Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Wednesday, April 1, 2009

मुर्ख दिवस !!!


आज मुर्ख दिवस रे। खोइ पैले पैले त्यस्तो केइ था थे न । आजकाल त के के हो के के, प्रेम दिवस रे (फेब्रुअरी १४), मुर्ख दिवस रे (अप्रिल १) । अब यसै भन्ने हो भने त, आज मुर्ख दिवस भनेर छुट्टी दे हुन्थ्यो नि नत्र के को दिवस मनाई भो र । खोइ यसको लागि पनि आन्दोलन नै गर्नु पर्ने पो हो नि कुन्नी ? अब त स-सानो मागको लागि पनि नेपालमा टायर बाल्ने, चक्का जाम, जुलुस हड्ताल गर्ने चलन छ । यसै भएन उसै भएन , सप्पै साथीहरु लेर पनि यो मुर्ख दिवसमा छुट्टी चाइयो भनेर सडकमा उत्रिनु पर्ला जस्तो छ । अरु जे जस्तो भए पनि, यो प्रेम र मूर्ख दिवसको दिनलाई सरकारी विदा दिन भनेर भन्नु पर्‍यो । अब वर्षमै करिब करिब २ महिना बिदा हुने भएसी, यही मेसोमा अरु दुई दिन किन नथप्ने ?

बरु आजको मुर्ख दिबस मनाउन निम्न उपायहरु गर्न सकिन्छ नि :
१. उद्घाटन या शिलान्यास भनेर मन्त्रीहरुलाई बोलाउने (बकाइदा कार्ड छापेर दिने) तर नगर्ने ।
२. साथीलाई जरूरी काम छ भनेर फोन गर्ने आफु चैं नजाने
३. आफन्तलाई भोजको निम्ता गरेर टाप कस्ने
४. कसैलाई बिरामी छ भनेर अस्पतालमा भेट्न बोलाउने (बेड नं समेत)
५. अफिसमा बैठक छ छिट्टो आउन भनेर सँगै काम गर्नेलाई मेसेज पठाउने
६. घर नजिकै एकतर्फी बाटोको सवारी चिन्ह राख्ने
७. स्कुल-कलेज बन्द छ आज नजानु भनेर साथीलाई भन्ने, आफु चैं जाने
८. अलिक धेरै साथी मिलेर हुँदैं नभएको माग राखी बजार बन्द गर्न लगाउने
९. अन्तरराष्ट्रिय फोन सेवा सित्तैमा प्रयोग गर्ने चाँजो मिलाउने
१०. लोड्सेडिङ कम पार्न विद्युत प्राधिकरणलाई फोन गर्ने

साथीहरुसँग अरु पनि थप उपाय भए लेख्नुहोला ।

No comments:

Post a Comment