Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Saturday, May 30, 2009

समुद्री छालभित्र


यी
अद्वितिय समुद्री छालका तस्वीरहरु प्रसिद्ध फोटोग्राफर क्लार्क लिटलले खिचेका हुन । छोटो समयमा नै ख्याति कमाउन सफल उनले फोटो खिच्न थालेको भने धेरै समय भएको छैन आफ्नो जीवनको करीब ३५ वर्ष यिनै समुद्री लहरसंग खेल्नमा बिताए पनि श्रीमतीले घर सजाउनको लागि फोटो आवश्यक देखेपछि मात्रै उनी आफै फोटो खिच्न क्यामेरा लिएर समुद्री लहरमा झोमिएका हुन पछि उनले यसैलाई पेशाको रुपमा अपनाए अनि उनको जीवनले कोल्टे फ़ेर्न पुग्यो तिनै उत्कृष्ट तस्वीरहरु को संगालो पुस्तक बनाएर प्रकाशित गरेपछि नै उनले नाम कमाए यी तस्वीरहरु उनको करियरकै उत्तम तस्वीरहरु मध्यका हुन यस्ता जादूमय तस्वीरहरु तिनै लहरहरुको बिचमा छिरेर लिन मात्र सम्भव , जून कुरो खतरनाक मानिन्छ फोटोग्राफीमा रुचि हुने पाठकहरुको लागि भनेर यहाँ राखिएको हो हेर्नुस् तस्विर आँफैं बोल्छ:

लहरमा समुद्र

बालुवाको छाल

दुलोभित्रको चमक

तटसम्म ...लहर

तरल सौन्दर्य

सेतो पानी

भेल...अद्वितीय

रातो ... सनसनीखेज

अर्ध ... लहरको उछाल

शान्त


क्लार्क लिटल टिभीमा:

नोट: असावाधानीबस पोस्ट पूरा गर्नु पूर्व नै प्रकाशित हुन पुगेकोमा क्षमाप्रार्थी छु

Monday, May 25, 2009

BRUSSELS � IN BLOOM

This is quite impressive. An accomplishment, beautiful

As well as the flower time, on many Sunday evenings after dark orchestras are set up on the second floor balconies of the building on the right. Apart from their lights and those of the street level cafes and bars the whole place is in darkness and the effect of the music is fabulous .

This beautiful "carpet" is created every year in the Grande Place in Brussels ..... all fresh flowers

BRUSSELS IN BLOOM



Source: email

Tuesday, May 19, 2009

सुमितको जन्म-२

घरमै गरेको कति टेस्टहरुको असफ़लता बिच आएको यो सुखद परिणामले हामीलाई आनन्दित तुल्यायो नै साथसाथै अब के गर्ने, कसो गर्ने भन्ने अकाट्य प्रश्न र कौतूहलता पनि दिलायो । अनि हामीले यतिबेला अपनाउनु पर्ने सावधानी सुनेका, जानेका, पढेका कुराहरुलाई फलो गर्दै गइयो । पहेलेदेखि नै गाडी चलाऊन त्यति मन नपराउने उनी अब झन बहाना मिल्यो नचलाऊने । यसमा मेरो भन्नु पनि केही थिएन । किनकी गाडी चलाऊनु एक किसिमले खतरा नै हो उनको लागि । त्यसमाथि यो अवस्थामा एक प्रकारको मानसिक तनाव भैरहने हुँदा उसले चलाएको भन्दा आफैंले काममा लगिदिने, ल्याइदिने गरिदिंदा ठीक हुने भन्ठाने । यसो गर्दा केही समय भए पनि हामी सँगै बिताउन पाइने कुराले खुशी नै थियौं । तर मेरो समय मिलाउन केही कठिनाईको सामना भने गर्नु पर्‍यो । तैपनि मिलाउनु पर्ने बाध्यता थियो किनकी यो नै उत्तम समय थियो उनिको धेरै ख्याल राख्नु पर्छ भन्ने बहाना बनाउनको लागि । यो बहाना मात्र नभएर अब हरेक कुरोमा विचार गर्नु पर्ने थियो हामीले । उसले गह्रौं कुरो उचाल्न देखुन्ट लिएर, भर्‍याङ्ग उक्लिंदा झर्दा,धेरै परिश्रम पर्ने खालको काम गर्न समेत विचार पुर्‍याउनु पर्ने भयो । त्यसमाथि डक्टरहरुको नियमित परीक्षण, भिडियो एक्सरे आदिलाई समय मिलाउनु मेरो लागि झन् झन् कठिन हुने भइगयो । तर पनि मिलाई छाडे । पहिलो पटक बच्चाको मुटुको धड्कन सुन्दा कस्तो कस्तो भयो मलाई । केही समयपछि त झन् भिडियोमा बच्चाले आकार लिंदै गरेको देख्दा त छक्कै परेँ म त । मेरो लागि यो नितान्त नौलो अनुभूति थियो । घरमा फोन गर्‍यो, यस्तो गर्नु त्यस्तो गर्नु, यसो नगर्नु त्यसो नगर्नु । माइतिमा फोन गर्‍यो यो खानु त्यो खानु, यस्तो नखानु त्यस्तो नखानु । उनी भन्ने गर्थी , मन पर्ने चीज खान नपाइने, चाहेको ठाँउमा जान नपाइने , धेरै कुरा बार्नु पर्ने आदि कुराले बेला बेलामा यो बच्चा पाउने कुरो पनि बेकार नै हो की । जे होस ढिलाई भए पनि एउटा सुखद समाचार हाम्रो जीवनमा भयो हामी हरुको लागि ।
क्रमश:

सुमित आमा सँग खेल्दै गरेको :

Saturday, May 16, 2009

यस्तो पो बनाउनु !




यी विभिन्न घर तथा सार्वजनिक उपयोगका निर्माणहरु बनाउदा आर्किटेक्टले आफ्नो डिजाइन १-२ चोटि पक्कै पनि रिभ्यु गरे होलान । तर प्लान पढ्नेले उल्टो बुझिदिए पछि कस्को बाउको के लाग्छ । अनि बनाउनेले कसरी बनाउने ? कमन सेंस भन्ने पनि रहेन छ त ठेकेदारको (नरिसाउनु होला आजकल निर्माण व्यवसायी भनिन्छ क्यारे तर बोलिचालिमा ठेकेदार भनेर बुझिने भएकोले मात्र यहाँ प्रयोग गरेको हुँ अन्यथा नलिनु होला ) । त्यो भन्दा पनि आश्चार्य लाग्दो के छ भने इन्स्पेक्सन गर्नेले के हेरेको हो? इन्स्पेक्सन भैसके पछि थपेको भन्न पनि अप्ठेरो सबै । फेरि बनाउँदा खेरी नियमित सुपरिवेक्षण नहुने रहेछ की त । घर मालिक आफ़ैले बनाको पनि हुनसक्छ । तर कति त सार्वजनिक प्रयोगका निर्माणहरु पनि छन् (जस्तो भर्र्याङ्ग, ATM, पुल, शौचालय आदि ) । त्यो कसरी सम्भव भयो अचम्म लाग्छ बा ! यस्तो हुनुमा गल्ती कस्को हो छुट्टाउने जिम्मा चैं पाठकहरुलाई नै !
.
.
.


यो भर्र्याङ्ग के को लागि हो कुन्नि ?
यो
सेक्युरिटी क्यामेराले कसरी काम गर्छ होला ?

रेल आयो भने के गर्ने हो खो ?

बार्दलीमा कसरी जाने होला?


टाउको ठोकिने कुनै उपाय कि ?


त्यो झ्याल चैं कसरी सोझ्याउने होला अब ?


पुल कस्ले जोड़न बिर्सेछ हँ ?



ATM बाट पैसा झिक्न कै सास्ती ।



सड़क बत्ती पनि छोपियो । नगरपालिका के हेरेर बस्या होला ?


खोई ढोका ?

कसरी माथी चढ़ने लौ भन्नुस ?

यो चैं कता पट्टिकोले पहिले प्रयोग गर्ने हो?












Wednesday, May 6, 2009

बलुवामा कला

यो एउटा छोटो भिडियो बालुवा कलाकारिताको । यसले तपाईंलाई पक्कै आश्चर्य चकित पारिदिनेछ कि मानिससंग सिप र कला कतिसम्म हुनसक्छ भनेर । यहाँ सम्म आइपुग्न उनले कडा मिहिनेत, लगन र अभ्यास पनि धेरै गरिन होला । उनको सफलतामा कुनै शंका छैन । यो कला क्षेत्रमा गरिएको नौलो प्रयोग हो मेरो विचारमा । तपाईंलाई कस्तो लाग्यो त?

...

प्रस्तुत भिडियो मलाई इमेलबाट प्राप्त भएको हो ।

Monday, May 4, 2009

Stop Swine Flu!

Nowadays Swine Flu is the biggest news around the world. Everywhere, everyone think of swine flu, and try to prevent themselves. Check this out one of my dear friend also try to protect himself from swine flu. He is definitely not a SARDAR JI. He is our own Nepali.
*
*
*
To Stop Swine flu, I am doing my part. Are you ?


Picture: JR JOSHI
Source: Email

Friday, May 1, 2009

राष्ट्रिय गान


सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली

सार्वभौम भई फैलिएका YCL माओवादी



बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल

जो कोहि वादी आए पनि भारतकै दलाल ।


कान्ति छैन शान्ति छैन अभावै छ केवल

नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल ।


गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल

प्रतिगामि राष्ट्र हाम्रो कठै बरा नेपाल !!!


रचना: माधव सिग्देल

श्रोत: इमेल


(मलाई इमेलमा यो रचना DulalG मार्फ़त प्राप्त भएको हुँदा मैले उहाँ कै नाम राखेको थिएँ । सचेत पाठक बाट आएको प्रतिक्रिया पश्चात सही रचनाकारको पहिचान सम्भव भएको हो । भूलको लागि क्षमाप्रार्थी छु । )