एकजना मित्रले भने
कवि आफ्नै कविताको पोइ !
मनमा खुल्दुली भो मलाई,
म सोध्न पुग्छु
महोदय
कतै तपाईंको कविता भन्ने गर्लफ्रेन्ड छ कि ?
होईन !
त्यसो भए किन त?
मित्रले भने
साहित्य प्रति मानिसको रुचि घटे
आफ्नो कविता आफुले भन्दा अरुले नपढ्ने भएसी
आफुले बाहेक अरुले नभोग्ने स्वास्नी जस्तो भएन र?
म सहमत हुन सकिन ।
कतिका स्वास्नी पोइल गएकै देखेकोछु मैले
कति बलात्कार भएको पनि देखेकै छु मैले
कति अरुसँग सल्केको देखेको छु मैले
भन्न नभएर मात्र हो
अहिलेको समय
जहाँ संचारको पहुँच छ
इन्टरनेटको प्रभाव छ
र आजकाल सजिलो भएको छ
कतिका रचनाहरु पोइल गएका छन्
कतिका रचना बलात्कार भएका छन्
कति रचनाहरु अरुसँगै सल्केका छन्
न त यसको हिसाब किताब नै छ
न त सुरक्षाको ग्यारेन्टी नै
यी पनि हाम्रै देशको हाल बेहालबाट प्रभावित छन्
कति चोरका शिकार भएका छन्
कति डाँकाका पीडित छन्
कति लुटेराका आदी छन्
थाहा छैन वास्तविक रचनाकार को हुन भन्ने
जसलाई मन पर्यो उसले ट्याप्प टिप्यो
आफ्नो भित्तामा लागेर टाँस्यो
अनि आफ्नो बनायो
न कसैलाई सोध्नु छ
न कसैको अनुमति नै लिनु छ
आहा क्या काइदा !
यहाँ कविता मात्रै प्रताडित छैनन्
सबैजना सबैजसो पीडित छन् साहित्यमा
पाकिस्तानको बाढी जस्तो
हेइटीको भैंचालो जस्तो
हेर्ने मात्रै धेरै छन्
गर्ने कम नै छन्
कवि कविताको पोइ भए
कथाकार कथाका पोइ हुन्थे
गीतकार गीतका पोइ हुन्थे
यस्ता अनगिन्ती शिर्षक छन्
जसको न पोइ हुन्छ न जोइ नै
त्यसैले म मेरा मित्रसँग सहमत हुन सकिन ।
आफ्नो मनका कुरा रोक्ने, थमाउने र बुझाउने माध्यम भएकाले त कुनै स्वार्थ बिना आफ्ना कुराहरु स्विकार गर्ने भएरै हो की यस्तो भनेको... राम्रो लाग्यो मलाई
ReplyDeleteत्यसो भए, ब्लगर पनि ब्लगको पोइ हुने भए त?
ReplyDelete