Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Wednesday, April 29, 2009

नेपाली मदरस डे अर्थात माता तीर्थ औंसी

यस सम्बन्धी लेख मैले अझै पूरा सकिन । त्यसैले अहिले लाई तस्वीरहरु मात्रै । केहि समय पछि यो लेख पूरा गर्नेछु । कृपया प्रतीक्षा गर्नु होला । आमाको हातबाट टिका थाप्दै !
आमा लाई लड्डू खुवाउँदै
चन्द्रलाई टिका लगाई दिंदै आमा !

बहिनीलाई टिका लगाई दिंदै आमा !

Wednesday, April 22, 2009

सुमित



सुमित झोलुन्गोमा खेल्दै गरेको व्यक्तिगत भिडियो
सन्तान भन्ने पनि अचम्मकै हुँदो रहेछ । उसले हाँसेको, रोएको, या बोले जस्तो गरे मात्रै पनि आनन्दित गराउँदो रहेछ मनलाई । यी भिडियोहरु त्यसैको श्रृंखला हो ।

Monday, April 20, 2009

सूचना !!!


ब्लग अपडेट गर्दैछु, कृपया प्रतीक्षा गर्नु होला !!! नयाँ ब्लग कस्तो लाग्यो कुन्नी? तपाईंहरुको सल्लाह, सुझाव भए लेख्न नबिर्सनु होला ।- धन्यबाद !!!

Friday, April 17, 2009

रमाइलो गणित

गणित एउटा रमाइलो विषय हो । हामी दैनिक यसको विभिन्न नयाँ नयाँ प्रयोग गरिरहेका हुन्छौं । हालै मात्र चलनचल्तिमा आएको यसको उदाहरण हेरौं न ।


यदि कसैले तपाईंको उमेर कति हो भनेर सोधिहाल्यो भने साँचो उमेर भन्न पक्कै हिचकिचाउनु हुनेछ, तरभनिहाले पनि सत्य बताउनु होला भन्ने मलाई लाग्दैन हामी ढाँट्न पुग्छौं, जुन आफ्नो हिसाबले ठिकै हो तरमानिसहरु विभिन्न उपाय खोज्छन उमेर पत्ता लगाउनलाई यो त्यसै मध्यको एउटा कडी हो गणितीय विधिअनुसार पछ्याऊँदै गयौं भने रमाइलो लाग्नेछ यो अत्यन्तै सरल , जसको निम्ति शायद तपाईंले एक मिनेटभन्दा कम समय खर्च गरे पुग्छ तर पहिले नै पुछारमा हेर्नु भयो भने चैं खल्लो लाग्न सक्छ त्यसैले सावधानगराउन चाहन्छु , कृपया यसलाई क्रमश: पढ्दै अनि हिसाब गर्दै जाऊँ

1. सर्वप्रथम तपाईं एउटा अंक रोज्नुस (जुन अंक 1 देखि 10 सम्मको हुनुपर्नेछ)

2. त्यसलाई 2 ले गुणा गर्नुस्

3. अब त्यसमा 5 पनि जोडौं

4. योगफललाई 50 ले फेरि गुणन गर्नुस्
.
.
.
.
.
.
.
.
तपाईंले हिसाब गरिन्जेल कुरौंला, हुँदैन ?

5. यदि तपाईंले यो वर्ष आफ्नो जन्मदिन मनाइसकेको भए 1759 जोड्नुस्, यदि छैन भने 1758
6. अब आफ्नो चारै अंकको जन्म साल घटाउनुस् (इस्वि सनको मात्र है)

अब तपाईं सँग 3 अथवा 4 अंक बाँकी रह्यो होला, होइन ?

यदि 3 भए पहिलो अंक, 4 भए पहिलो दुई अंक तपाईंले रोजेको अंक हो पछिल्लो दुई चै तपाईंको उमेर

कस्तो लाग्यो, रमाइलो छैन ???

:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
उदाहरण:
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
मैले रोजेको अंक 10
2 ले गुणा गर्दा 20
5 जोडेपछिको अंक 25
त्यसलाई 50 ले गुणा गरेपछि 1250
मेरो जन्मदिन गई सकेकोले मैले 1759 जोडेपछी हुने अंक 3009
मेरो जन्मसाल 1980 घटाए पछि 1029
त्यसैले मैले रोजेको अंक 10 अनी मेरो उमेर 29 .

:

Tuesday, April 14, 2009

नववर्षको शुभकामना !!!


आकाशमा देखिने इन्द्रेणिको झैं सातै रङ्ग
छाओस सबैको जीवनमा उमङ्गै उमङ्ग
ल्याओस आगामी दिनहरुमा मायाको तरङ्ग
पाऊँ हुन खुशीले सबैजना उल्लासिएर दङ्ग !

एकताले ल्याउँछ शान्ति, बुझौं मुल्य मानवताको
फलोस फुलोस सुखमय बनोस गर्छु कामना सफलताको
सिकौं सम्मान गर्न सबैले एक अर्काको विचारको
जोगाऔं मान देखाऔं विश्वमा नमुना एकताको !

त्यागिदिउँ सबै रिसराग, बदला अनि द्वैसको भावना
जागौं बरु गर्न बिकास, भलो होस् देशको निर्माणमा
रमाउन सकौं यहि पलमै, दिन्छु साथ सबको दु: या हर्षमा
गर्छु कामना मिलोस् शान्ति सबको मनलाई यो नववर्षमा !


रचना: "बागी"

फोटो सौजन्य: आभास थापा

Monday, April 6, 2009

सुमितको जन्म -१

आज सुमित जन्मेको पनि महिना भयोआगामी ब्लगहरुमा जन्मनु अघिका हाम्रो अवस्था माथि प्रकाश पार्ने कोसिस गर्दै छुसमयाभावको कारण पहिले नै राख्न खोजेर पनि निरन्तरता दिन सकेको छुइनत्यसैले यसलाई श्रृंखलाबद्ध गर्नु परेकोमा क्षमा चाहन्छु
बिहे गरेको धेरै समयको अन्तराल पछि हामीले सन्तान पाउनु पर्छ यो नै उत्तम समय हो भन्ने लाग्यो पारिवारिक दबाब कै बिच पनि हामीले बिहेको सात वर्ष रमाइलोसँग बिताउँदै थियौं हामीलाई राम्ररी नै थाहा थियोसन्तान भए पछि हामीले धेरै कुराको बलिदान गर्नु पर्नेछ भनेर त्यसमाथि मानसिक रूपमै पनि हामी तैयार भइनसकेकाले इच्छा हुँदा हुदै पनि तत्काललाई हामी दुबैले बच्चा नपाउने सल्लाह गरेका थियौं परदेसी भए पछिझन् अनेक समस्याहरु थापिदै जाने रहेछ आफैं बाँच्नको लागि संघर्ष गर्नु परिरहेको अवस्थामा सन्तानजन्माउनु एक किसिमले पारिवारिक बोझ हो कि भन्ने लाग्यो त्यति बेलाको अबस्थामा बस्ने ठेगान, राम्रोजागीर अनि कुन हिसाबले आफु तैयार रहने भन्ने समेत ज्ञान छैन परिवारबाट टाढिएर विदेश आए पछिबच्चाको राम्रो स्याहार नहुने हो की भन्ने पिरलो भैरहने त्यसैले पनि हामीले सन्तान पाउने रहर लाई आनाकानीगर्दै रह्यौं उता घरबाट आमा बुवाले कान्छो छोरा तर्फ सन्तानको मुहार हेर्न पाइएन भन्ने गुनासो उत्तिकै थियो मैले चैं घरमा - जना नाति नातिनी हुँदा हुदै फेरि अर्को किन चाइयो भनेर बारम्बार सम्झाइ रहनु पर्थ्यो करिबकरिब वर्ष अगाडि हामी नर्थ क्यारोलाइनाबाट बसाईं सरेर टेक्सास आयौं हाम्रो बसाईं सराई को प्रमुख उद्धेश्य नैयही थियो मैले राम्रो जागीर खाने उनीलाई हेर विचार गर्न सक्ने भएपछि सन्तान जन्माउने तर मेरो राम्रोजागिरले धेरै कुरा बदलिदियो एक किसिमले मेरो दिनचर्या नै फेरियो मेरो काम यस्तो भई दियो फुर्सद नै पाउनमुस्किल सातै दिन जस्तो काम गर्नु पर्ने, बिहान उज्यालो भए देखि बेलुकी अँधेरो नभैन्जेल यसले गर्दा मैलेउनीलाई समय दिनै पाइन अनि ख्यालख्यालमै करिब करिब एक वर्ष त्यतिकै बित्यो अब हाम्रो सम्बन्धलेबिस्तारै अर्को मोड़ लेला जस्तो भयो अनि हामीले यो तरिकाले जीवन नचल्ने देख्यौं अब हामीले निर्णय गर्नुथियो भविष्यको - महिनाको प्रयास हामीले सकारात्मक नपाए पछि डक्टरको परामर्श लिन पुग्यौं उनकैसल्लाहमा हामीले केहि परिक्षणहरु गर्नु पर्ने भयो जसको लागि हामी पहिले देखिनै तैयार थियौं नतिजा हाम्रोलागि सोच्दै नसोचेको निस्कियो
क्रमश:

Wednesday, April 1, 2009

मुर्ख दिवस !!!


आज मुर्ख दिवस रे। खोइ पैले पैले त्यस्तो केइ था थे न । आजकाल त के के हो के के, प्रेम दिवस रे (फेब्रुअरी १४), मुर्ख दिवस रे (अप्रिल १) । अब यसै भन्ने हो भने त, आज मुर्ख दिवस भनेर छुट्टी दे हुन्थ्यो नि नत्र के को दिवस मनाई भो र । खोइ यसको लागि पनि आन्दोलन नै गर्नु पर्ने पो हो नि कुन्नी ? अब त स-सानो मागको लागि पनि नेपालमा टायर बाल्ने, चक्का जाम, जुलुस हड्ताल गर्ने चलन छ । यसै भएन उसै भएन , सप्पै साथीहरु लेर पनि यो मुर्ख दिवसमा छुट्टी चाइयो भनेर सडकमा उत्रिनु पर्ला जस्तो छ । अरु जे जस्तो भए पनि, यो प्रेम र मूर्ख दिवसको दिनलाई सरकारी विदा दिन भनेर भन्नु पर्‍यो । अब वर्षमै करिब करिब २ महिना बिदा हुने भएसी, यही मेसोमा अरु दुई दिन किन नथप्ने ?

बरु आजको मुर्ख दिबस मनाउन निम्न उपायहरु गर्न सकिन्छ नि :
१. उद्घाटन या शिलान्यास भनेर मन्त्रीहरुलाई बोलाउने (बकाइदा कार्ड छापेर दिने) तर नगर्ने ।
२. साथीलाई जरूरी काम छ भनेर फोन गर्ने आफु चैं नजाने
३. आफन्तलाई भोजको निम्ता गरेर टाप कस्ने
४. कसैलाई बिरामी छ भनेर अस्पतालमा भेट्न बोलाउने (बेड नं समेत)
५. अफिसमा बैठक छ छिट्टो आउन भनेर सँगै काम गर्नेलाई मेसेज पठाउने
६. घर नजिकै एकतर्फी बाटोको सवारी चिन्ह राख्ने
७. स्कुल-कलेज बन्द छ आज नजानु भनेर साथीलाई भन्ने, आफु चैं जाने
८. अलिक धेरै साथी मिलेर हुँदैं नभएको माग राखी बजार बन्द गर्न लगाउने
९. अन्तरराष्ट्रिय फोन सेवा सित्तैमा प्रयोग गर्ने चाँजो मिलाउने
१०. लोड्सेडिङ कम पार्न विद्युत प्राधिकरणलाई फोन गर्ने

साथीहरुसँग अरु पनि थप उपाय भए लेख्नुहोला ।