Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Sunday, August 1, 2010

नाममा के छ ?

नाममा खासै के छ र ? यसो सोचेर ल्याम्दा यो एउटा सामान्य लाउन सक्च । तर कति यसैका लागि मरिमेट्ने पनि छन् । कतिले नामकै लागि बलिदान द्या छन् आफुलाई । भानुभक्तको कवितामै पनि नामको लागि भनेरै घाँसीले कुवा खनाको भन्ने उल्लेख छ । त्यसैले नामको महत्व छ भन्ने म पनि ठान्चु । सानोमा बाउ आमाले जे भनेर बोलायो, त्यहि नाम भयो । स्कुल गएर अक्षर चिन्ने भएसी आफ्नो नाम लेख्न पनि जानियो । अलिक बुझ्ने भएसी, त्यो नाम मन नपरे फेर्न पनि मिल्यो । आहा कति काइदा छ नाममा । नाम र दामको पछाडि नै अहिले सारा समाज, देश र संसार लागि परेको छ । यसरी सोच्दा नाम भने गज्जबको हुनुपर्छ , ताकि सबैको मुखमा झुन्डिने खालको होस् भन्ने सोच्नु जायज हो । तर जब त्यो काम आफुमा आइपर्छ, अनि त्यहि सामान्य कुरो कठिन बन्न पुग्दो र'च । आफ्नो नाम यहाँका खैरेहरुले भन्न नजान्दा कैले काँही रिस पनि उठ्छ । तर के गर्नु उनीहरुले पैले कैले सुन्या भे पो । जिन्दगीमा नसुन्या नाम कनी कनी भनि टोपल्चन त्यो पनि अशुद्ध । अब उनीहरुलाई मेरो नाम मिलेन, राम्ररी बोलाए बोल्चु नत्र बोल्दिन भन्न पनि मिलेन । दोष त हाम्रो अनि हाम्रो बाउ आमाको पो हो त । जल्ले यस्तो अप्ठेरो नाम राखिदिए । खैरेको जिब्रो नै फट्किन्न अनि के गरोस बिचराहरु । सँगै काम गरेको पनि ३-३ वर्ष भयो तै मेरो नाम अझै राम्ररी उच्चारण गर्न जान्या छैनन् मोराहरु । हाम्ले चैं फेरि उनीहरुको नाम भने फ्याट्ट भन्न जान्या कसरी होला ? कैले काहिं आफैं छक्क पर्छु । एकमनले नामै फेरौं की जस्तो पनि ला हो । सप्पैले गर्चन् म मात्रै के कम भनेर भन्ठान्या पनि हो । नभए छोट्याम कि भन्ने पनि लाग्या त हो , तर आफैंलाई अप्ठेरो परो । कसैले "इस्" भनेर बोलाए, आफैंलाई लोप्पा ख्वा जस्तो भो । कसैले 'इजी' भने पनि ठिकै, कसैले 'आइसोर' भने पनि बेसै भनेर बस्नु पर्‍या छ । आफुलाई नाम गाह्रो भएर हत्तु बनाछ । क्यार्नु मेरा बा आमाले नाम रख्नै जानेनचन् भन्ठान्याछु । तर म उहाँहरुलाइ दोष दिन्न । हाम्रा कुन चैं पुर्खा पो खैर्‍या देशाँ आ'थेर, म पनि यहाँ आई टोपल्चु भनेर सोच्ने उनीहरुले । म आफैंले रोजेर मुन्ट्या न हुँ ह्याँ, नभे'त उतै मनग्य थियो नि गरी खानलाई । आफ्ना त सप्पै उतै छन् नि अझै । हाम्रा सन्तानाँ मै मात्र त परें ह्याँ मुन्टिने,किन बा आमालाई दोष दिनु बेकारमा । अब ह्याँ आसी गाह्रो साह्रो जे भे नी आफ्नै हो । उता भनेर पत्याउने पनि होइन । अम्रिकाँ त पैसाको बोट छ क्यारे टिपेर पठाउनलाई भनेर टार्छु कसैले पैसा माग्यो भने । उनीहरुले कहिल्या जुनिआँ फोन अर्ने होइन । यसो घरतिर सन्चो बिसन्चो के छ भनेर फोन अर्‍यो दु:ख मात्रै देखाउँचन । उताटी फोन आउने भनेको पैसा चाइयो भने मात्रै हो ल । अब नेपाल्टी फोन आयो भने सिदै उठाउंदिन । जरुरी भए मेसेज छोड्चन, नभए वास्ता पनि छैन । त्यै भनेर चलिरा'छ ऐलेसम्म । म चैं काँको कुरो काँ पुर्‍याइचु । जे भे नि नाम र दामकै कुरो त भो आखिर ।

अब जाउँ नामतिर । आफ्ना बा आमाले त नाम छान्न जानेनन भन्ने लागेर आफ्ना पालाँ सन्तानलाई अलि गतिलो नाम दिउँ भन्ने लाओ । अनि सुरु भो नाम खोज्ने सिलसिला । इन्टरनेटका थुप्रै साइट चहारियो । हुँदा हुदाँ बच्चाको नाम भको कितापै पनि किनियो । तर खोइ किन हो किन नाम छान्नै अप्ठेरो भो । आफुलाई मन पर्‍या नाम कि आफन्तले उछुट्ट्याइ सक्या हुने कि नजिकै चिनेको या साथीको भैदिने । दुबैको मिलार बनाउँ पनि साह्रै असजिलो । 'इ' र 'च' लाई मिस्सार केइ नाम फुरेन मन खाने । त्यसमा पनि मलाई मन पर्‍या उनीलाई मन नपर्ने, उनीलाई मन पर्‍या मलाई मन नपर्ने । थुप्रै नाम टिपियो, अनि मेटियो पनि । होमवर्क पनि दह्रो गरियो । दुबै जनाको चित्त बुझेन, अनि परेन त फसाद ! हाम्ले खोज्या नाम नेपाली झल्किने पनि होस्, खैरेलाई भन्न पनि सजिलो होस् अनि राम्रो अर्थ पनि लागोस् । अन्तिम समयसम्म नामको लागि हाम्रो संघर्ष भयो, तै नाम जुरेन । अन्तमा छोराको नाम 'रोहण' राख्ने भनेर उनीले छानिन । मैले नाइ नास्ती गरिन । अस्पतालको बोर्डमा समेत ठोकेर आएँ । घर आसी मेरो मन बिचलित भयो । के नमिल्या नमिल्या जस्तो भो । अनि विचार अरें, हन यो त अलिक रुन्चे नाम भ'नर ? फेरि नेट चा'रें । केइ सिप नला'सी "सुमित" भन्ने नाम रोजें अर्थात असल साथी, बेष्ट फ्रेन्ड क्या त । उनी पनि बिहे अगाडिसम्म मेरो मिल्ने साथी थिइन । त्यहि भनेर छोरालाई सुमित नाम दिएँ । उनीले केही बोलिनन । यसको अर्थ उनीले पनि स्वीकृति दिइन भन्ने मेरो बुझाई भो । अस्पताल भर्ना भको मान्छेले के नै धेरै बोल्थिन र? म पनि हुस्सु भैदिएँ । सप्पै कागजपत्रमा सुमित भन्ने नाम लेखियो । म मक्ख परें । तर त्यो धेरै दिनसम्म टिकेन । खैरेहरुको जिब्रो सुमित नाम पनि उच्चारण गर्न नसक्ने परेछ । अलिक राम्ररी भन्नेले 'सुमिट' भन्ने नत्र उहि 'समिट' भनेर पो भन्दा र'चन ए गाठें ! परेन त फसाद । त्यत्रो दु:ख गरिकन छानेको नाम समेत भन्न नजान्ने रैचन यी खैरेका जातले भनेसी । क्यार्नु अब, दोधारमा पर्‍यौं । यी खैरेका जस्तै नाम राखौं मनले नमान्ने । हाम्रो नाम खैरेले भन्न नजान्ने । लौ न तपाईंहरुले नै सुझाउनु परो हाम्रो छोरोको नाम । नाम जुराउनु पनि चौपट्टै गाह्रो पो र'च त । ह्याँको नियमानुसार नाम फेर्न अदालत जानु पर्ने र'च, त्यो पनि गर्न तयार छौं हामी । बरु नाम चैं नेपाली, राम्रो अर्थ लाग्ने तर खैरेहरुको जिब्राँ नि झुन्डिने चैं हुनु परो ।

No comments:

Post a Comment