Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Saturday, October 24, 2009

रमाइलो दशैं र शुन्य तिहार !

यसपालीको दशैं पनि सकियो र हेर्दा हेर्दै तिहार पनि बित्यो । धेरै वर्ष पछि आफ्नो परिवारको साथमा दशैं मनाउने सुनौलो अवसर जुटेको थियो । बुवा आमा नेपालबाट आएको पनि धेरै नै भैसकेको थियो । दशैंको बेला परदेशमा अभिभावकको हातबाट टिका थाप्न पाउनु एक किसिमको संयोग र सौभाग्य नै सम्झनु पर्छ । लबक, टेक्सासको सानो गाऊँ भएर होला, यहाँ सबै जना एक अर्कालाई चिन्दछन । यो एउटा राम्रो पक्ष हो सानो ठाउँको । यसपाली हाम्रोमा धेरै जना टिका लगाउन आउने भनेका थिए । सूतक परेकाले हामी आफैले जमरा राख्न पाएनौं । धन्न मान्छे भेटियो जमरा राखिदिने । सेल रोटी पनि बहिनीले आएर पोलिदिइन सजिलै भयो । टिकाको दिन आमाको डाक्टर एपोइंटमेन्ट भएकोले बिहान केहि गर्न पाएनौं । डाक्टरको अफिसबाट फर्के पछि छिटो छिटो गरी पूजा गर्ने देखी लिएर पकाउने काम सकियो । १२ बज्नु अघि टिका लगाउनु पर्छ भनेर नै हतारिएका थियौं । परिवारमा टिका लगाइयो बुवा आमाको हातबाट । पाहुनाहरु आए, टिकोटालो अनि सकेको सत्कार गरियो । यसपाली दशैं रमाइलो नै भयो । दशैंका केहि तस्वीरहरु:
























मेरो लागि तिहार भने शुन्य रह्यो । सबै दीदी बहिनी नेपालमा, बनाएको दीदी नर्थ क्यारोलाइनामा अनि यही भएको बहिनीकोमा फेरि जुठो परेकोले टिका लगाउने साइत जुरेन यसपाली । जे होस नेपालमा अरुले भने रमाइलोसंग मनाएको देखेर चित्त बुझाएको छु । अर्को पटक भने आफै नेपाल जाने सोच बनाछु । हेर्दै जाऊ त्यो बेला सम्म केके हुन्छ । त्यो भविष्यले नै बताउला । नेपालमा मनाइएको तिहारको फोटोहरु:










मिति भने खिच्ने बेलामा मिलाईएनछ ।

2 comments:

  1. ईश्वर दाइ फोटो राम्रो लाग्यो | बिनोद महर्जन, लबक

    ReplyDelete