Welcome to Inashrestha's Blog; Different way to blog :D
Saturday, May 30, 2009
समुद्री छालभित्र
यी अद्वितिय समुद्री छालका तस्वीरहरु प्रसिद्ध फोटोग्राफर क्लार्क लिटलले खिचेका हुन । छोटो समयमा नै ख्याति कमाउन सफल उनले फोटो खिच्न थालेको भने धेरै समय भएको छैन । आफ्नो जीवनको करीब ३५ वर्ष यिनै समुद्री लहरसंग खेल्नमा बिताए पनि श्रीमतीले घर सजाउनको लागि फोटो आवश्यक देखेपछि मात्रै उनी आफै फोटो खिच्न क्यामेरा लिएर समुद्री लहरमा झोमिएका हुन । पछि उनले यसैलाई पेशाको रुपमा अपनाए । अनि उनको जीवनले कोल्टे फ़ेर्न पुग्यो । तिनै उत्कृष्ट तस्वीरहरु को संगालो पुस्तक बनाएर प्रकाशित गरेपछि नै उनले नाम कमाए । यी तस्वीरहरु उनको करियरकै उत्तम तस्वीरहरु मध्यका हुन । यस्ता जादूमय तस्वीरहरु तिनै लहरहरुको बिचमा छिरेर लिन मात्र सम्भव छ, जून कुरो खतरनाक मानिन्छ । फोटोग्राफीमा रुचि हुने पाठकहरुको लागि भनेर यहाँ राखिएको हो । हेर्नुस् त तस्विर आँफैं बोल्छ:
Monday, May 25, 2009
BRUSSELS � IN BLOOM
As well as the flower time, on many Sunday evenings after dark orchestras are set up on the second floor balconies of the building on the right. Apart from their lights and those of the street level cafes and bars the whole place is in darkness and the effect of the music is fabulous .
This beautiful "carpet" is created every year in the Grande Place in Brussels ..... all fresh flowers
BRUSSELS � IN BLOOM
Source: email
Tuesday, May 19, 2009
सुमितको जन्म-२
क्रमश:
सुमित आमा सँग खेल्दै गरेको :
Saturday, May 16, 2009
यस्तो पो बनाउनु !
यी विभिन्न घर तथा सार्वजनिक उपयोगका निर्माणहरु बनाउदा आर्किटेक्टले आफ्नो डिजाइन १-२ चोटि पक्कै पनि रिभ्यु गरे होलान । तर प्लान पढ्नेले उल्टो बुझिदिए पछि कस्को बाउको के लाग्छ । अनि बनाउनेले कसरी बनाउने ? कमन सेंस भन्ने पनि रहेन छ त ठेकेदारको (नरिसाउनु होला आजकल निर्माण व्यवसायी भनिन्छ क्यारे तर बोलिचालिमा ठेकेदार भनेर बुझिने भएकोले मात्र यहाँ प्रयोग गरेको हुँ अन्यथा नलिनु होला ) । त्यो भन्दा पनि आश्चार्य लाग्दो के छ भने इन्स्पेक्सन गर्नेले के हेरेको हो? इन्स्पेक्सन भैसके पछि थपेको भन्न पनि अप्ठेरो सबै । फेरि बनाउँदा खेरी नियमित सुपरिवेक्षण नहुने रहेछ की त । घर मालिक आफ़ैले बनाको पनि हुनसक्छ । तर कति त सार्वजनिक प्रयोगका निर्माणहरु पनि छन् (जस्तो भर्र्याङ्ग, ATM, पुल, शौचालय आदि ) । त्यो कसरी सम्भव भयो अचम्म लाग्छ बा ! यस्तो हुनुमा गल्ती कस्को हो छुट्टाउने जिम्मा चैं पाठकहरुलाई नै !
.
.
.
Wednesday, May 6, 2009
बलुवामा कला
...
प्रस्तुत भिडियो मलाई इमेलबाट प्राप्त भएको हो ।
Monday, May 4, 2009
Stop Swine Flu!
*
*
*
To Stop Swine flu, I am doing my part. Are you ?
Picture: JR JOSHI
Source: Email
Friday, May 1, 2009
राष्ट्रिय गान
बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल
जो कोहि वादी आए पनि भारतकै दलाल ।
कान्ति छैन शान्ति छैन अभावै छ केवल
नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल ।
गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल
प्रतिगामि राष्ट्र हाम्रो कठै बरा नेपाल !!!
रचना: माधव सिग्देल
श्रोत: इमेल
(मलाई इमेलमा यो रचना DulalG मार्फ़त प्राप्त भएको हुँदा मैले उहाँ कै नाम राखेको थिएँ । सचेत पाठक बाट आएको प्रतिक्रिया पश्चात सही रचनाकारको पहिचान सम्भव भएको हो । भूलको लागि क्षमाप्रार्थी छु । )