Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Saturday, March 21, 2009

जून, भगवान र मेरो बाबा

सानो छँदा,
बाबालाई धेरै दिन नदेखेर
आमालाई सोधें
आमा आमा
बाबा खोइ ? बाबा खोइ ??
आमासँग मेरो प्रश्नको जवाफ थिएन शायद
आमा एकछिन चुप हुनु भयो
शायद धेरै दिन चुप बस्न सकिंदैन भनेर होला
आमाले भन्नुभयो
बाबु, बाबा भगवान हुनु भयो
मैले चित्त नबुझेर फेरि सोधें
भगवान कहाँ बस्नु हुन्छ
आमाले मलाई भन्नु भयो
बाबु! भगवान आकाशमा बस्नु हुन्छ

धेरै पछिको एकदिन मैले आकाश मा जुन देखें
अनि आमालाई सोध्न पुग्छु
आमा त्यो के हो? त्यो के हो ?
आमा ले भन्नु भयो
बाबु त्यही हो भगवान
अचम्म मान्दै फेरि सोधें
आमा आमा
त्यसो भए बाबा त्यहीं बस्नुहुन्छ ?
मेरो प्रश्नले मेरी आमा नाजवाफ हुनु भयो
मात्रा रुनु भयो
मैले केही बुझ्न सकिन
मेरो मन भित्र भित्रै धेरै प्रश्नले जरा गाडेको
के मेरो बाबा नै जुन हो या मेरो बाबा भगवान हो
के जुन, भगवान अनि मेरो बाबा एकै हो ???


---------------------------------
(यो कविता नभएर छोरा सानो छँदा ऊ र म बिचको संवाद हो )
.

No comments:

Post a Comment