पुकदा
हजारौंलाई मारेर सत्तामा पुगेको मान्छे
अहिले बलि दिन नपाएर होला
ग्रह दशा बिग्रेको छ .
चड्कन मन्त्री
नेपालमा लोकतन्त्र आको छ
कसैलाई झोंकतन्त्र आको छ
हाम्रा मन्त्रीलाई ठोकतन्त्र आको छ .
विना विभागीय मन्त्री
मन्त्री बेरोजगार भएको देशमा
हामी युवाहरुले जागीर पाइएन भनेर
गुनासो गर्नु बेकार छ .
एनआरएन
माग भने दोहोरो नागरिकता अनि मतदानको
सुविधाको नाममा
राजनीति गरेर कमाउने खेल हो .
सबै ठीकै हुन तर अन्त्यमा लेखिएको एनआरएनको बारेमा जानकारी निकै कम भए जस्तो लाग्यो। यो चाही गलत जस्तो लाग्यो। जुन देश यीनैको भरमा चलेको छ उनीहरुलाई किन यस्तो सोच्नु र। देशमै बसेकाहरुले बाकी ४५% आर्थिक उपलब्धी गरिदिएका भए कस्तो हुने थियो देश।
ReplyDelete