पुकदा  
हजारौंलाई मारेर  सत्तामा पुगेको मान्छे 
अहिले बलि दिन  नपाएर होला
ग्रह दशा बिग्रेको छ .
 
चड्कन मन्त्री
नेपालमा लोकतन्त्र आको छ
कसैलाई झोंकतन्त्र  आको छ 
हाम्रा मन्त्रीलाई ठोकतन्त्र आको छ .
विना विभागीय मन्त्री
मन्त्री बेरोजगार भएको देशमा
हामी युवाहरुले जागीर पाइएन भनेर 
गुनासो गर्नु बेकार छ  . 
एनआरएन
माग भने दोहोरो नागरिकता अनि मतदानको
सुविधाको नाममा
राजनीति गरेर कमाउने खेल हो .