यहाँ कसै कसैले भउते नाम को प्रयोग धेरै भयो भन्ने सुनिन आएको भए पनि चौतारी को प्रमुख पात्रोलाई प्रस्तुत गर्दा रोचकता थपिने तथ्यलाई मध्य नजर राखेर उनको नाम लिइएको हो । जो हास्य विधामा पोख्त छन, उनको उपस्थिति मात्रैले चौतारीलाई हिट बनाएको छ । उस्तै परे हास्य विधामा विद्यावरिधि गर्न समेत सक्छ्न उनले (गफै त हो के फरक पर्छ र?)। त्यसैले उनलाई यहाँहरुको सामु उभ्याइएको मात्रै हो । यदि कसैलाई मर्का पर्न गए क्षमा चाहन्छु । भउते बाहेक कसैलाई आपत्ति भए कमेन्ट गर्नु होला -धन्यवाद !
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
भउते जाँड पानीले टन्न भएर रातिमा घर फर्कदै थियो । ढुन्मुनिदै हिंडेको भउते एक्कासी नालिमा गएर जाक्कियो । रिसले चूर भउते बेस्सरी बर्बरायो । "साले यो नगरपालिका पनि खत्तम छ । दिनभरि नालिलाई सड़क छेउमा राख्चन, रात परेसी फेरि बिचाँ ल्याएर मर्चन ।" भउतेले तथानाम भनेर चित्त बुझायो । एकछिनमा बल्ल बल्ल ऊ माथि उक्लिन सफल भयो । अनि ठिंग उभिएर एकछिन नचली बस्यो । नजिकैबाट हिंडेको बटुवाले यो सबै चर्तिकला देखेको थियो । जिज्ञासाबस उसले सोध्यो, "ओ दाई, के भयो ?"
भउते,"नकरा, ह्याँ आफूलाई कस्तो भइराछ । सारा पृथ्वी नै मेरो आँखा अगाडि फनफनी घुमाई राछ के । जइले मेरो घर आम्छ म फुत्त छिरी हाल्छु नि । तलाईं के को टन्टा" यसरी चिन्नु न जान्नु को मान्छे लाई हप्काएसी ऊ पनि किन बस्थ्यो, लुरुक्क परेर गयो ।
एकछिनको विश्रामपछि भउते पनि आफ्नो बाटो लाग्यो । केहि पर पुगे पछि उसले बाटोमा कालो चीज देख्यो । अँधेरी रात, रक्सिले मातेको ताल, त्यसमा पनि बत्ती नभएको ठाँउमा उसले राम्ररी ठम्याउन सकेन की त्यो कालो थुप्रो के हो भनेर ।ऊ त्यो कालो चिजको नजिकै पुग्यो, धेरै बेर त्यसलाई चारै तिर बाट नियाल्यो, सुँघ्यो तर छुट्टाउन सकेन । केई सीप नलागेसी त्यसलाई चोर औंलाले ट्याप्प टिप्यो र मुखमा हाल्यो । "धत तेरी, गोबर पो रैच, धन्नै कुल्चेको."
घर पुगेर भउते हातमा साँचो लिएर ढोका खोल्न लाग्यो, तर जाँडले हल्लिराखेको भउतेले ढोका खोल्न सकेन । थुप्रै पटकको प्रयास पनि असफल भए पछि एकछिन चुप्चप बसिरह्यो । नजिकैको छिमेकी चित्रे आएर सोधे," ए भउते दाइ, म साँचो खोल्दिम ?"
"पर्दैन, पर्दैन । साँचो त म खोली हाल्छु नि, बरु यो घर समात्दे न कस्तरी हल्लिराछ। "
No comments:
Post a Comment