एउ फेरि बिर्खे जिम्मल इण्डिया घुमेर गाम फिरे। अब गामको अरु कोइ इण्डिया नगा। अनि फेरि बूढाले रेल चडेर आको भनेसि के के नै फुर्ति हुने भो क्यार, भूईंमै खुट्टा थे'न तेति खेर। अनि सबैले सोध्ने भए, ए त्यो रेल भन्या कस्तो हुन्छ भनेर। बूढा पनि के कम; का...लो, ला...मो, मुखाटि धुआँ फाल्च तेस्ले भनेर सुनाचन्। अनि भउते बज्जे लाई त्यो रेल भन्ने एउपाली नचडि छाड्दिन भनेर कसैलाई नभनि इण्डिया पुगेचन्। त्यस पछि त हो नि मैले भउते हराको सूचना निकाल्या। अनि मान्छे चौपारीआँ जम्मा हुन थाल्या। त्यो बेलाँ त भउतेले नाना भाँति बहाना बनार टाल्यो। तर खाँट्टि कुरो त बूढा रेल चढ्न भनेर पो गा रचन् त। अस्ति त्यो लमिनि दिदिको भट्टिआँ बसेर मजाले भट्टितेल खाचन अनि यि सबै भट्याका हुन्। घरा'टि मट्टितेल किन्न हिड्या रे, बजाराँ कईं नपासि मट्टितेलको साटो तेइ भट्टितेल भे नि हुन्च भनेर खान छिरेचन्। फेरि बूढालाई खान पुनि पर्दैन सुँगेसि लाउच क्या र , अनि पुरानो कुरा भट्याई हाले ।
त्यो इण्डिया पुगेसि बूढालाई रेल काँ'टि चढ्ने भन्ने था भे'न । खालि उसले बिर्खे जिम्माल ले भन्या सम्झिदो रच- का...लो हुन्च, ला...मो हुन्च, मुखाटि धुआँ फाल्च । बसाटि ओर्लेसि रेल खोज्न भनेर यता उति नजर लाचन्। एउटा कालो, लम्बू धोति(इण्डियन-कसैलाइ होच्याम्न भन्या चैं होइन,मैले त भउतेले जे भन्यो जस्तालाई टिनको छानो बेलि बिस्तार ला हुम् । कुट्ने भे तेइ भउतेलाई कुटम्) बिंडी पिम्दै, भित्ता तिर फर्केर २ नं गर्दो रच। पछाडिट भउतेले ठ्याक्कै का...लो, ला...मो, मुखाटि धुआँ फालेको देखो अनि दौडेर त्यो काले को ढाडाँ बुइ चढ्यो। त्यो काले पुनि अचानक के के न भो भन्ठानेर कुलेलम् ठ्योको, भउतेलाई बोकेर । एउछिन पछि काले रोकियो । "कौन हे आप?" कालेले सोध्यो।
"नकरा म टिकिट को पैसा दि हाल्चु नि। बरु मलाई दिल्लिसँ पुर्याइ दे। म त इण्डिया घुम्न आको।"
No comments:
Post a Comment