Welcome to Inashrestha's Blog; Different way to blog :D
Tuesday, April 14, 2009
नववर्षको शुभकामना !!!
आकाशमा देखिने इन्द्रेणिको झैं सातै रङ्ग
छाओस सबैको जीवनमा उमङ्गै उमङ्ग
ल्याओस आगामी दिनहरुमा मायाको तरङ्ग
पाऊँ हुन खुशीले सबैजना उल्लासिएर दङ्ग !
एकताले ल्याउँछ शान्ति, बुझौं मुल्य मानवताको
फलोस फुलोस सुखमय बनोस गर्छु कामना सफलताको
सिकौं सम्मान गर्न सबैले एक अर्काको विचारको
जोगाऔं मान देखाऔं विश्वमा नमुना एकताको !
त्यागिदिउँ सबै रिसराग, बदला अनि द्वैसको भावना
जागौं बरु गर्न बिकास, भलो होस् देशको निर्माणमा
रमाउन सकौं यहि पलमै, दिन्छु साथ सबको दु:ख या हर्षमा
गर्छु कामना मिलोस् शान्ति सबको मनलाई यो नववर्षमा !
रचना: "बागी"
फोटो सौजन्य: आभास थापा
Labels:
Holidays
Subscribe to:
Post Comments (Atom)
पूर्वको मधूरो
ReplyDeleteघाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना
तपाईँ र यो ब्लगका सबै पाठकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!
ReplyDelete