यो सुमितको नयाँ तस्वीरहरुको सँगालो । अन्य थप फोटोहरु अर्को पालिको लागि साँचेको छु । समयाभावकोकारण धेरै कुराहरु राख्न पाइराखेको छुइन । अर्को पटकको लागि भनेर लेख्नु पर्ने धेरै छन । लेख्छु भन्यो के केमिल्दैन मिल्दैन । सुमित जन्मिदाको मेरो अनुभव अनि तयारीहरुको बारेमा पनि लेख्न मन छ , तर भ्याएको छैन ।काम काम काम भन्यो फुर्सद नै नहुने । कतै फुर्सद निकाले पनि किनमेल जादा, घरको सरसफाईमा खर्च हुने । यीयावत् कुराहरुको गर्दा सोचे जस्तो यो मेरो ब्लग अपडेट गर्न पाएकोछैन। समयले साथ दिएमा यो सप्ताहन्तमा केहिलेख्ने जमर्को गर्नेछु । प्रतीक्षा गर्नु होला ।
.
.
.
.
.
.
.
.
.
.
.
.
Welcome to Inashrestha's Blog; Different way to blog :D

Wednesday, March 25, 2009
Saturday, March 21, 2009
जून, भगवान र मेरो बाबा
म सानो छँदा,
बाबालाई धेरै दिन नदेखेर
आमालाई सोधें
आमा आमा
बाबा खोइ ? बाबा खोइ ??
आमासँग मेरो प्रश्नको जवाफ थिएन शायद
आमा एकछिन चुप हुनु भयो
शायद धेरै दिन चुप बस्न सकिंदैन भनेर होला
आमाले भन्नुभयो
बाबु, बाबा त भगवान हुनु भयो ।
मैले चित्त नबुझेर फेरि सोधें
भगवान कहाँ बस्नु हुन्छ
आमाले मलाई भन्नु भयो
बाबु! भगवान त आकाशमा बस्नु हुन्छ
धेरै पछिको एकदिन मैले आकाश मा जुन देखें
अनि आमालाई सोध्न पुग्छु
आमा त्यो के हो? त्यो के हो ?
आमा ले भन्नु भयो
बाबु त्यही त हो भगवान ।
म अचम्म मान्दै फेरि सोधें
आमा आमा
त्यसो भए बाबा त्यहीं बस्नुहुन्छ त ?
मेरो प्रश्नले मेरी आमा नाजवाफ हुनु भयो
मात्रा रुनु भयो
मैले केही बुझ्न सकिन
मेरो मन भित्र भित्रै धेरै प्रश्नले जरा गाडेको छ
के मेरो बाबा नै जुन हो या मेरो बाबा भगवान हो
के जुन, भगवान अनि मेरो बाबा एकै हो त ???
---------------------------------
(यो कविता नभएर छोरा सानो छँदा ऊ र म बिचको संवाद हो )
.
बाबालाई धेरै दिन नदेखेर
आमालाई सोधें
आमा आमा
बाबा खोइ ? बाबा खोइ ??
आमासँग मेरो प्रश्नको जवाफ थिएन शायद
आमा एकछिन चुप हुनु भयो
शायद धेरै दिन चुप बस्न सकिंदैन भनेर होला
आमाले भन्नुभयो
बाबु, बाबा त भगवान हुनु भयो ।
मैले चित्त नबुझेर फेरि सोधें
भगवान कहाँ बस्नु हुन्छ
आमाले मलाई भन्नु भयो
बाबु! भगवान त आकाशमा बस्नु हुन्छ
धेरै पछिको एकदिन मैले आकाश मा जुन देखें
अनि आमालाई सोध्न पुग्छु
आमा त्यो के हो? त्यो के हो ?
आमा ले भन्नु भयो
बाबु त्यही त हो भगवान ।
म अचम्म मान्दै फेरि सोधें
आमा आमा
त्यसो भए बाबा त्यहीं बस्नुहुन्छ त ?
मेरो प्रश्नले मेरी आमा नाजवाफ हुनु भयो
मात्रा रुनु भयो
मैले केही बुझ्न सकिन
मेरो मन भित्र भित्रै धेरै प्रश्नले जरा गाडेको छ
के मेरो बाबा नै जुन हो या मेरो बाबा भगवान हो
के जुन, भगवान अनि मेरो बाबा एकै हो त ???
---------------------------------
(यो कविता नभएर छोरा सानो छँदा ऊ र म बिचको संवाद हो )
.
Monday, March 16, 2009
आज न्वारन
आज बाबु (छोरो) जन्मेको पनि ११ दिन पुग्यो । यहाँको चलन अनुसार नाम जन्मनु अगाडि नै राख्नु पर्ने रहेछराखियो पनि । तर आफ्नो सँस्कारलाई पनि त छाड्नु भएन । घर तिर ब्राह्मण राखेर पूजा गर्ने रहेछ आमाले भनेअनुसार । ब्राह्मण आफुले चिनेको एकजनालाई भनियो, तर उहाँ नेपाल जाँदै हुनुहुँदो रहेछ । त्यो पनि भएन आखिरअर्को मित्रलाई भनेर त्यो औपचारिकता पनि पुरा गरियो । पूजा सामाग्री पनि जुटाउन मुस्किल भयो । न तपिपलको पात पाइयो , न त हवन गर्ने ठाउँ । एउटा भएको मन्दिर पनि आईतवार भन्दा अरु दिन नखुल्ने । जे होस्मनले सम्झेर, भगवानसँग क्षमा माग्दै न्वारन सम्पन्न भयो ।
सुर्य भगवानको पूजा तैयार पारिंदै
दीप कलशको पूजा
न्वारनको तैयारी
तीन पटक नाम भनिदिंदै
प्रशन्न मुद्रामा
टिकाको तैयारी

ब्राह्मणको हातबाट टिका



आमाको हातबाट टिका





ब्राह्मणको हातबाट टिका थाप्ने अरु पनि थिए


प्रसाद खाँदै

हातमा हजार लिएर मख्ख थियो छोरो

सम्पूर्ण कार्य सकिंदा पनि छोरो बेखबर थियो



सहयोगी हातहरु
धेरै समयपछि खुलेका आँखा











आमाको हातबाट टिका





ब्राह्मणको हातबाट टिका थाप्ने अरु पनि थिए


प्रसाद खाँदै

हातमा हजार लिएर मख्ख थियो छोरो

सम्पूर्ण कार्य सकिंदा पनि छोरो बेखबर थियो



सहयोगी हातहरु

Saturday, March 7, 2009
EXCLUSSIVE!!! WELCOME SUMIT!
Subscribe to:
Posts (Atom)