











फोटो सौजन्य "Reena"
यी गह्रा, कान्ला, झुपडी, नदी नाला, पहाडले
घरको सम्झना ताजा बनाइ दियो ।
हिजो सम्मन त्यहीं खेले जस्तो लाग्ने
आज त्यसै त्यसै बिरानो भइसक्यो ।
न त छुन सक्छु त्यो मेरो धरती लाई
त्यो त अब पराइ भईसक्यो ।
न त पोख्न सक्छु यो वेदनालाई
त्यो त अब स्मृतिमै बिलाईसक्यो ।
सानो छँदा खेलेको यो माटोले
जिस्काइ रहे जस्तो लागि सक्यो ।
बुढेसकालको सहारा खोज्दै छु म
अब पुर्खाको घर पनि भत्काइ सक्यो ।
- "बागी"
No comments:
Post a Comment