Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Sunday, November 23, 2008

भउतेको चर्तिकला-५!

१. बाबाजी

भउते साधु बाबासँग सल्लाह माग्दै थिए,"बाबाजी, मेरो पत्निले मलाई साह्रै हैरान बनाउँछे, दु:ख दिन्छे, गाली गर्छे । सहनै नसक्ने भैसकें । लौ न छुटकारा पाउने कुनै उपाय भए बताइदिनु पर्‍यो । "
बाबाजी झोंक्किदै भने,"तलाईं पटमूर्ख, यदि त्यो उपाय मलाई थाहा भएको भए म किन यसरी भौंतारिदै हिंड्थे र ?"

२. कसम
भउते सानो हुँदा शिक्षकले उसको कक्षामा विद्यार्थीहरुलाई कसम खुवाउँदै थिए ।
शिक्षक: विद्यार्थी भाइहरु हो, तिमीहरु कसम खाउ, जिन्दगीमा कहिल्यै रक्सी, चुरोट, मासु खान्नौं ।
विद्यार्थी: खान्नौं सर ।
शिक्षक: कहिल्यै केटीहरुलाई जिस्काउँदैनौं ।
विद्यार्थी: जिस्काउँदैनौं ।
शिक्षक: जुवा तास खेल्दैनौं ।
विद्यार्थी: हुन्छ सर ।
शिक्षक: देशको लागि ज्यान दिन्छौं ।
विद्यार्थी: दिन्छौं सर दिन्छौं, केहि गर्न नपाइने यस्तो बेकारको जिन्दगी केका लागि साँच्नु छ र?

३. पसलमै
भउते : साहुजी, एउटा राम्रो सर्टको कपडा देखाउनुस् ।
साहुजी: प्लेनमा देखाउँ कि ?
भउते : प्लेनमा होइन पसलमै देखाउनुस् न ।

४. बस
भउते रत्नपार्क जानको लागि कलंकीमा बस कुरिराखेको थियो । जति हात ठडाए पनि कुनै बस रोकिएन । अब बामदेवको आदेश नमानेर भो त डाइबर दाइलाई पनि आपत । एउटाले रोकुंला जस्तो गर्‍यो, भउते तेस्को पछि पछि दगुर्दै २०० मिटर तल पुगेको बसलाई भेट्टायो । भउते रिसले डाइबरदाइ सँग झोंक्कियो,"गुरुजी, यो गाडी तिम्रो आमा हो?"
डाइबरदाइ नम्रताका साथ पेस आयो," होइन हजुर ।"
भउते: "तेसो भए दिदी बहिनी हो कि?"
डाइबरदाइ अझ विनम्रतापूर्वक नै भन्यो," त्यस्तो कोइ होइन हजुर । "
भउते:"त्यसो भए, तिमीहरु मलाई किन चढ्न दिदैनौ?"

५. गर्भपतन
भउतेले आम्लेट बनाउनको लागि अण्डा फोर्‍यो । अण्डा भित्र खोक्रो थियो । भउते छक्क पर्दै भन्यो,"के जमाना आयो, हुँदा हुँदा कुखुरिले समेत गर्भपतन गराउन थाले बाइ । "

No comments:

Post a Comment