Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Sunday, July 19, 2009

सुमितको जन्म - ३

लेख्छु भन्दा भन्दै समय मिलाउन साह्रै गाह्रो कुरो भयो मेरो लागि । यो सानो टुक्रो त्यसैको अंश मात्र अहिलेलाई ।

-------------------





अब हाम्रो लक्ष्य थियो बच्चाको लागि चाहिने सामाग्री जुटाउनु । चिनेका साथीहरु, परिवारबाट सल्लाह सुझाब लिइयो । कति आफुले देखेको, चाइनसक्छ भन्ने हिसाबले किनियो पनि । केहि सामानहरु साथीहरुले उपहार दिए, केहि घरबाट पठाइ दिए । जे होस् बच्चाको लागि आवश्यक धेरै सामाग्रीहरु जुटायौं र हामी ढुक्क थियौं । अब हाम्रो उद्धेश्य थियो नेपालबाट कसैलाई यहाँ ल्याउनु जसले बच्चा र आमाको स्याहार गर्न सहयोग गरुन् । पहिले बहिनिलाई निवेदन दिइयो तर पाइनन् । अब हाम्रो एउटै विकल्प आमालाई यहाँ ल्याउनु थियो । आमाको भिसा स्वीकृत हुने बित्तिकै उहाँलाई चाँडै झिकाउने तर्फ लाग्यौं । मैले डाल्लास सम्म जानु पर्ने भयो आमालाई लिन किनकि हामी बसेको ठाउँ डाल्लासबाट ३५० माइल टाढा थियो । हतारमा टिकट मिलाउन सकिएन यहीं सम्म आइपुग्नलाई । फेरि आमालाई नदेखेको २ वर्ष भन्दा बढी भैसकेको थियो । त्यसैले मैले त्यो पनि सहर्ष स्विकार गरें त्यती टाढा लिन जान पनि । मैले ६ घण्टा लामो ड्राइभको थकाई पनि बिर्सें आमालाई देखेपछि । फर्किंदा हामीहरु बिच बाटोमा थुप्रै गन्थनहरु भए; घरको, परिवार, साथीभाई, छरछिमेक, चिनेजाने सबैको । त्यति लामो यात्रा पनि सजिलै संग काटियो पत्तै नपाई ।


हप्ता २-४ हप्ता भन्दा भन्दै करिब करिब ४० हप्ता पुग्न लाग्यो । स्वास्थ्यको ख्याल राख्दै २ हप्ता अघिबाट विदामा बस्ने सल्लाह भयो हामी त्यो दिनको प्रतिक्षामा बसीरह्यौ जून डाक्टरले हामीलाई दिएको थियो । भनेको दिन पनि बित्यो, अनि पीर लाग्न थाल्यो । प्रत्येक हप्ता डाक्टरलाइ देखाएर पनि ठ्याक्कै नमिल्दा केहि शंका उपशंका भैहाल्दो रहेछ । उनीलाई व्यथा ड्यू डेट कटेको २ दिनसम्म पनि शुरू भएन । सदा जस्तै विहिबार डाक्टरसंग भेट्नु थियो , त्यो दिन चै केहि ब्यथा लागे जस्तो भयो । अनि समयमा नै क्लीनिक पुग्यौ ।


क्रमश:




1 comment:

  1. धन्यबाद अनुभव बाँड्नुभएकोमा!

    ReplyDelete