Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Tuesday, May 19, 2009

सुमितको जन्म-२

घरमै गरेको कति टेस्टहरुको असफ़लता बिच आएको यो सुखद परिणामले हामीलाई आनन्दित तुल्यायो नै साथसाथै अब के गर्ने, कसो गर्ने भन्ने अकाट्य प्रश्न र कौतूहलता पनि दिलायो । अनि हामीले यतिबेला अपनाउनु पर्ने सावधानी सुनेका, जानेका, पढेका कुराहरुलाई फलो गर्दै गइयो । पहेलेदेखि नै गाडी चलाऊन त्यति मन नपराउने उनी अब झन बहाना मिल्यो नचलाऊने । यसमा मेरो भन्नु पनि केही थिएन । किनकी गाडी चलाऊनु एक किसिमले खतरा नै हो उनको लागि । त्यसमाथि यो अवस्थामा एक प्रकारको मानसिक तनाव भैरहने हुँदा उसले चलाएको भन्दा आफैंले काममा लगिदिने, ल्याइदिने गरिदिंदा ठीक हुने भन्ठाने । यसो गर्दा केही समय भए पनि हामी सँगै बिताउन पाइने कुराले खुशी नै थियौं । तर मेरो समय मिलाउन केही कठिनाईको सामना भने गर्नु पर्‍यो । तैपनि मिलाउनु पर्ने बाध्यता थियो किनकी यो नै उत्तम समय थियो उनिको धेरै ख्याल राख्नु पर्छ भन्ने बहाना बनाउनको लागि । यो बहाना मात्र नभएर अब हरेक कुरोमा विचार गर्नु पर्ने थियो हामीले । उसले गह्रौं कुरो उचाल्न देखुन्ट लिएर, भर्‍याङ्ग उक्लिंदा झर्दा,धेरै परिश्रम पर्ने खालको काम गर्न समेत विचार पुर्‍याउनु पर्ने भयो । त्यसमाथि डक्टरहरुको नियमित परीक्षण, भिडियो एक्सरे आदिलाई समय मिलाउनु मेरो लागि झन् झन् कठिन हुने भइगयो । तर पनि मिलाई छाडे । पहिलो पटक बच्चाको मुटुको धड्कन सुन्दा कस्तो कस्तो भयो मलाई । केही समयपछि त झन् भिडियोमा बच्चाले आकार लिंदै गरेको देख्दा त छक्कै परेँ म त । मेरो लागि यो नितान्त नौलो अनुभूति थियो । घरमा फोन गर्‍यो, यस्तो गर्नु त्यस्तो गर्नु, यसो नगर्नु त्यसो नगर्नु । माइतिमा फोन गर्‍यो यो खानु त्यो खानु, यस्तो नखानु त्यस्तो नखानु । उनी भन्ने गर्थी , मन पर्ने चीज खान नपाइने, चाहेको ठाँउमा जान नपाइने , धेरै कुरा बार्नु पर्ने आदि कुराले बेला बेलामा यो बच्चा पाउने कुरो पनि बेकार नै हो की । जे होस ढिलाई भए पनि एउटा सुखद समाचार हाम्रो जीवनमा भयो हामी हरुको लागि ।
क्रमश:

सुमित आमा सँग खेल्दै गरेको :

1 comment:

  1. Thank you for sharing your experience and the video!

    ReplyDelete