई जाँड नखाई नहुने । गाउँ भरी रक्सी खाएर उधारो माग्न कसैलाई बाँकी राखेन। लमिनि दीदिले पनि कतिन्जेल धानुन्, धेरै भएपछि त्यहाँ पनि उधारो दिन बन्द भयो। जाँड खाएर रात दिन हल्लिए सी खल्तिमा पैसा भएन । जाँड खानलाई पैसा नभएर घरको सामान पनि बेच्न भ्याए हाम्रा भउतेले । अर्थोक गरुन पनि के गरुन त्यो भन्दा बाहेक अर्को विकल्प थिएन । घरको सामान पनि बेचिसकेपछि केइ सीप चलेन भउतेको। उसले अनेक बहानाबाजी गरे, नाटक गरेर पैसा झार्न नसके पछि भगवानको शरणमा जाने निधो गरे । त्यो डाँडाको पल्लो छेउमा हालको हाम्रो यही चौपारी नजिकै एउटा मन्दिर थियो। त्यस मन्दिरमा एउटा ठूलो हनुमानको मुर्ति थियो ।
त्यसदिन भउते मात्तेकै सुरमा मन्दिर पुग्यो । अनि उसले हनुमानको मूर्ति अगाडि हात जोडेर प्रार्थना भन्ने कि के भन्ने गर्न बस्यो। जाँड खाएकै तालमा भन्दै थियो, "हेर्नुस् भगवान, ह्याँ पनि घोर कलियुग लागेछ। केइ नभेर अब मैले यो गाउँमा उधारो पाम्नै छडिसकें । त्यो लमिनि दीदिले समेत नपत्याम्ने भए । यस्तो पनि हुन्छ त। घरको भाँडाकुँडा पनि सकिइ सक्यो । अब मैले कि त अर्काको चोर्नु पर्यो, कि त जाँड खान छोड्नु परो। चोर्न त म जाँदै जान्न, मरि गए जान्न। तर... यो जाँड पनि त छाड्न सक्तिन। म त चाइने जो तपाईंको शरणमा आको छु। अब हजूरले नै मलाई पार लाउनु परो। भोलि म फेरि आउँछु त्यति बेला मलाई केइ पैसा दिलाइदिनु पर्छ । होइन भने म ... म... तिम्रो यो मूर्ति-सूर्ति फूटाइ दिन्छु।" मान्छे बहुलासि के लाग्छ र। नानाभाँति भनेर फर्कियो । ती सबै कुरा त्यो मन्दिरको पूजारी बाले भित्रबाट सुनिराखेको रहेछ । पूजारीबालाई पर्नु पिर पर्यो के गर्ने भनेर । आखिर उनले पनि एउटा उपाय निकाले ।

भोलिपल्ट भउते रङ्गिन भएर ढल्मलिंदै मन्दिर पुग्यो । फेरि त्यो दिन पनि हनुमानको अगाडि बसेर आफ्नो गुनासो पोख्न थाले, "हेर्नुस् भगवान, यो मान्छेको जात नै बैगुनी, जति धोके पनि नपुग्ने। आज पनि मैले ढाँटेर पिउनु परो, यसरी कती दिन चल्ने ? तपाईं आफैं भन्नु त यो पनि राम्रो हो र ? अब मैले हिजै भनेको थिएँ मेरो लागि पैसाको बन्दोबस्त गरिदिनु पर्यो प्रभु।" भनेर ढोगे। मूर्तिको पछाडि लुकेर बसेका पूजारीबाले फुत्त दश रुपैयाँ दाम फालिदिए। जब भउतेले टाउको उठायो , आफ्नो अगाडि पैसा देखेर दङ्ग पर्यो; "ओहो, कस्तो आश्चार्य। मैले पैसा फेला पारें । धन्य प्रभुको लीला । अब यसैगरी सधैं हजूरको निगाह ममाथि परोस्। म सदैव हजूरको शरणमा हुनेछु। मैले के भनी राख्नु पर्ला र मेरो पीर मर्का सबै तपाईंलाई थाहै छ। जे होस् यसरी नै मेरो खर्चको जोहो भैराखोस्, नत्र ...।" जाँदाजाँदै उसले धम्किको भाषा प्रयोग गर्न पनि भ्यायो भउतेले । पछाडि बसेर सुनिराखेको पूजारीलाई अर्को आपत पर्यो । उनले शायद यो समस्या एकचोटीलाई हो भन्ने ठानेका थिए तर उसले भउतेबाट यति सजिलै छुटकारा पाउँला भन्ने आश लागेन । तैपनि पूजारीबाले राम्रै हुने सोचेर चुपचाप बसे । भोलिपल्ट पनि भउते मातेर आयो। भगवानलाई ढोगेर उठ्ता भउतेले पैसा भेट्टायो, ऊ मख्ख पर्यो, तर धम्काउन छाडेन । एवंरीतले हप्ता हुँदै महिना नै बित्यो, भउते मन्दिर आउने क्रम छुटेन । अब भने पूजारीलाई साँच्चिकै अप्ठेरो पर्यो, यसरी कति दिन चलाउने भनेर किनकि भउतेले पैसा पाएन भने मन्दिरमा भएको हजारौं पर्ने मूर्ति फुटाल्ने खतरा भइ नै रह्यो । भउतेबाट छुटकारा पाउन अब केइ न केइ गर्नु पर्छ भन्ने लाग्यो पूजारीबालाई र अन्तमा जुक्ति पनि फुराए । उनले त्यो ठूलो हनुमानको मूर्तिको साटो त्यस्तै खालको सानो मूर्ति राखिदिए मन्दिरमा । आर्को दिन पनि हाम्रा भउतेको मात्तिदैं सवारी भयो मन्दिरमा । उसले यताउति नजर लगायो कहिं पनि हनुमानको मूर्ति भेटेन । केहिबेरको अलमल पछि उसले सानो हनुमानको मूर्ति त्यहाँ भएको थाहा पायो। भउते त्यो सानो मूर्तिको अगाडि बस्यो र मूर्तिको कान नजिकै गएर सानो स्वरमा सोध्यो,"ओइ! तेरो बाउ खोइ?"

Monday, March 3, 2008
चौतारी उखान टुक्काहरु !!!
चल्तिमा रहेका केही चर्चित चौतारी उखान टुक्काहरु :
१- जिम्मालको नलिखुट्टो १२ बर्स ढुङ्रोमा राखे नि बाङ्गाको बाङ्गै।
२- आफै त ठुल्दाइ उत्तानो टाङ, कसले दिने भाङ ।
३- काम पाइनस पुन्टे, धोबिनी जिस्क्याउनी ।
४- काम कुरो एकातिर, साली खोज्न चौतारी तिर।
५- उसै त मास्टर्नी दिदी, सालीले जिस्क्याकी।
६- जुन साली आए नि जिजु-फोबिया।
७- आउन्न आउन्न लोकचार, आयो लेख्यो माना-चार।
८- बुझ्न जान्दैन, चौतारी टेढो।
९- बुझ्नेलाई चौतारी, नबुझ्नेलाई पँधेरो।
१०- एक बिर्की रउसीमा डुबेर मर्नु।
११- भउतेले जिस्क्याको मुन्छे, जिम्माल बा देखे नि तर्सन्छ।
१२- रात रहे अर्गाठ पलाउँछ, सुकुटी रहे ढुँसी पलाउँछ।
१३- नेपालमा लड्की छन्, रुम मेरो रित्तै।
१४- कुम्ले जस्तै सोझो (हँसिया जस्तै सोझो)।
१५- साली खोज्न छैन, भउतेका पछि दुकुर्नी।
१६- पुन्टेको खुट्टा, पिए पनि लर्खराउनी, नपिए नि लर्खराउनी।
१७- जहाँ जाला भउते, साली नै जिस्क्याउला।
१८- तितौरी हराए झैँ हराउनी।
१९- जिम्माल बुढो, निशे तन्नेरी।
२०- ठूलीका गाला, टोके नि रातै नटोके नि रातै।
२१-
श्रोत: साझा डट कम, संकलक:भउते
केहि थप उखानहरू
२२- तोङबाले जिब्रो डाम्या भउते बियर नि फुकि फुकि पिउंच। (संकलक:अंतरे)

Wednesday, February 20, 2008
चौतारी बासी भउते को चर्तिकला - २!!
क्रिष्टमस ट्री
गतसाल डिसेम्बरको एकदिन भउते र बिर्खे मिलि क्रिष्टमस ट्री काट्न जाने सल्लाह गरे। भनेको दिनमा दुबैजना हातहतियारले सु-सज्जित भएर जंगल तर्फ लागे । जंगलको बिचमा पुगे पछि बिर्खेले रुख छान्ने अनि भउतेले काटेर लडाएसि हाँगा छिमल्ने निधो भयो। उनिहरुले पहिलो रुख पनि ढाले ।
"भउते, ल भन यो रुख कस्तो लाग्यो तँलाई ?"
"हुन्न बिर्खे यो त। लौ अर्को छानेर काटुम्।" खोइ किन हो भउतेले असहमति जनायो। उनिहरुले अर्को राम्रो सुरिलो रुख रोजेर लडाए।
"ल भन के छ तेरो विचार?"
"भो नाईं, यो पनि भएन। आर्को खोजुम्।" भउते यसपाली पनि मानेन ।
यसै गरी उनिहरु राम्रो रुख खोज्दै जाँदा रात पनि पर्यो। भोक, प्यास र थकाइले चूर दुबै जना अझै अनिर्णित भए। अन्तिममा केहि सीप लागेन, भउतेको चित्त बुझाम्नै सकेन बिर्खे बुढाले ।
"हेर भउते, अब रात पनि परि सक्यो। घराँ स्वास्नी कुरेर बसेकिछे। अझै ढिला भो भने चैं बूढीले मार्छे।लौ तँ आफै भन के गर्ने हो छिटो गरुम् ।"
" ल ल ठिक छ। लौ अब जुन रुख भेट्टाइन्छ त्यहि लिएर जाने चाहे त्यस्मा बत्ति होस् या नहोस्...।"

यो फोटु चैं भउतेले ल्याएर बत्ति जोडेपछि हाम्ले खिचेको हो क्या, मौका मिला'र। खित! खित!! खित!!!

Saturday, February 16, 2008
चौतारी बासी भउते को चर्तिकला - १
एउ फेरि बिर्खे जिम्मल इण्डिया घुमेर गाम फिरे। अब गामको अरु कोइ इण्डिया नगा। अनि फेरि बूढाले रेल चडेर आको भनेसि के के नै फुर्ति हुने भो क्यार, भूईंमै खुट्टा थे'न तेति खेर। अनि सबैले सोध्ने भए, ए त्यो रेल भन्या कस्तो हुन्छ भनेर। बूढा पनि के कम; का...लो, ला...मो, मुखाटि धुआँ फाल्च तेस्ले भनेर सुनाचन्। अनि भउते बज्जे लाई त्यो रेल भन्ने एउपाली नचडि छाड्दिन भनेर कसैलाई नभनि इण्डिया पुगेचन्। त्यस पछि त हो नि मैले भउते हराको सूचना निकाल्या। अनि मान्छे चौपारीआँ जम्मा हुन थाल्या। त्यो बेलाँ त भउतेले नाना भाँति बहाना बनार टाल्यो। तर खाँट्टि कुरो त बूढा रेल चढ्न भनेर पो गा रचन् त। अस्ति त्यो लमिनि दिदिको भट्टिआँ बसेर मजाले भट्टितेल खाचन अनि यि सबै भट्याका हुन्। घरा'टि मट्टितेल किन्न हिड्या रे, बजाराँ कईं नपासि मट्टितेलको साटो तेइ भट्टितेल भे नि हुन्च भनेर खान छिरेचन्। फेरि बूढालाई खान पुनि पर्दैन सुँगेसि लाउच क्या र , अनि पुरानो कुरा भट्याई हाले ।
त्यो इण्डिया पुगेसि बूढालाई रेल काँ'टि चढ्ने भन्ने था भे'न । खालि उसले बिर्खे जिम्माल ले भन्या सम्झिदो रच- का...लो हुन्च, ला...मो हुन्च, मुखाटि धुआँ फाल्च । बसाटि ओर्लेसि रेल खोज्न भनेर यता उति नजर लाचन्। एउटा कालो, लम्बू धोति(इण्डियन-कसैलाइ होच्याम्न भन्या चैं होइन,मैले त भउतेले जे भन्यो जस्तालाई टिनको छानो बेलि बिस्तार ला हुम् । कुट्ने भे तेइ भउतेलाई कुटम्) बिंडी पिम्दै, भित्ता तिर फर्केर २ नं गर्दो रच। पछाडिट भउतेले ठ्याक्कै का...लो, ला...मो, मुखाटि धुआँ फालेको देखो अनि दौडेर त्यो काले को ढाडाँ बुइ चढ्यो। त्यो काले पुनि अचानक के के न भो भन्ठानेर कुलेलम् ठ्योको, भउतेलाई बोकेर । एउछिन पछि काले रोकियो । "कौन हे आप?" कालेले सोध्यो।
"नकरा म टिकिट को पैसा दि हाल्चु नि। बरु मलाई दिल्लिसँ पुर्याइ दे। म त इण्डिया घुम्न आको।"

Subscribe to:
Posts (Atom)