Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Sunday, July 27, 2008

भाषिक स्वतन्त्रता ?

मेरो विचारमा आफूले चाहेको भाषामा लेख्न, बोल्न पाउनु, आफ्नो अवधारणा पोख्न पाउनु भनेको भाषिक स्वतन्त्रता हो । चाहे त्यो आफ्नो मातृ भाषा होस् या नहोस्; अथवा चाहे त्यो आफूलाई मनपर्ने भाषा मात्रै किन नहोस् । मेरो संसारको एउटा लेखमा मैले हिन्दी भाषा प्रयोग गरें भनेर धेरै साथीहरुबाट कमेंटहरु आए। सरसर्ती हेर्दा मलाई अचम्भित गरायो ती कमेंटहरुले। मानिस अझै पनि १९औं शदिमै छन् कि भन्ने पनि लाग्यो मलाई । उनिहरुका सोचाइ र विचार कति सम्मन् भने मैले हिन्दीमा लेख्नु ठूलै पाप गरे सरह भयो, मेरा अभिभावकले के सोच्छन् भन्न सम्मन् भ्याए । यसमा मलाइ कुनै टाउको दुखाइ छैन, मेरो त्यसमा मात्र 'वाक स्वतन्त्रता'को कुरो उठाएको थिएँ। हिन्दी बोल्दैमा कसैको केहि जाँदैन, व्यक्तिलाई जे सजिलो लाग्छ त्यहि बोल्छ भनेर तर पनि मलाइ चित्त बुझेन आफैंसँग । आजकल फेरि उप-राष्ट्रपतिद्वारा हिन्दिमा सपथ खाएको विरोधमा चर्को आवाज उठेपछि भने सान्दर्भिक लागेर यो लेख लेख्न बसें । त्यसो भन्दैमा मैले यहाँ उप-राष्ट्रपतिको समर्थन गरेको भने नठान्दिनु होला । उनी न्याय सेवामा धेरै वर्ष काम गरेको मान्छे, नेपाली राम्रैसंग बोल्न जान्दछन् होला भन्ने म अनुमान गर्न सक्छु । तैपनि उनले गैर नेपाली भाषाको प्रयोग गरे, जुन समय परिस्थिति अनुकुल थिएन । यसमा मेरो पनि विरोध छ । यहाँ राष्ट्रीय भाषाको सम्मान किन गरिएन भन्दा पनि अरु भाषाको औचित्य नै नभएको झैं ठानिएकोमा आपत्ति हो । यहाँ मैले कुनै व्यक्ति विशेष या पार्टीको समर्थन भन्दा पनि समय अनुसार चल्न नसक्ने हाम्रो बानिको विरोध मात्र गर्न खोजेको हो । मेरो दृष्टिकोणसंग सबै जना सहमत हुनुपर्छ भन्ने छैन । सबैजना आफ्नो विचार पोख्न र आफ्नै खाले धारणा बनाउन स्वतंत्र हुनुहुन्छ । म चाहन्छु मात्रै विरोधको लागि विरोध नहोस् ।

जब जब भाषिक स्वतन्त्रताको कुरो आउँछ तब तब मलाइ यहाँको चलन मनपर्छ । हुन त मलाई धेरै भाषाको ज्ञान छैन तर पनि ३-४ भाषाहरु राम्ररी नै बोल्छु, बुझ्छु । म त्यस्तो ठाउँमा आइपुगें जहाँ मानिसहरु जे बोले पनि गुनासो गर्दैनन्। उनिहरु एक अर्काको भाषाको सम्मान गर्छन् । हुन त अँग्रेजी बाहेक स्पेनिश बुझ्नु बोल्नु यहाँको सबल पक्ष हो, तर पनि ती बाहेक अन्य भाषा बोल्दैमा यिनिहरु खिसि गर्दैनन् । मेरो प्रसंगलाई कोट्ट्याउनु पर्दा चैं, केहि समय अगि मैले एउटा ब्लगमा हिन्दिमा लेखेको कमेण्टले धेरैको ध्यान तान्न पुग्यो र मलाई नानाभाँतिको आरोप, गाली गलौज सम्म गरे । मलाई अनौठो लाग्यो, मानिसहरुको संकुचित भावना, सोचाइ अनि खोक्रो राष्ट्रियता देखेर । धेरैले मलाई भरतीय दलाल, 'र' को एजेन्ट अनि इण्डियाको पुच्छर आदि देखे। मलाई त्यसमा खासै गुनासो छैन। म मानिसहरुको सोचाइ, विचार र भावनालाई कदर गर्छु, तर पनि उनिहरु किन यसरी घृणा गर्छन भारतीयहरुलाई थाहा छैन मलाई। शायद उनिहरुको रिस म माथि पोखे होलान् । मेरो लागि यो पनि सैह्य छ । मैले बुझ्न नसकेको चैं के हो भने, जुन देशका मानिसहरु सामान्य आधारभूत आवश्यकताका वस्तुहरुको लागि समेत अरु देशको भरमा पर्छ त्यो देशका नागरिक कसरी स्वतन्त्र भएर बाँचेका छन् भनेर भन्ने । सियो नबन्ने देशमा प्राक्रितिक श्रोत परिचालन गरेर देशलाई २० बर्षमा सिंगापुर बनाइदिन्छु भनेको भरमा नेपालीको अस्तित्व छ भनेर कसरी व्याख्या गर्ने? भारतीय परराष्ट्र नीतिले नेपालमाथि आँखा गाडेको दशकौं भैसक्यो, तर पनि हामी चुपचाप दर्शक भएर बसि रहेकाछौं न कुनै आन्दोलन, न कुनै बहस या छलफल नैं चलाउन सकेका छौं। भारतीय थिचोमिचोको, राजनैतिक हस्तक्षप अनि उनिहरुकै हालिमुहालीबीच चलिरहेको नेपाली भाषी भारतीयले इण्डियन आइडल जित्दा खुशियाली स्वरुप दीपावली गरिन्छ, भने हाम्रा नेताहरु जो कति त भारतमै जन्मिए, हुर्किए र त्यहाँकै संस्कारमा रहेकाले हिन्दीमा बोल्दा नेपालीको मन दुख्छ किन ? उनिहरुलाई पीडा हुन्छ किन? के नेपालमा भाषिक स्वतन्त्रता गुमिसक्यो? भारतले नेपालीलाई क्षेत्रीय भाषाको रूपमा मान्यता दिएको पनि धेरै भइसक्यो, नेपालले चैं आफ्नै देशका भाषाहरुलाई मान्यता दिन आन्दोलन गर्नु पर्ने हुन्छ, खोइ त नेपालको अनेकतामा एकता?

राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको बर्षौं पुग्दा, भारतले कहिल्यै समर्थन गरेन। उनी मरेर गए, माओवादी युद्धले देशलाई तहसनहस बनायो,हजारौं नेपालीले अकालमै ज्यान गुमाउनु पर्‍यो, खोइ त मूल्यांकन? नेपाललाई बिगार्ने भारतीय स्वार्थ कति छन् कति, तर त्यसो भन्दैमा हाम्रो ऊ जुनि देखिको रिस हिन्दी भाषा, या हिन्दीभाषी मानिसहरुमाथि खन्याउनु कति न्यायोचित होला, तपाईं आफै विचार गर्नुस्। लोकतान्त्रिक शासनपद्धति अपनाउनका लागि हाम्रो देशलाई धर्म निरपेक्ष नेपाल भनेर घोषणा समेत गरियो, तर भाषाको कुरो आउँदा चैं हामी निरपेक्ष हुन जरूरी रहेन या ठानिएन, किन? के हामी पक्षपाति भएनौ र यस अर्थमा ?

वास्तवमा भाषा एउटा कम्युनिकेसनको माध्यम मात्र न हो । भाषामा सामाजिक, साँस्कृतिक र रहनसहनको छुट्टै महत्व राख्छ । संसारमा हजारौं किसिमका भाषाहरु छन; कसैले एउटा मात्र जानेको होला, कसैलाई धेरै भाषाको ज्ञान होला। बहुभाषिक व्यक्ति, जहाँ जुन भाषा उपयुक्त लाग्छ उसले त्यहि भाषाको माध्यमबाट आफूलाई ढाल्दछ। उल्लेखनीय कुरो चैं के छ भने चाहे जोसुकै होस्, नेपाली बोल्नु, हिन्दी बोल्नु, फ्रेंच, स्पेनिस या अँग्रेजी भाषा जे सुकै होस, त्यो एउटा माध्यम मात्र हो। अब हामी यो छुट्याउँ कि नेपाली हुनुको नाताले हामी नेपाली मात्रै बोल्नु पर्छ भन्ने छ र? के हामीले उर्दू , हिन्दी या अँग्रेजीमा कुरा गर्न हुँदैन? अँग्रेजी बोल्दा गर्व गर्ने हामीले हिन्दी बोल्दा चैं किन तल्लोस्तरको सम्झिने? त्यो एउटा संकुचित मानसिकता बाहेक अरु केहि होइन। १ अरबभन्दा बेसि जनसंख्या भएको मुलुकका ४० प्रतिशत मानिसहरु हिन्दी भाषी छन् । नेपालका कयौं तराइ जिल्लामा मानिसहरु हिन्दी बोल्दछन् । चाहे त्यो सम्पर्क भाषाको लागि नै किन नहोस् । अझ चाख लाग्दो कुरो के छ भने हामी पहाडबासी समेत केहि बोल्नु बाहेक अधिकाँश शहरिया हिन्दी राम्ररी बुझ्दछौं । आजका युवा जगत त झन् एक कदम अगाडि बढ्न सफल छ भाषिक स्वतन्त्रताको कुरामा, उनिहरु नेपाली भन्दा अँग्रेजी बढी बोल्छन्। नेपाली विषयमा फेल होलान्, तर अँग्रेजीमा राम्रा अंक ल्याएर पास हुन्छन् । अब अर्को कुरो नेपाली संस्कार, कला, संस्कृति भन्दा पनि विदेशी संस्कार, कला, संस्कृतिलाइ बढि मान्यता दिने र त्यस्तै जिवनयापनको कामना सहित आफूलाई ढाल्ने प्रयत्न गर्नेहरुको संख्या पनि कम छैन। त्यसलाई चैं हामीले कसरी व्याख्या गर्ने हो कुन्नि हेर्नै बाँकी छ। राजनीतिको चुरीफुरी जल्ले जति लगाए पनि विदेशी हस्तक्षेपलाई हामी सबै नेपालीले प्रत्यक्ष अनुभव गरेको कुरो हो। हुन पनि नेताहरु देशलाई आत्मनिर्भर बनाउने भन्दा पनि आफ्नो दुनो सोझ्याउने तर्फ लागे पछि, जुन तन्त्र आए पनि पुरानो संस्कार र मान्यतालाई शिरोधार्य गरे पश्चात् हामी नेपाली तलको तलै परिरह्यौं। हाम्रै एसियाका विभिन्न मुलुकहरु १०-२० वर्षमा प्रगति गरेर कहाँबाट कहाँ पुगे। हामी भने सामान्य भुटानी शरणार्थीको समस्या समेत हल गर्न नसकेर अरुको मुख ताकेर बस्यौं। के नेपाली भाषी हुनुको पीडा होइन त्यो? यदि हिन्दी भाषी भएको भए भुटानीले यसरी खेद्न सक्थे? अथवा भारतीय आफैंले सल्टाउँथे होलान् त्यो समस्या। अब त नेपाली भाषी हुनु को गर्व गर्ने अवस्था पनि गुमायौं। भाषाको दृष्टिले नेपाल कहिल्यै पछाडि रहेनौं, विविध भाषाभाषी, अनेक जाति र संस्कृतिको धनी भनेर चिनिएको नेपाल माओवादीको जातीय अनि क्षेत्रीय राजनीतिले लथालिङ्ग बनायो। शायद त्यसैको उपज हो, यो पनि कि हामी हिन्दी भाषीलाई घृणा गर्ने। उनिहरुले हामीलाई यस्तो पाठ सिकायो, म आफू मात्रै जान्ने, मेरो कुरा मात्रै सहि हो, अरुको कुरो सुन्नु पर्दैन आदि इत्यादि। अनि हिन्दी भारतीयहरुको मात्र भाषा हो, हामीले बोल्नु हुदैन ।

तराइतिर को कुरा छाडि दिउँ, हाम्रै काठमाडौंका हलहरुमा नेपाली भन्दा हिन्दी सिनेमा बढि चल्छन्। शहरी क्षेत्रमा अधिकांशको घरमा केबल को पहुँच छ, त्यहाँ नेपाली च्यानल भन्दा बढि हिन्दि च्यानल हेर्ने चलन् छ। युवा पुस्तालाइ नेपाली फिल्मका हिरो हिरोइन लाई चिन्दैनन् होला तर भारतीय सिनेमाका हिरो, हिरोइन देखिन् लिएर सबै गायक, गायिका अनि संगीतकारहरुको नाम कण्ठस्थ होला। त्यसलाई हामीले के भनेर बुझ्ने? विवाह,व्रतबन्ध,भोज भतेरमा रमाइलो गर्न पर्‍यो भने हिन्दी संगीत गुन्जन्छ। पन्चै बाजाको स्थान बैण्ड बाजाले लिइसक्यो। तैपनि कोइ कोइ खोक्रो आडम्बरी बनेर नेपाली भाषा र संस्कृतिको बारेमा प्रवचन दिन चुक्दैनन्, घरमा चैं श्रीमती र छोराछोरीहरु हिन्दी सिनेमा र टेलिसिरियलमा मस्त भएको कुरो बिर्सन्छन्। त्यस कुरालाइ कसरी मूल्याङ्कन गर्ने? के त्यसको मतलब हिन्दी भाषा बोल्ने, हेर्ने, रुचाउने सँगको पूरै नाता तोडिदिने? के यस्तो संभव छ? न त कसैले यी भाषीलाई हेलाँ गर्न नहुने हो, होइन र? एउटा नेवारी उखानमा मदिसेलाई मान्छे नै नभन्ने "मनु मखु मडिस्या ख:" प्रवृति सबैले लिए भने यो देशको हालत के होला, सोच्नु पर्ने बेला भए जस्तो लाग्छ। मेरो प्रसङ्गमा यहाँ मैले हिन्दी भाषाको वकालत गर्न लागेको होइन कि भाषिक स्वतन्त्रताको कुरो उठाएको मात्र हूँ। जसरी हामी नेवारी, गुरुङ्ग, मगराँति, किराँती, तामाङ्ग, मैथिलि, अवधि, भोजपुरी, थारुवान आदि सबैलाई नेपालीले स्थान दिएकोछ, त्यसरी नै हिन्दीलाई पनि सम्मान गर्न जरुरी छ भनेको मात्रै हो। यसलाई गलत अर्थ नलगाइयोस्, मेरो ब्रम्हले देखेको चैं के हो भने अँग्रेजी बोल्दैमा गर्व गर्ने हाम्रै नेपाली समाजमा हिन्दी लाई चैं तथानाम भनेको पनि सुनियो, यस्तो फरक(?) किन? के भरतीयले हेप्यो भन्दैमा हामीले उनिहरुले बोल्ने भाषालाई नै बहिष्कार गर्नु पर्ने जरुरी छ र? उनिहरुको संस्कार देखि लिएर फेशन र पहिरनको नक्कल गर्नलाई भने हामीलाई लाज लाग्दैन। के यी सबै हामी त्याग्न तयार छौं? यदि संभव छैन या सक्दैनौं भने किन हिन्दी भाषालाई अपहेलना गरेको हामीले, म बुझ्न सक्दिन। के यो फोहोरी राजनीतिको परिणाम हो, या हाम्रो संकुचित भावनाको मलाई खुट्याउन गाह्रो परिरहेछ।

म कुनै भाषाविद् होइन, न त यसमा कौशलता नै राख्छु । एउटा सामान्य नागरिकको हैसियतले भन्नु पर्दा पनि मैले नेपालमा भाषिक स्वतन्त्रता गुमिसकेको ठानें । भ्रममा नपर्नुस्, हामी तिनै हौं जसले केही वर्ष अघिसम्मन् 'अतिथी देवो भव:' भनेर मान्ने, उनिहरुको सम्मान गर्ने । तर लाग्छ त्यो अब इतिहासको एक अंश भैसक्यो । एउटा सामान्य हिन्दी भाषाको मूल्यांकन गर्न नसक्ने हामीले अरुको सम्मान कसरी गर्ने ? भाषिक न्याय कहाँ खोज्ने? कसरी खोज्ने? केका लागि खोज्ने? हामी अर्काको भाषालाई कदर गर्न जान्दैनौं भने उनिहरुबाट मात्रै हामी किन सम्मानित हुन चाहने?

Tuesday, July 22, 2008

कन्गोको लुजी !

के तपाईं विश्वास गर्नु हुन्छ एउटा अफ्रिकन केटो नेपाली बोल्छ ? हामी पनि ऊबाट केही सिक्ने कि, आफ्नो भाषालाई माया गरेर ।

Tuesday, July 15, 2008

What in the World is "Male Menopause"?

With the phrase "male menopause," I've got the attention of every female reader, saying, "So that's what's wrong with my husband!"
Male menopause? What is it? Some doctors call it "andropause." Both terms conjure up images of men with hot flashes, guys crying for no reason and more mid-life crises than we can possibly handle.
There are hormonal changes that are a natural part of aging for men. But these hormonal changes are nothing like the plunge women take during menopause. The male hormonal changes are much more gradual, occurring over a period of many years.
For those men who are concerned with andropause here's the major issue: low or declining testosterone. Like most guys, those are fighting words. I want to go out and do something to prove my manhood by hiking up Mt. Whitney or ride a Harley motorcycle at 90 miles an hour down some LA freeway. I'll show you I still got it!
Before you start getting punchy, here are some stats you need to know: older men have lower testosterone levels than do younger men. After age 40, testosterone levels in the blood begin to decline gradually - about a rate of 1% a year. However, Mayo Clinic doctors also tell us that these dropping levels are rarely significant enough to be noticeable in men younger than 60. When you hit your 80's . . . it's another story.
What are the symptoms of male menopause? Let me warn you some of these these symptoms are not pretty:
Reduced sexual desire
Infertility
Loss of body or pubic hair
Height loss and thinning bones
Hot flashes and sweats
Decreased energy and motivation
Feeling sad or depressed
Poor concentration or memory
Most guys read the first symptom about "decreased sexual desire" and blank out . . . then wonder where to buy a tube of testosterone cream.
How do you treat low testosterone? Answer: Testosterone Replacement Therapy (TRT). Some physicians claim the benefits of TRT are unclear. It might raise your Prostate-Specific Antigen (PSA) or increase your risk of prostate cancer or it may not. More studies need to be done. But from the many websites I read, any man who uses TRT should have frequent PSA tests to make sure there is not a rise in the PSA count.
If you suspect you're a candidate for male menopause, the first thing you should do is get a blood test for an objective testosterone count.
If you want to go the herbal supplement route, there are many products that make all kinds of claims to raise aging-related low testosterone. One of the most common supplements to treat this condition is DHEA, which could also raise your PSA level. Speak with your doctor before taking any kind of herbal supplements.
Of course, with a doctor's prescription, you can also purchase a testosterone cream to be applied in measured amounts.
I'll leave you with some steps you can take to prevent or improve some of your symptoms.
Watch what you eat. Exercise and maintain a healthy diet to keep you strong and energetic. Exercising is a big factor when it comes to improving your moods as well.
Speak to your doctor about any suspected sexual problems. You cannot watch a football, baseball or basketball game without watching ads about erectile dysfunction (ED) or prostate related problems. So the cat is out of the bag when it comes to sexual problems. There are many medications and lifestyle changes you can utilize to help your condition.
Seek help if you are emotionally distraught. Many older men suffer from depression --become irritable, isolated or withdrawn - and are often left untreated. But if you take steps for treatment, it can make a major difference in how you feel.

Source:MayoClinic.com

Thursday, July 10, 2008

Marriage Counseling-3!!

WHY AM I MARRIED?

You have two choices in life:
You can stay single and be miserable,
or get married and wish you were dead.
***************
A lady inserted an ad in the classifieds:
"Husband Wanted".
Next day she received a hundred letters.
They all said the same thing:
"You can have mine."
***************
When a woman steals your husband,
there is no better revenge than to let her keep him.
***************
A little boy asked his father,
"Daddy, how much does it cost to get married?"
Father replied, "I don't know son, I'm still paying."
***************
A young son asked,
"Is it true Dad, that in some parts of Africa a man doesn't know his wife until he marries her?"
Dad replied, "That happens in every country, son."
***************
Then there was a woman who said,
"I never knew what real happiness was until I got married,and by then, it was too late."
***************
Marriage is the triumph of imagination over intelligence.
***************
If you want your spouse to listen and pay strict attention to every word you say -- talk in your sleep.
***************
Just think, if it weren't for marriage, men would go through life thinking they had no faults at all.
***************
First guy says, "My wife's an angel!"
Second guy remarks, "You're lucky, mine's still alive."
***************
"A Woman's Prayer:
Dear Lord, I pray for: Wisdom, To understand a man , to Love and to forgive him , and for patience, For his moods. Because Lord, if I pray for Strength I'll just beat him to death"
***************