Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Wednesday, February 20, 2008

चौतारी बासी भउते को चर्तिकला - २!!

क्रिष्टमस ट्री
गतसाल डिसेम्बरको एकदिन भउते र बिर्खे मिलि क्रिष्टमस ट्री काट्न जाने सल्लाह गरे। भनेको दिनमा दुबैजना हातहतियारले सु-सज्जित भएर जंगल तर्फ लागे । जंगलको बिचमा पुगे पछि बिर्खेले रुख छान्ने अनि भउतेले काटेर लडाएसि हाँगा छिमल्ने निधो भयो। उनिहरुले पहिलो रुख पनि ढाले ।
"भउते, ल भन यो रुख कस्तो लाग्यो तँलाई ?"
"हुन्न बिर्खे यो त। लौ अर्को छानेर काटुम्।" खोइ किन हो भउतेले असहमति जनायो। उनिहरुले अर्को राम्रो सुरिलो रुख रोजेर लडाए।
"ल भन के छ तेरो विचार?"
"भो नाईं, यो पनि भएन। आर्को खोजुम्।" भउते यसपाली पनि मानेन ।
यसै गरी उनिहरु राम्रो रुख खोज्दै जाँदा रात पनि पर्‍यो। भोक, प्यास र थकाइले चूर दुबै जना अझै अनिर्णित भए। अन्तिममा केहि सीप लागेन, भउतेको चित्त बुझाम्नै सकेन बिर्खे बुढाले ।
"हेर भउते, अब रात पनि परि सक्यो। घराँ स्वास्नी कुरेर बसेकिछे। अझै ढिला भो भने चैं बूढीले मार्छे।लौ तँ आफै भन के गर्ने हो छिटो गरुम् ।"
" ल ल ठिक छ। लौ अब जुन रुख भेट्टाइन्छ त्यहि लिएर जाने चाहे त्यस्मा बत्ति होस् या नहोस्...।"


यो फोटु चैं भउतेले ल्याएर बत्ति जोडेपछि हाम्ले खिचेको हो क्या, मौका मिला'र। खित! खित!! खित!!!

2 comments:

  1. अनुहार देख्न नपा'नि फोटु चै राम्रो रे'च :)

    ReplyDelete
  2. के हो यार आफ्नो अनुहारमा आफै मोसो दलेको ? के त्यस्तो गल्ति भो र ? मेरो त ज्याननै सिरिण्ग भो फोटो हेर्दा खेरि नै !
    Honestly I can't see such photos.

    ReplyDelete