Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Friday, March 21, 2008

मेरो कविता

मेरो लेख्ने खासै समय र कला छैन, न त म कुनै साहित्यकार नै हुँ , तर पनि केही लेख्ने प्रयास गरेकोछु कसैको अनुरोधमा ।

*************************************

थोरै भए माया मेरो थपिदिउंकी
यी हात मेरा कम भए जोडीदिउंकी
साथ दिने वाचा भए पूराइदिउंकी
बाधा लाग्ने कसम भए जलाइदिउंकी !!!

चरा भए पिजंडाको तोडिदिउंकी
आशा भए क्षितिजको उडिदिउंकी
फूल लाउने इच्छा भए चुडिदिउंकी
टाढै जाने मन भए गुडिदिउंकि !!!

पूजा गर्ने भाकल भए बलि दिउंकी
मनपर्ने फूल भए फूलिदिउंकी
अँध्यारो भए कोठा तिम्रो जलिदिउंकी
तिम्रो प्रेममा पागल भै ढलिदिउंकी !!!

No comments:

Post a Comment